
उज्यालो नेपाल अभियान / उत्पीडित जागराण अभियन मोर्च ।
विषय :सार्वजनिक विज्ञप्ति बारे
नेपाल विद्युत प्राधिकरणका बर्खास्त भ्रष्ट तीन सन्चालकहरुलाई पुनर्वहाली गर्ने संकेत दिने सर्वोच्च अदालतलाई खबरदारी गर्न उज्यालो नेपाल अभियानको आयोजनामा उत्पीडित जागराण अभियान मोर्च आज माइतिघर मण्डलामा भेला भएको पचासौं हजार उज्यालो प्रेमी स्वस्फूर्त नेपालीहरुको शान्तिपूर्ण प्रदर्शनमा लाठी चार्ज गर्दै कैंयौ गाडि जनप्रदर्शनकारीहरु पक्राउ गर्ने गृह मन्त्रालय अन्तरगतको प्रहरी प्रशासनको हामी घोर भत्सर्ना गर्दछौं ।
देशलाई लोडसेडिङ मुक्त गरि उज्यालो नेपालको अभियान चलाउने उर्जा मन्त्री जनार्दन शर्मा, विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङलाई आइरहेको अध्यारोको अवरोधहरुको
विरोध गर्ने र वाहाहरुलाई काम गर्ने बाताबरण बनाउन मद्धत गर्न चाहने नेपाली जनताहरुलाई " माथिको आदेश" भन्दै लाठी चार्ज गर्ने प्रहरी प्रशासनले त्यो " माथी" को बारेम स्पष्टीकरण दिनै पर्छ ।
कुनै राजनितिक प्रदर्सनमा रहेका राजनीतिक कार्यकर्ता या नेतालाई जस्तो गरि नागरिक भेलालाई समेत नछाड्ने वर्तमान सरकार र त्यस मातहतको गृह मन्त्रालय र प्रहरी प्रसासनले जनताको लोकतान्त्रिक गणतन्त्रको अधिकारलाई फासिस्ट र बर्बर तरिकाले कुल्चेको छ ।
पक्राउ परेका उज्यालो नेपाल अभियानका अभियन्ता उत्पीडित जागराण मोर्चाको सदस्यहरु लगायत हजारौं नेपाली नागरिकहरुलाई विनाशर्त तुरुन्त रिहा गरि प्रसासन र गृहले समेत जनता सामु माफी माग्न हामी कडा चेतावनी दिदछौं । अन्यथा अर्को स्वस्फूर्त जनताको प्रदर्सनमा हुनजाने क्षति र बिनासको जिम्मेवार राज्यसत्ता स्वयं हुनेछ ।
उज्यालो नेपाल अभियान / उत्पीडित जागरण अभियान मोर्च ।
0 comments:
Post a Comment