( मेरो नजरमा "नेपाल तामाङ घेदुङ"। )
" केहि राम्रो र केहि चित्त नबुझेको मनको कुरा राख्न चाहेको मात्र, कसैले अन्यथा नलिनु!"
५० वर्ष पछि हाम्रो भावी पुस्ता अर्थात नाति नातिनी को निम्ति ठुलो राहत होस् भन्ने निस्वार्थ भावले विक्रम संवत् २०१३ साल मा हाम्रो वीर पुर्खा तथा बाजे,बाज्यै हरुले "तामाङ जातिको उत्थान, धर्म, भाषा, संस्कृति को सम्बर्द्धन" नारा साथ नेपाल तामाङ घेदुङ को स्थापना गरिएको रहेछ ।
ऐतिहासिक पृष्ठभूमि तथा त्यो बाजे हरुलाई सम्झिदा वा फर्केर हेर्दा छातीमा गर्व महसुस तथा अनुभूति हुन्छ।
यस अर्थमा नेपाल तामाङ घेदुङ प्रति गर्व गर्छु र मेरो नजरमा नेपाल ताााङ घेदुङ महान र विशेष लाग्दछ ।
तर समय संगै ति बाजे हरु आज हामी संग छैन त मनमा ख्वल्ला हुन्छ, रुन्छन् पनि! उहाँहरु हाम्रो साथ नरहे पनि उहाँहरुको छाप हामी संग छ। वीर बाजेहरुले सोचेको राहत आज ६० वर्ष पछि को भावी पुस्ता र समाजले ग्रहण गर्न पायौं या पाएन समीक्षा गरिनुपर्दछ। र विभिन्न कालखण्ड र समाजमा के के भयो, भएन विश्लेषण गर्नु पर्छ , त्यस्तो समीक्षा गर्ने अधिकार समग्र तामाङ नयाँ पुस्ता लाई स्वभाविक रुपमा हुन्छ पनि!
तसर्थ ६० वर्षको अन्तरालमा केहि कामीकम्जोरी बावजुद पनि तामाङ घेदुङले धेरै काम कार्य गरिएको छ, समाज र समुदायको नेतृत्व गरिएको छ। यस अर्थमा मेरो नजरमा तामाङ घेदुङ साच्चिकै विशेष लाग्छ र महासंघ नै लाग्छ।
त्यसको लागि म व्यक्तिगत तर्फा बाट अजिवन आभारी छु, र गर्व गर्दछु।
तर अझै ६० वर्षको अन्तरालमा हुन नसकेको तथा मलाई चित्त नबुझेको केहि कार्य हरु देखियो।
"तामाङ जातिको उत्थान, धर्म, भाषा, संस्कृतिको सम्बर्द्धन" घेदुङको नारा यहि होला अहिले पनि!
१) धर्म सम्बर्द्धन को नारा जपेर लगभग ६० वर्ष पार गरिसके छ। धर्म सम्बर्द्धन भनेको कुन धर्म सम्बर्द्धन भन्दा पक्कै विदेशी धर्म त होईन होला।
हाम्रै परम्परा बोन धर्म र बुद्ध धर्म होला, घेदुङ ले बोन धर्मको सम्बर्द्धन गर्यो कि गरेन दैव ले जानुन। तर बुद्ध धर्मलाई सम्बर्द्धन कतिको गरेकोे होला, कसरी गरेको होला।
१) घेदुङले बुद्ध धर्म लाई सम्बर्द्धन गर्यो कि गरेन भनेर जनमत संग्रह गरियो भने शायद के पो हुने होला!
२) घेदुङले, बुद्ध धर्मको संरक्षण र सम्बर्द्धन को निम्ति प्राथमिकता दिई महान कार्ययोजना हरु जनसमुदायमाझ ल्याएको थियो र थिएन? विशेष गरि २१ शताब्दीमा बुद्ध दर्शनको प्रचार प्रसार को कुनै पहल स्वरुप कार्ययोजना देखेन।
विदेशी धर्मले गाउँ गाउँ वस्ती वस्तीमा बुद्ध धर्मको विरोध गर्दै धर्म परिवर्तन गराएको यथार्थ ले बुद्धिष्ट समुदायको मनमा चोट पुगेको मर्म लाई कदर स्वरुप गाउँ ठाउँ मा कुनै धार्मिक गोष्ठी, सेमिनार जस्तो सानोतिनो कार्य योजना पनि पहल गर्नु भएन। किन?
३) एक दुई ओटा गुम्बा निर्माण गरेर मात्रै धर्म सम्बर्द्धन हुदैन। किनकि गुम्बा त धर्म होईन। धर्मको आफ्नै परिभाषा छ, तत्व छ। हाम्रो समाजले बुझेन र यसको फाईदा कसले उठायो, विदेशी धर्मले! यसले बुद्धिष्ट समुदायलाई के दियो, चोट! यसमा घेदुङको ध्यानकर्षण भयो? दैवले जानुन। अनि घेदुङ लाई हाम्रो हो भनेर बुद्धिष्ट जनसमुदायले किन अपनाउने? ? कसरी ??
४) बुद्ध धर्म सम्बर्द्धन गर्न मुख्य स्रोत लामा नै हो। लामा विना बुद्ध धर्म संरक्षण र सम्बर्द्धन गर्छु भनेर सोच्नु पनि सहि सम्बर्द्धन होईन। घेदुङले लामा स्कुल तथा बुद्धिष्ट स्कुल खोलेर बुद्ध शिक्षा लाई महत्वपुर्ण साथ समाजमा स्थापित गरेन भन्ने मेरो दुःखेसो होईन, त्यस्तो भिजन हुने नेतृत्व कमै हो। र अझ धेरै कार्ययोजना साथ बुद्ध धर्म शिक्षा लाई समाजमा स्थापित गर्न र सम्बर्द्धन गर्न सकिन्थ्यो। र बुद्ध धर्मको निम्ति घेदुङको भावी कार्य योजना पनि छ कि छैन दैवले जानुन!
५) गाउँ गाउँमा धर्म गोष्ठी, लामा को संरक्षण, बुद्ध शिक्षा केन्द्र र बुद्धिष्ट समुदायको भावना, र अन्य बुद्ध धर्मको संरक्षण र सम्बर्द्धन को निम्ति घेदुङ ले के के कार्ययोजना तयार गरिएको थियो र छ, नेपालको कानुन दैवले जानुन भने झै हो कि?
यस्तै यस्तै कारण र परिणाम हरुलाई साक्षी राखेर ६० वर्षको अन्तरालमा घेदुङ को जति पनि नेतृत्व कर्ता आए, ति सबै बुद्ध धर्म संरक्षण र सम्बर्द्धन गर्न असफल भयो । नेतृत्व असफल हुदा को परिणाम आज समाजमा प्रत्यक्ष देखिएको छ। यसको प्रमाण तामाङ बौद्ध मह संघ को जनलहर लाई हेर्नुस ।
६) घेदुङ कै साथीहरु लामावाद लामावाद भन्दै विदेशीले धर्म प्रचार गरे जसरी गर्नु पर्छ भन्दै उफ्रेको छ। कारण परिस्थिति नबुझेको यो गैरजिम्मेवार पन हो।
लामाले आफ्नो ठाउ बाट धर्म लाई प्राथमिकता दिई काम गरिरहेको छ। बरु ६० वर्ष सम्म नारा लगाएर के भएछ भनेर विचार गर्ने पो हो कि?
७) धर्म सम्बर्द्धन को विषयमा घेदुङ १००% असफल भएको मैले देखे! भविष्यमा असफलता को कारण तत्वहरु लाई सहि समीक्षा र विश्लेषण गरेर बुद्ध धर्मको निम्ति कार्ययोजना हरु समाजमा ल्याउन सकोस् र सहि र राम्रो कार्ययोजना को लागि समुदायले साथ दिने छ, र
बुद्ध धर्म सम्बर्द्धन गर्नको निम्ति सहि दृष्टिकोण मार्फत जो कोहि संग पनि मिलेर काम गर्ने मेरो प्रतिबद्धता जगजाहेर त पहिला देखि नै छ ।
यद्दपी बुद्ध धर्म सम्बर्द्धन निम्ति केहि योजना समेत तयार नगर्ने तर धर्म सम्बर्द्धन भनेर नारा लगाउनु को अर्थ त के भनेर बुझ्ने!
अन्य भाषा, र संस्कृति बारे पनि घेदुङ बाट केहि कमिकमजोरी भयो कि भएन , यस बारे आज म केहि टिप्पणी गर्न चाहन्न । तर वार्ता र संवत मार्फत समाज लाई सहि नेतृत्व घेदुङले नै गरिन्छ भन्ने आशा चाहिँ राख्दा छु।
आज मैले जे बोले त्यो कोहि कसैलाई आरोप प्रत्यरोप होईन, कुनै संस्था को पक्ष विपक्ष होईन।
वस स्वतन्त्र व्यक्ति को स्वतन्त्र अभिव्यक्ति मात्र हो। र हरेक विषयमा घेदुङ ले नै नेतृत्व गरुन भन्ने कामना पनि!
मलाई कसले के भन्छ दैवले जानुन, तर कारण परिणाम लाई हेरेर मलाई सहि नलागे लागेन भन्छु, सहि लागे सहि लाग्यो भन्छु।
तामाङ समुदायमा पनि Speech Right छ भन्ने कुरा मा हेक्का छु।
अन्तमा कसैले पनि अन्यथा नलिनु होला, र भविष्यमा एक पक्षिय नेतृत्व होईन, समग्र तामाङ समाजको नेतृत्व घेदुङ ले नै लिन सकोस् । तर त्यसको लागि " तामाङ जातिको उत्थान, धर्म, भाषा, संस्कृति को सम्बर्द्धन" भन्ने नारा शब्दमै सिमीत नरहोस्। सम्बन्धित सबै पक्षमा ध्यानकर्षण पनि गर्दछु।
थुजेछे।

0 comments:
Post a Comment