साईप्रसमा “नेपाल तामाङ घेदुङ साईप्रस”को साधारण सभा तथा प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न


माया लोप्चन तामाङ/२५ अक्टोबर, साईप्रस।
रोजगारीको सिलसिलामा नेपाल बाट साईप्रसमा आई पुगेका तामाङ दाजुभाइ र दिदी बहिनीहरुले नेपाल तामाङ घेदुङ साईप्रसको साधारण सभा तथा प्रथम ऐतिहासिक अधिबेशन सम्पन्न गरेका छन्।  सीता तामाङ (नानु गोम्जा)को सभापतित्वमा आफ्नो भाषा, धर्म, लिपी, कला, संस्कृति र भेषभुषा संरक्षण र प्रबर्द्धन गर्नु हाम्रो मानव दायित्व हो भन्दै, “तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कुतिको सम्बर्द्धन ” भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङ साईप्रसको साधारण सभा तथा प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ।



एन आर एन ए साईप्रसका अध्यक्ष सुवास मल्लको आतिथ्यमा सम्पन्न भएको कार्यक्रम मनमाया लोप्चन तामाङले संचालन गरेकी थिइन। कार्यक्रम राष्ट्रिय गान पछि प्रमुख अतिथी सुवास मल्ल र सभापती नानू गोम्जाले संयुक्तरूपमा नाङसाल (दियो) प्रज्वलन गर्दै उद्घाटन गरिएका थियो।

लक्ष्मी ब्लोन तामाङ्ले स्वागत मन्तब्य राखेकी थिईन र निर्मला थिङ तामाङले स्वागत गीत गाएर उपस्थित सम्पुर्ण लाई स्वागत गरेकी थिईन ।कार्यक्रममा केही महिना अगाडि रोजगारीको सिलसिलामा साईप्रस पुगेर विभिन्न कारणबस आत्माहत्या गरि ज्यान गुमाएकी अन्जु सुनुवारको नाममा एक मिनेट मौनधारण समेत गरिएको थियो।



७० जना भन्दा बढिको उपस्थितिमा सम्पन्न कार्यक्रममा एन आर एन ए युवा प्रतिनिधि योवाङ घले, नेपली ब्रिटिस गोर्खाका सुरेश कुमार परियार ,संघिय समाजवादी फोरमका अध्यक्ष सोनिया शेर्पा र चितवन सेवा समाज साईप्रसकी संयोजक जसमाया पुन मगर विशेष अतिथिको रुपमा आसनग्रहण गरेको थियो।

कार्यक्रमलाई रोमाञ्चक बनाउन बिचमा सांगितिक कोसेलिहरु पस्किदै सुनमाया घिसिङले नृत्य प्रदर्शन गरेकी थिइन् ।एन आर एन ए साईप्रसले केही समय पहिले गरेको “दशैं तिहार मेला” मा बिशिस्ट योगदान दिने ब्यतित्वहरुलाई र “नेपाल तामाङ घेदुङ साईप्रस” लाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो।



प्रमुख अतिथी तथा विशेष अतिथीहरुले शुभकामना मन्तब्य राखेका थिए। नेपाल र अन्य देशहरुबाट प्राप्त शुभकामना पत्रलाई कार्यक्रम संचालिका माया लोप्चनले वाचन गरेर सुनाएकी थिइन। जसमा नेपाल तामाङ घेदुङ केन्द्र काठमाडौं ,नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष अमृत तामाङ, नेपाल तामाङ समाज जापानका सचिव हिमाल वाइबा तामाङ, आदिवासी जनजाती पत्रकार महासंघ जापान शाखाका उपाध्यक्ष चसिला तामाङ र नेपाली जनप्रगतिशिल मन्च कुवेतका युवा संयोजक तथा संचार प्रमुख दिलकुमार पाख्रीनको रहेको थियो।

कार्यक्रमको अन्तिम चरणमा नयाँ कार्यसमितिको नाम सार्वजनिक गर्दै प्रमुख अतिथीद्वारा खदा ओढाउँदै स्वागत गरिएको थियो।



साढे एघार बजेबाट सुरु भएको कार्यक्रमलाई साढे दुई बजे बिट मार्दै सभापती नानू गोम्जाले उपस्थित सबैलाई आउँदै गरेको दिपावलिको शुभकामना ज्ञापन गरेकी थिइन। नयाँ चयन भएको कार्यसमितिको सबै पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएकी थिइन। साथै कार्यक्रम सफल पार्न हरेक कोणबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गरेकी थिइन।

साधारण सभा तथा प्रथम ऐतिहासिक अधिबेशनबाट चयन भएका कार्यसमितिको नामावली:-

प्रमुख सल्लाहकार : ज्ञानु तामाङ
विशेष सल्लाहकार : अन्जु तामाङ
सल्लाहकार : जीवन वाईबा तामाङ

अध्यक्ष : सीता तामाङ (नानू गोम्जा)
वरिष्ठ उपाध्यक्ष: जाङमु तामाङ (साङमु थोकर तामाङ)
उपाध्यक्ष :अमृत तामाङ मोक्तान
उपाध्यक्ष : सर्मिला तामाङ लोप्चन( सरु तामाङ)

महासचिव : मनमाया तामाङ (माया लोप्चन)
सचिव : लक्ष्मी ब्लोन तामाङ

कोषाध्यक्ष : निर्मला थिङ तामाङ
सह कोषाध्यक्ष : शान्ता लामा (शान्ता वाईबा तमाङ)

सक्रिय सदस्यहरु:
(1) सुनी ग्याबा तामाङ
(2) हिरा तामाङ मोक्तान
(3) रोस्नी तामाङ
(4) राजु लामा तामाङ
(5) रोजि योन्जन तामाङ
(6) राजु तामाङ
(7) सुनमाया घिसिङ तामाङ
(8) रत्न तामाङ
(9) प्रीज्मा घिसिङ तामाङ
(10) उर्मा माया तामाङ
(11) कल्पना तामाङ
(12) राजु लोप्चन तामाङ
(13) कुमार थिङ तामाङ
(14) ईश्वर पाख्रीन

सदस्यहरु :
(1) हिरा तामाङ
(2) सङ्गे डोल्मो तामाङ
(4) प्रमिला तामाङ
(4) देउ कुमारी तामाङ
(5) सुकुरानी तामाङ
(6) लक्ष्मी तामाङ
(7) चम्पा तामाङ
(8) सबिता मोक्तान तामाङ
(9) मिना तामाङ
(10) हिरा बोम्जन तामाङ
(11) हिरामाया तामाङ
(12) फुर्कु तामाङ
(13) सुनिता तामाङ
(14) सुनुम तामाङ
(15) शर्मिला तामाङ
(16) रश्मि तामाङ
(17) म्हेन्दोमाया तामाङ
(18) दिया स्याङ्तान तामाङ
(19) नानू लामा
(20) रेनु तामाङ
(21) हिरा कुमारी गुरुङ(पाख्रीन तामाङ )
(22) अन्जु तामङ
(23) बिना तामाङ
(24) माया दोङ तामाङ
(25) मरिना तामाङ
(26) सरिना घ्लान तामाङ
(27) सबिता वाईबा तामाङ
(28) माया पाख्रीन तामाङ
(29) अस्मिता पाख्रीन
(30) बिबिन्द्र तामाङ
(31) सन्जु लामा
(32) उबिना लामा
(33) उषा लामा
(34) सृष्टि बोम्जन तामाङ

कार्यक्रमका केहि तस्बिरहरु: 






Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment