स्थापना कालको पहिलो बर्षमै नेपाल तामाङ घेदुङ साइप्रसले यसरी धुमधामका साथ यसरी सोनाम ल्होछार मनाईयो !


“तामाङ जातिको उत्थान,भाषा,धर्म र संस्कृतिको सम्बर्द्धन ” भन्ने मुल नाराका साथ महा-मञ्जुश्री संम्वत २८५२ सोनाम ल्होछार ‘ टे ‘ल्हो ( बॉंदर वर्ष ) लाई बिदाई गर्दै सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा वर्ग) नेपाल तामाङ घेदुङ्ग साईप्रस को आयोजनामा बृहत सास्कृतिक कार्यक्रमका साथ गत आईतबार साईप्रसको लिमासोलमा स्थापना भएको पहिलो बर्षमै भब्यताका साथ सम्पन्न भएको छ।

नेपाल तामाङ घेदुङ साईप्रसकी महासचिव मनमाया तामाङ (माया लोप्चन) र सचीव लक्ष्मी ब्लोन तामाङद्वारा संयुक्त रुपमा कार्यक्रमलाई दुई चरणमा संचालन गरिएको यो कार्यक्रमको सभापतित्व ग्रहण नेपाल तामाङ घेदुङ साईप्रसकी अध्यक्ष सीतामाया तामाङ(नानु गोम्जा) ले गर्नु भएको थियो र प्रमुख अतिथी एनआरएनए साईप्रसकी महिला प्रतिनिधि तथा चितवन सेवा समाज साईप्रसकी अध्यक्ष जसमाया पुन मगर हुनुहुन्थ्यो भने बिशेष अतिथि एनआरएनए साईप्रसका अध्यक्ष सुवास मल्ल र उपाध्यक्ष विरन पुन मगर थिए । अतिथिहरुमा एन आर एन साईप्रसका महासचिव सन्तोष बडाल ,एन आर एन का युवा प्रतिनिधि योवाङ घले ,संघिय समाजवादी फोरम साईप्रसकी अध्यक्ष सोनिया शेर्पा,शेर्पा किदुक साईप्रसकी उपाध्यक्ष जेनी शेर्पा, अन्तराष्ट्रिय कलाकार मंच साईप्रसकी अध्यक्ष कोपिला दाहाल सुवेदी,नेपाल तामाङ घेदुङ साईप्रसकी प्रमुख सल्लाहकार ज्ञानु तामाङ,याङ्की ह्योल्मो,खुशी कार्की,निलु खनाल,सुरेश शाहका साथै विभिन्न संघ सस्थाका ब्यक्तित्वहरु,व्यवसायी,बुद्धिजीवी,पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।


कार्यक्रमका सभापति र प्रमुख अतिथिद्वारा संयुक्त रुपमा नाङ्सालमा दीप प्रज्वलन गरी राष्ट्रिय गीत बजाएर कार्यक्रमलाई औपचारिक रुपमा संचालन गरिएको थियो। कार्यक्रममा स्थानीय कलाकार तथा रास्ट्रीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो। कार्यक्रमलाई सब्य भब्य रुपमा मनाउनको लागी नेपालबाट आमन्त्रित कलाकारहरुमा चर्चित म्हेन्दोमाया गायक तथा बरिष्ठ संगीतकार हेम वाइबा तामाङ र साउथ एसियन स्टार पप लोक सेलो गायक,गीतकार तथा संगीतकार अाशुसेन लामाले दर्जनौं सांगीतिक कोसेलीहरु प्रस्तुत गर्दै हलमा उपस्थित सम्पूर्ण दर्शक तामाङ तथा गैर तामाङ नेपाली दाजुभाई दिदिबहिनीहरुलाई आफु बिदेशी र तामाङ हुनुको गर्वमा चुर्लुम्म डुबाएको थियो ।
आमन्त्रित कलाकार साउथ एसियन स्टार पप लोक सेलो गायक,गीतकार तथा संगीतकार अाशुसेन लामा

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यतित्वहरूलाइ संस्थाले सम्मान गरेको थियो र प्रबासमा रहेर पनि आफ्नो मौलिक सस्कृतीको संरक्षण सम्बर्द्धन गर्नुले नेपालीहरु बिच एकता अझै बलियो हुनुका साथै रास्ट्र सास्कृतिक रुपमा सबल र सक्षम हुने कुरामा सकारात्मक देखिन्छ।
आमन्त्रित कलाकार चर्चित म्हेन्दोमाया गायक तथा बरिष्ठ संगीतकार हेम वाइबा तामाङ





Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment