अन्त त नेपाली जनताको चर्को दबाब पछि नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरु लक्ष्मण अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई तत्कालका लागि यथावत राख्ने अन्तरिम आदेश खारेज !


काठमाडौं– नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरु लक्ष्मण अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई तत्कालका लागि यथावत राख्ने यसअघि सर्वोच्च अदालतले दिएको अन्तिरिम आदेश खारेज भएको छ।

प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्माको संयुक्त इजलाशले सञ्चालक त्रयलाई हटाउने निर्णय गैरकानुनी नदेखिएको भन्दै यसअघि जारी गरेको अन्तरीम आदेश खारेज हुने आदेश दिएको हो। यसअघि न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलाशले उनीहरुलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

आफूहरुलाई हटाउने निर्णयविरुद्ध सञ्चालक द्वय मनोजकुमार मिश्र र सुरज लामिछानेले सर्वोच्चमा रिट दायर गरेका थिए।

ऊर्जा मन्त्रालय र प्राधिकरणले अघि बढाएको लोडसेडिङ अन्त्यको अभियानमा प्राधिकरणका सञ्चालक अग्रवाल, मिश्र र लामिछाने बाधक बनेको भन्दै मन्त्रालयले उनीहरुलाई सञ्चालक समितिबाट हटाउने निर्णय गरेको थियो। उनीहरुलाई हटाउने निर्णयसँगै प्राधिकरण सञ्चालकमा भक्तबहादुर पुन, चेतराज जोशी र उमेशप्रसाद थानीलाई सञ्चालक सदस्यमा नियुक्त गरिसकेको छ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment