नेपालको मूलवासी मंगोल समुदायको ऐतिहासिक चिनारी


आज भन्दा झण्डै २८ सय बर्ष अगाडिको नेपालको मंगोल समुदायको इतिहासको कुरा हो । नेपाल भन्ने हाम्रो देश (काठमाण्डौं) मा महादेव पार्वती भन्ने महाशक्तिशाली (प्राकृतिक शक्ति), ज्ञानी, धर्मात्मा र उद्धार हृदय भएको राजा रानी थिए । जसलाई हामी पारूहाङ र सुम्नीमा भनेर चिन्छौं । जो मंगोल समुदायको पुर्खाका सन्तान हुन् । मंगोल (मगर, तमाङ, तमु, राई, लिम्बु तथा अन्य विभिन्न नामले चिनिने हामीहरूलाई मूलवासी, आदीवासी जे भने पनि एउटै अर्थ हो । त्यही महादेव राजाले आज हामीले मान्दै आएका किराँत, बोन, प्रकृतिक धर्म, युमासाम धर्म, सामानिजम धर्मको राज्यमा सुरूवात गराउनुभएको थियो । जस्तै उदाहरणको लागी हामीले खाना खानु अधि तीन पटक सानोटुक्रा चढाउनु र कुनै किसीमको पेयपदार्थ पिउनु अघि पेय पदार्थलाई तीन पटक छ्योत गर्नु । यसको अर्थ हो पहिलो पुस्ता, दोस्रो पुस्ता (अहिलेको पुस्ता) र आउने पुस्तालाई सधै सम्झीनु भनेको हो । त्यस्तै अर्को फलाम वा अन्य धातुको त्रिसुल (Symbol) बनाएर बोक्नु र आफ्नो पुर्खाहरूको चिहानमा राख्नु । यसको अर्थ हो हाम्रो पहिलाको पुर्खा, अहिलेको पुर्खा र आउने पुर्खाहरू सधैनै आगोको ज्वाला बलेको झै बलिरहनु, चम्कि रहनु भनेको हो । महादेवको अर्थ ‘म’ भनेको मंगोल, ‘हा’ भनेको हाङ र देव भनेको देउता, देउ, देवा भनेर हाम्रो मंगोल समुदायका मातृभाषाहरूमा प्रयोग भएको हुन्छ । महादेव राजाको दरवार अहिलेको काठमाण्डौंमा रहेको पशुपतिनाथको मन्दिर हो र चिहान पनि हो । महादेवलाई उहाँको मृत्यु पश्चात त्यही पशुपतिनाथको मन्दिर वरीपरीनै गाड्नु भएको थियो । किन कि हाम्रो गाउँघरमा आज-भोली पनि धामी झाँक्रीको मृत्यु भए पश्चात नजिकैको जंगल वा स्थानमा लगेर गाड्ने र दाहसंस्कार गर्ने चलन छ । पशुपतिमा भएको कलि (अंशुबर्मा) को मुर्ती तमाङ्ग बल राजाको मुर्ती हो । जसलाई हामीले अंशु बर्मा भनेर चिनेका छौं, चिनाएका छन् । अंशु बर्माको नाम हाङसा बल हो ।

अंशु बर्मा (हाङसा बल) नेपालको २१औं किराँती (मंगोल) राजा हो । तेस्रो पटक नेपालको मंगोलहरूको बंशज र कुल छुट्टिने क्रममा राजा अंशु बर्माले त्यसबेलाका तिब्बतका ३३औं राजा सोङचाङ गोम्पोलाई पनि निमन्त्रणा गर्नुभएको थियो र यसै क्रममा राजा सोङचाङ गोम्पो नेपाल आइपुग्नुभएको थियो ।

अंशु बर्माको छोरी भृकुटीको विवाह तिब्बतको ३३ औं राजा सोङचाङ गोम्पो संग छैठौ सताब्दीको मध्य तिर (632 AD) मा भएको हो । तिब्बतमा भृकुटीलाई बल(बलस्या)भनेर पनि सम्बोधन गरेको र यसरी नै इतिहासमा पनि लेखिएको पाइन्छ । बल तमाङको १६० थर मध्येको एउटा थर हो । बलस्या भनेको तमाङ्गको बल थरको छोरी हो भन्ने बुझीन्छ । यस अर्थमा अंशु बर्मा (हाङसा बल) तमाङ्ग थियो भन्ने प्रष्ट हुन्छ । इन्द्रचोकमा भएको आकाश भैरवको मुर्ती नेपालको इतिहासमा लेखिए अनुसार नेपालको पहिलो मंगोल किराँती राजा यलम्बरको मुर्ति हो । नेपालको पहिलो राजा बङसासुर हुन् र बङसासुर राजालाई अहिलेको भारतबाट आएका गोपाल बंशका सेना भुक्तमानले जालझेल गरि हत्या गरेर शासन सत्ता हातमा लिए पछि भुक्तमानको बंशले ८औं बंश सम्म राज्य चलाए थिए । भुक्तमानको ८औं बंशज भुवनसिंहलाई बङसासुर राजाका बंशज राजा यलम्बरले लडाईमा हराउनुभए पछि यलम्बरले उत्पत्याका स्थित थानकोटलाई राजधानी बनाउनुभएको थियो । राजा यलम्बरले ९० बर्षको उमेर सम्म शासन गर्नुभए पछि उहाँले आफ्नो जेठा छोरा पालाम्बा लाई सत्ता सुम्पिनुभएको थियो । पालाम्बाले ८१ बर्षको उमेर सम्म शासन गर्नुभयो । यसकारण राजा यलम्बरलाई इतिहास बिद्धहरूले नेपालको पहिलो मंगोल (किराँती) राजा भनेर भन्नुभएको हो । राजा पालाम्बाले राजधानी थानकोट नजिकै राजा बङसासुरको सम्झनामा सुप्रभा भन्ने नयाँ बस्तीको स्थापना गर्नुभएको थियो र उहाँले आफ्नो नाम पनि किराँतीसुर भनि घोषणा गर्नुभयो । यसरी नै किराँती भन्ने शब्दको सुरूवात भएको हो । किराँतीको अर्थ बंश भनेको हो ।

आकाश भैरवको पुजा अगष्ट/सेप्टेम्बर महिनामा इन्द्रजात्राको दिनमा गर्ने गरिन्छ । इन्द्रजात्रा आठ दिन सम्म मनाउने चलन छ । त्यहि दिन मात्र सर्वसाधारण नागरिकको लागी खुल्ला गरिन्छ । अन्य दिनमा सधै माक्स लगाएर राखिएको हुन्छ । काठमाडौंको चाबहिलमा रहेको बौद्ध स्तुपा (चारूमती चैत्य) आज भन्द २३ सय बर्ष अघि चारूमती भन्ने रानीको मृत्यु पश्चात उहाँको अस्तु राखेर सम्झना स्वरूप बनाएको स्तुपा (चैत्य) हुन् । चारूमती सम्राट अशोककी छोरी हुन् । चारूमती आजभन्द २२८१ बर्ष अघि सम्राट अशोक संग नेपाल घुम्न आउनुभएको थियो । त्यहि समयमा चारूमतीको विवाह नेपालको राजकुमार देउपालसंग भएको थियो ।

मंगोल इतिहास अनुसार सम्राट अशोक १४औं राजा स्तुङगोको निमन्त्रणामा आउनुभएको थियो । किन कि मंगोल राजाहरूको हरेक सात पुस्तामा बंश वा कुल छुट्टिने प्रचलन थियो । त्यही बेलामा पुर्व, पश्चिम, उत्तर, दक्षिणमा भएका सम्पूर्ण राजाहरूलाई पनि निमन्त्रणा दिने चलन थियो । यसरी दोस्रो पटक नेपालको मंगोलहरूको वंश वा कुल छुट्टीयो । पहिलो वंश वा कुल छुट्टिएको चाँही सातौं राजा जितेदस्तीको पालामा थियो । त्यही समयमा अहिले बौद्धमार्गीहरूले भगवान मान्ने बुद्धलाई केन्द्रिय राज्यमा निमन्त्रणा दिनुभएको थियो र त्यही समय देखि केन्द्रिय राज्यमा बुद्धिजमको थालनी भएको हो ।

काठमाण्डौंमा भएको स्वयम्भू स्तुपा आज भन्द २५ सय बर्ष अघि निर्माण भएको हो । स्वयम्भू तमाङ्ग राजाको दरवार पनि र चिहान पनि हो । आज भोली पनि काठमाण्डौंमा मृत्यु भएका तमाङ्गहरूलाई मृत्यु पश्चात स्वयम्भूमा लगेर जलाईन्छ वा दाहसंस्कार गरीन्छ । तमाङ्गहरूले स्वयम्भुलाई आबा (बु्बा) को रूपमा पुज्ने गरिन्छ भने बौद्धलाई आमाको रूपमा पुज्ने गरिन्छ । बौद्ध तमाङ्ग रानीको चिहान हो र दरवार पनि हो । तमाङ्गहरूको संस्कारमा कुनै पनि गन्ने मान्ने ठूला व्यक्तिको मृत्युपश्चात उहाँहरूको सम्झनामा माने, चौतारा, स्तुपा, चैत्य बनाउने चलन अझै पनि छ । स्तुपाको माथिको भाग छ्योर्तेनमा चारै दिशा तर्फ आँखाको आकृती चित्रण गरिने चलन छ । यसरी चित्रण गरिएको आँखाको अर्थ मेरो मंगोलको सन्तानहरू पुर्व, पश्चिम, उत्तर, दक्षिण जहाँ बसोवास गरे पनि सबैलाई मेरो माया बराबर हुन्छ भनेको हो ।

छ्योर्तेनको अँखाको तल्लो भागमा नेपाली अक्षरमा १ लेखिएको हुन्छ । त्यसको अर्थ हो जहाँ र जुनसुकै ठाँउमा बसे पनि मेरो मंगोलको सन्तानहरू एक भएर बस्नु भनेको हो । तमाङ्गहरूको संस्कृतिमा ताम्बा, गान्बा, लामा र भोन्बोको छुट्टा छुट्टै भूमिका, महत्त्व र अस्तित्व हुन्छ । यी चारैवटा अभिन्न संस्कृतिक अंगहरूले आफ्नो मंगोल सन्तानहरूको हितको लागि सधै नै आवश्यक अवस्थामा एक भएर निर्णाय गर्नु भनेको पनि हो । हाम्रो गाउँघरमा हाम्रो पुर्खाहरूको भनाई पनि छ । हामी मंगोलका सन्तानहरू एक्लै बाँच्न सकिदैन । त्यसैले मेरो मंगोल सन्तानहरू सधै एक भएर बस्नु र जिउनु भनेर भन्ने गरेको सुनिन्छ ।

नेपालको मूलवासी मंगोल समुदायको पुरानो इतिहासहरू सबै नै नेपालको सामानिजमको मुन्धुम धर्मग्रन्थहरू जस्तै थुङसाप मुन्धुम, पेसाप मुन्धुम, सोक-सोक मुन्धुम, एहाङ्ग मुन्धुम, साप्जी मुन्धुम, साप मुन्धुमहरू किराँत लिपीमा लेखिएका छन् । नेपालको बुद्धिजमको धर्मग्रन्थहरू जस्तै दोमाङ, दोङगराप, फाराप, कङग्युर, तम्बा काइतेन तथा अन्य साम्भोटा लिपीमा लेखिएका ग्रन्थ (किताब) हरू छन् । यी ग्रन्थ (किताब) हरूमा भएको भाषा ९० प्रतिशत भन्दा धेरै नेपालको सवै मंगोलहरूले बोल्ने मातृभाषमा बोलीने शब्दहरूमा लेखिएका छन् । यो सातौं र आठौं सताब्दीमा लेखिएका हुन् भनेर इतिहासकार र पुरातत्वबिदहरूले प्रमाणित गरिसक्नु भएको छ । सम्भोटा लिपी नेपालको सबै भन्दा पुरानो लिपी हो । सम्भोटा लिपी तमाङ्गहरूको लिपी हो भन्ने कुरा सम्पूर्ण तमाङ्गहरूले बुझ्नु पर्छ । सम्भोटा लिपी भनेको विश्वभरका बुद्धिजमका ग्रन्थ (किताब) हरूको मास्टर लिपी हो । तिब्बतमा लेखिएका जती पनि बुद्धिजमका ग्रन्थहरू छन् ति सवै बाह्रौं शताब्दीको सुरूवातमा मात्र लेखिएका हुन् र यस पछि मात्रै चिन, मंगोलीया र भुटान तथा अन्य देशहरूमा पनि फैलिएका हुन् ।

‘तमाङ्ग’ शब्दको को अर्थ : ‘त’ भनेको महान हो, पुरानो मंगोल/मंङको भाषामा र ‘माङ्ग’को अर्थ महान, बृहत, समुदाय, प्राकृतिक शक्ति भएको, प्राकृतिक देव भगवान आदी हुन् । राई, लिम्बू, मगर र अन्य केही मंगोल समुदायको मतृभाषमा माङ्गको अर्थ देउता, भगवान, देव भनेर भनिन्छ । चिनियाँ भाषा र बर्मेली भाषामा माङ्गको अर्थ मंगोल भनेर परिभाषीत गरिएको छ । यस अर्थमा तमाङ्गको अर्थ महान भगवान, महान मंगोल, महान प्राकृतिक देव भनेर बुझिन्छ र बुझ्नुपर्छ ।

‘तमु’ शब्दको को अर्थ : ‘त’ को अर्थ महान हो र ‘मु’ को अर्थ मंगोलको मातृभाषामा आकाशलाई बुझाउँछ । प्राकृतिक धर्म मान्ने मंगोल समुदायले आकाश, हिमाल, पहाड, नदी, रूख, पशु, पन्छी र आफ्नो पुर्खाहरूलाई भगवान, देव, देवी रदेउताको रूपमा पुजा गर्ने गरिन्छ । यस अर्थमा तमु भनेको महान आकाश मान्ने महान मंगोल हो भनेर बुझिन्छ र बुझ्नु पर्छ ।

‘मगर’ शब्दको को अर्थ : ‘म’ मङ्ग्, माङ्ग, मङगरबाट सभ्यताको विकासको क्रममा मगर भनेर भनियो, चिनियो र चिनाइयो । मङग, माङग भनेको नेपालको मंगोल समुदायको मातृभाषमा देवी, देउता हुन् । मगरहरूको धेरै पुरानो इतिहासहरूमा मङगर भनेर सम्बोधन गरेको पाईन्छ । यस अर्थमा मगर भनेको देवी, देउता हो भनेर बुझिन्छ र बुझ्नु पर्छ ।

‘लामा’ शब्दको को अर्थ : ‘ला’ भनेको देउता, ‘मा’ भनेको माङग हो ।

‘शेर्पा’ शब्दको को अर्थ : मंगोलहरूको मातृभाषामा ‘स्यार’ भनेको पूर्व हो, र ‘पा’ भनेको मानिस हो । १५औं शताब्दीको मध्ये तिर नेपालको पूर्वदिशा तर्फ बसोबास गर्ने मंगोल समुदायलाई स्यारपा भनिन्थ्यो र पछि शेर्पा भनियो ।

‘लिम्बू’ शब्दको को अर्थ : ‘लि’ भनेको मंगोलको मातृभाषामा धनु हो, ‘म’ को अर्थ मंगोल हो र ‘बू’ को अर्थ राज्य हो भनेर मंगोलको मातृभाषमा बुझिन्छ । राई, लिम्बू, किराँती र अन्य समुदायको मातृभाषामा यो शब्दको व्यापक प्रयोग भएको पाइन्छ । यस अर्थमा लिम्बूको अर्थ भनेको धनु चलाउने मंगोल राजाहरू हो भनेर बुझिन्छ र यसरी नै बुझ्नुपर्छ ।

‘राई’ शब्दको को अर्थ : पृथ्वीनारायण शाहको शासन काल भन्दा केही समय अगाडिको समयमा पूर्व दिशामा राज्य चलाउने मंगोल, किराँत राजाहरूलाई राई भनेर सम्बोधन गरेको इतिहासमा लेखिएको पाइन्छ । त्यस समय भन्दा पहिले पूर्व दिशा र पश्चिम दिशामा राज्य चलाउने मंगोल, किराँत राजाहरूलाई हाङ अथवा खान भनेर लेखिएको पनि पुरानो इतिहासमा पाइन्छ । जस्तै बलिहाङ राजा, पारूहाङ राजा, राजा बुद्धि कर्ण राई, विजय नारायण राई आदी ।

राजा बुद्धि कर्ण राई (1769–1773AD) सम्म मोरङका राजा रहेको थियो । राजा विजय नारायण राई (1584-1709 AD) सम्म विजयपुरका राजा रहेको थियो । खान भनेको बार्हौ सताब्ती 1219 AD तिर मंगोल राजाहरूलाई मध्य एसीयामा खान भनिन्थ्यो । मंगोल भनेको बार्हौ शताब्दीमा मंगोलीयाका खान सम्राटहरूले साम्राज्य विस्तार गर्ने क्रममा माङग्ग, माङ्ग, मोङ्गलाई परिमार्जित गरेर मंगोल भन्ने शब्द प्रचलनमा ल्याइयो र हामीहरू सबै मंगोल भनेर चिनिएका हुन् । यस अर्थमा हामी मंगोलीया भन्ने देशको नागरिक मंगोलीयन होइन भनेर बुझ्नु पर्छ र बुझाउनु पर्छ । एसियामा भएका सबै एसियनहरू मंगोलहरू हो । तर, नेपालको मंगोलहरू भनेको एसियाकै मंगोलहरूको धर्म, संस्कार र संस्कृतिको पनि पुर्खा हो । यो हामीले बुझ्नु पर्छ र बुझाउनु पर्छ । जब भारतका हिन्दू राजपुतहरू अहिको भारतको मंगोल, मुगोल सम्राट अकबरको आक्रमणबाट बचेर जिउ ज्यान जोगाउन नेपालमा पश्चिम भेगबाट नेपालको मगर खान राज्यमा आइपुग्यो । त्यसबेला भिरकोटमा मगर खान राजाका जेठा छोरा खानझा खान राजा थियो । खानझा खानलाई राजपुतहरूले झालझेल गरि मगरहरूको राज्य आफ्नो कब्जामा पार्नको लागि जालझेल गरेर धर्म परिवर्तन गरी हिन्दु बनाउने प्रयास असफल भए पछि त्यही राजपुत हिन्दुहरूले मगर राजाको माइलो छोरा मेझा खानलाई हिन्दू बनाउन सफल भयो । हिन्दु भए वापत मेझा खानलाई खानझा खान जस्तै राजा बनाईने भनेर फकाइयो । मगर राजाको माइलो छोरा मेझा खान मगर हिन्दु भयो र उसैको सहयोग लिएर पाल्पाको सेन मगर राजालाई पनि हिन्दु बनाए पछि नेपालमा राजपुतहरूको जालजेल र षड्यन्त्र सुरू भयो र त्यहि दिन देखि नेपालको मगरहरूको निम्ति कालो दिनको सुरूवात भयो । भिरकोट र पाल्पामा भएको मगर समुदायलाई आफ्नो पुर्खा देखि मान्दै आएको मंगोल धर्म, सामानिजम धर्म, धामी झाँक्री धर्म र बौद्ध धर्म परिर्वतन गरी हिन्दु धर्म ग्रहण गरे वापत उक्त समुदायको कुनै पनि व्यक्ति जन्मदा, मर्दा र विवाह गर्दा तथा अन्य कुनै पनि कार्यक्रमहरू गर्नु परे सम्पूर्ण खर्च र लागत खर्च सरकारले व्यहोर्ने छ भनेर सरकारी अदलत आदेश जारी गरेको थियो । यसरी त्यहि समय देखि मगरहरू धर्म परिबर्तनगरि हिन्दु बन्ने क्रम सुरू भयो ।

यस पछि मेझाखानलाई राजपुतहरूले फकाएर १२ मगरात नुवाकोटको राजा बनाए । त्यस पछि क्रमस: जय खान, मिच्चा खान, बिचित्र खान, जगदेव खान र कुल मण्डन खान नुवाकोटको राजा भएका थिए । पछि कुलमण्डन खान शाहामा परिणत भयो । किन कि भारतलाई मंगोलीयाबाट साम्राज्य बिस्तार गर्ने क्रममा आएका त्यस समयका मुगोल, मंगोल सम्राट अकबरले अहिलेको भारत कब्जामा लिईसकेको थियो । तर, केही समय पछि दिल्लिको रज्यमा चाँही मुस्लिम धर्म मान्ने शाहा जाहान शासकले कब्जा गरेका थिए । त्यही शाहा जाहानले कुलमण्डन खानलाई दिएको उपाधी शाहा हो । यसरी राजपुतहरू प्रत्यक्ष रूपमा शाहा भयो । काठमाण्डौंको मुटु रानीपोखरी नजिकै भएको दुईवटा धरहराहरू (मस्जिद) शाहा शासकहरूले निर्माण गरेका हुन् । जो मुस्लिम धर्मावलम्बीहरूले प्रार्थाना गर्दा प्रयोग हुने मुस्लिम धर्मको प्रतिक, प्रार्थाना भवान हो । त्यसै कारणले गर्दा ज्यान बचाउनको लागि राजपुत हिन्दु ककसियसहरू नेपालको मगर राज्यमा खान भन्दै शरण मागे र त्यहाँका उद्धार, महान मगर खान राजाहरूले शरण दिए । त्यही राजपुत ककसियसहरूको भारी बोकेर संगै आएका हुन् अहिलेका बाहुन तागाधारीहरू र नेवारका केही तागाधारी ककसियस पुरोहितहरू । कुलमण्डन शाहका जेठा छोरा द्रव्य शाहा, द्रव्य शाहाका जेठा छोरा राम शाहा, राम शाहाका छोरा नरभूपाल शाहाको दोस्रो रानी लम्जुङ राज्यको मगर राजाको छोरीसंगको विवाहबाट जन्मिएका छोरा हुन् पृथ्विनारायण शाहा । पृथ्विनारायण शाहा मगर समुदायका र हामी मंगोल समुदायका साइनोमा भान्जा हुन् ।

नरभुपाल शाहले मगर राज्य आफ्नो हातमा लिनको लागि कुटिल चाल र सड्यन्त्र गर्ने मनसायले मगर राजकुमारी संग विवाह गर्नु भएको थियो । नरभुपाल शाहको पहिलो रानी गोरखाको घले राजकुमारी हुन् र दोश्रो विवाह पछि उनले आफ्नो छोरा पृथ्विनारायण शाहालाई १० बर्षको उमेर हुँदा बिक्रम सम्बत १७३२ मा भक्तपुरका राजा रणजित मल्लसंग विन्तिपत्र चढाएर भक्तपुरमा ५ बर्षको लागि अध्यन गराउन सफल भए । पृथ्विनारायण शाहलाई भक्तपुरमा पठाउनको मुख्य कारण मल्ल राजाहरूको आन्तरिक अवस्था बुझ्नको लागि थियो भनेर धेरै इतिहास विद्धहरूले पुष्टि गरेकाछन् । त्यसैले इष्टि ईण्डियाको अंग्रेजहरूसंगको मिलोमतोमा काठमाण्डौ, भक्तपुर र पाटन लडाईमा जिते । त्यसरी लडाई जित्नुको मुख्य कारण अंग्रेजहरूले पृथ्विनारायण शाहलाई २१ जना लडाइ र नीतिमा अनुभवी अंग्रेज सल्लाहकारहरू पठाएका थिए । १७६६ जना लडाईका धेरै अनुभवी अंग्रेज सेनाहरूको साथमा त्यस समयका विभिन्न अत्याधुनिक हात हतियार सहित २८ वटा शक्तिशाली तोप (Muskets) हरूपनि पठाएका थिए । त्यस लडाईमा जति पनि नागरिकहरू पृथ्विनारायण शाह र अंग्रेजहरूले मारे, बाँचेकाहरूको पनि नाक र ओठ काटि दिए । त्यस समय भएको लडाइमा दुई तिहाई नागरिकहरूको हत्या भएको थियो ।

अंग्रेजहरूले नेपालको बारेमा जति पनि इतिहास लेखेका छन् यिनै २१ जना अंग्रेज सल्लाहकारहरूको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोगबाट लेखिएका हुनाले नेपालको मूलवासी मंगोल समुदायका सन्तानहरूलाई बदमास इतिहासकारहरूले डाँडा पारीबाट र डाँडा वारीबाट आएकाहरू हुन् भनिरहेका छन् । जस्तै कहिले चिनबाट आएको, कहिले मंगोलीयाबाट आएको, कहिले तिब्बतबाट आएको, कहिले भारतबाट आएको, कहिले भुटानबाट आएको भनेर भनिरहेका छन् । जब कि नेपालका मूलवासी मंगोल समुदायले आफ्नो पुरानो मंगोलको इतिहासलाई अध्यन तथा अनुसन्धान गर्दा थाहा हुन्छ कि सामानिजम धर्म, युमासम धर्म, बोन धर्म, किराँत धर्म, मंगोल धर्म आज भन्दा झण्डै २८ सय बर्ष अगाडि महादेव र महादेवको प्राकृतिक मृत्यु पछि रानी सुम्निमाले आफ्नो पुरानो धर्म ति देशहरूमा फैलाएको थियो । बुद्ध धर्म छैठौं शताब्दीको मध्ये तिर नेपालको राजा अंशु बर्मा (हंस बल) को छोरी राजकुमारी भृकुटीको विवाह तिब्बतको ३३औं राजा सोङचाङ गोम्पोसंग भए पछि भृकुटी र सोङचाङ गोम्पोको दोस्रो रानी चिनको राजकुमारी वेन चेङद्वारा तिब्बतमा र चिनमा बौद्ध धर्म प्रचार-प्रशार गरे पछि तिब्बतमा बौद्ध धर्मको सुरूवात भएको हो । तिब्बतमा बुद्धिजम धर्म सुरूवात हुनको गर्ने प्रमुख व्यक्ति नेपालका तामाङ धर्म गुरू श्री गुरू रिम्पोछे (पदमा संभव) हुन् । गुरू रिम्पोछे (पद्मा संभव) नेपालको तामाङ राजाको छोरा पनि हुन् र धर्म गुरू पनि हुन् । यस अर्थमा नेपालका मूलवासी मंगोल समुदायले बुझ्नुपर्छ आफ्नो पुर्खाहरूले आफ्नो धर्म संस्कृति अन्य देशहरूमा (भुटान र मंगोलीयामा) पनि फैलाएको रहेछ । नेपालको मूलवासी मंगोल समुदाय तिब्बत र मंगोलियाबाट आएको होइन । नेपालको मूलवासी मंगोल समुदाय डाँडावारीबाट आएको र डाँडापारीबाट आएको भन्नेहरू चाँही नेपालको मूलवासी मंगोल समुदायको भलो नचिताउने तागाधारी बाहुनका पुरोहितहरूले हिन्दु राजपुतहरूबाट सिकेको चलाखिपूर्ण राजनीतिक सड्यन्त्र हो । यस्ता बदमासपूर्ण सड्यन्त्रहरू नेपालको मूलवासी मंगोल समुदायको राजनीतिक वा सामाजीक आन्दोलनमा लागेका व्यक्तिहरूले बुझ्नुपर्छ ।

नेपालको मूलवासी मंगोल समुदायको राजनीतिक वा सामाजीक आन्दोलनमा लागेका व्यक्तिहरूले पनि तिनै तागाधारी बाहुन पुरोहितहरूले लेखेको इतिहास पढेका छन् । तागाधारी बाहुन पुरोहितहरूले तीनसय बर्ष अघि लेखेको दस्तावेजहरूलाई नेपालको मूलवासी मंगोल समुदायले आफ्नो इतिहास भनेर पढिरहेका छन् । नेपालको मूलवासी मंगोल समुदायका सन्तानहरूले आफ्नो इतिहास के हो बुझ्नुपर्छ पर्छ । गहिरिएर अध्यन गर्नुपर्छ । आफ्नो समुदायको भलो नचिताउनेहरूले लेखेको इतिहासलाई सच्याउनु पर्छ, बुझ्नुपर्छ, बुझाउनुपर्छ । नेपालको मंगोल समुदाय यही माटोको मूलवासीको सन्तान हो भन्ने बुझ्नुपर्छ ।

नेपालको मंगोल समुदायले आफ्नो इतिहास प्रष्ट संग नबुझेकै कारणले तमाङ्गले तमाङ्ग नभन्ने, तमुले तमु नभन्ने, मगरले मगर नभन्ने, लिम्बूले लिम्बू नभन्ने, राईले पनि राई नभन्ने गरेका हुन् । नेपालको मंगोल समुदायका अग्रजहरूले जहिले पनि स्वाँगे भाईको थर बोकेर स्वाँगे भाईको इतिहासहरू मात्र खोज्ने काम गरिरहेकाछन् । नेपालको मंगोल समुदायले आफ्नो समुदायको खोज्नु पर्ने मुख्य इतिहास खोज्ने जमर्को कहिल्यै गरेको छैन । यसै कारण नेपालको मंगोल समुदाय सधै नै बाहुन, क्षेत्री र तागाधारी हिन्दु पुरोहितहरूको राजनीतिक बिचारको हतियार बनिरहेकाछन् । नेपालको मंगोल समुदायका राजनीतिक र सामाजीक मुक्ति आन्दोलनमा लाग्ने अग्रजहरूको कमिकमजोरी पनि उनीहरूले राम्रैसंग थाहा पाइसकेका छन् ।

यसरी खोज र अनुसन्धान गर्ने हो भने नेपालको मंगोल समुदायलाई राम्रैसंग थाहा हुन्छ । नेपालको लिखित इतिहास अनुसार आकाश भैरब भनेको नेपालको पहिलो मंगोल मूलबासी (किराँतीहरूको) राजा यलम्बरको मुर्ति हो भन्ने थाहा हुन्छ । नेपालको मंगोल समुदायले आफ्नो समाजलाई राम्रो र प्रष्टसंग बुझाउन सक्नुपर्छ । नेपालको मंगोल समुदायले आकाश भैरवको मुर्तिलाई बर्षमा एक पटक होइन कम्तिमा पनि १२ पटक पुज्नुपर्छ, सम्झिनु पर्छ । अर्को कलिको मुर्ति जुन किराँतेश्वर (पशुपति नाथको मन्दिरमा अवस्थित छ । कलिको मुर्ति तमाङ राजा हाङसा बल तमाङ (अंशु बर्मा) को मुर्ति हो । अंशु बर्माको मुर्ति (कली) लाई पनि नेपालको मंगोल समुदायका सन्तानहरूले बर्षमा १२ पटक पुज्नुपर्छ, सम्झिनु पर्छ । यो पनि नेपालको मंगोल समुदायका सन्तानहरूको पुर्खाको पहिचान हो । पशुपतिनाथको मन्दिर अर्थात किराँतेश्वर भनेको महादेव राजा (पारूहाङ) को दरबार हो र चिहान पनि हो । किराँतेश्वर अर्थात पशुपतिनाथको मन्दिरलाई नेपालको मंगोल समुदायका सन्तानहरूले मंगोल समुदायको धार्मिक विधी अनुसार आफ्नो धर्म गुरूहरूको इच्छा अनुसार पुज्नको निम्ति र आफ्नो पुर्खाहरूलाई संसार भर चिनाउनको निम्ति सरकारसंग वार्ता गरेर सम्पूर्ण धर्म मान्ने जो कोहीलाई पनि सजिलैसँग पुजा गर्नेव्यवस्था गर्नु पर्छ भनेर सरकारलाई बुझाउनु सक्नुपर्छ । आवश्यक भए हाम्रा राजनीतिक अग्रजहरूले मन, मस्तिष्क र मुखबाट आवाज उठाउनु पर्छ । किराँतेश्वर अर्थात पशुपतिनाथ मन्दिर नजिकै वनकालीको जङ्गलमा अहिले पनि किराँती समुदायको चिहान छ । अहिले पनि किराँती समुदायका राई, लिम्बु, सुनुवार र याख्खाहरूलाई मरे पछि त्यही ठाँउमा लगेर गाड्ने चलन छ ।

नेपालमा जति पनि देवी देउताका मुर्तिहरू छन् ती सबै नेपालको मूलवासी मंगोल समुदायका पुर्खाहरूको मुर्ति हुन् र जति पनि पुरानो मन्दिरहरु छन् ती सबै नेपालको मूलवासी मंगोल समुदायका पुर्खाहरूको चिहान र दरबार हुन् । यो कुरा नेपालको मूलवासी मंगोल समुदायले बुझ्नु पर्छ र आफ्नो समुदायलाई बुझाउनु सक्नु पर्छ । भगवान बुद्ध २६३९ बर्ष अघि मंगोल कुलमा जन्मिएका हुन् । बुद्धको विवाह उनको मामाको छोरी यशोधारा सँग भएको थियो । मामा फुपुको छोरा छोरीसंग विवाह गर्ने संस्कार अझै पनि मंगोल समुदायहमा विद्धमान छ । स्वयम्भु र बौद्ध स्तुपा संसरकै सबै भन्दा ठूलो र पुरानो स्तुपा हो । यी स्तुपाहरू पनि मंगोल मूलवासी समुदायका पुर्खाहरूले नै बनाएका हुन् । स्वयम्भूको अर्थ मंगोल समुदायको मातृभाषामा आकाश भनेको हो । आकाश मान्ने धर्म भनेका मंगोलको धर्म हो । यस कारण नेपालको मूलवासी मंगोल समुदायका राजनीतिक तथा सामाजिक आन्दोलनमा लागेका अग्रजहरूले नेपाल र नेपालको मंगोल समुदायको विकासको राजनीति गर्दा विकासको राजनीति गर्नु पर्छ, विचारको राजनीति गर्नु हुदैन । राजनीति भनेको यो संसारमा मानिसको अस्तित्व रहुन्जेल सम्म राजनीति रहीरहन्छ । त्यस कारण विचारको राजनीति भनेको त विदेशीले विदेशमा गएर राजनीतिक सत्ता आफ्नो हातमा पार्न र त्यो देशका नागरीकहरूलाई सकेसम्म आफ्नो स्वार्थ अनुकुल उपयोग गर्ने सिद्धान्तलाई विचारको राजनीति भनिन्छ ।

नेपालमा नेपालकै भलो नचाहाने राजपुत, बाहुन र क्षेत्री समुदायका केही हिन्दु तागाधारी पुरोहितहरूले गर्ने राजनीति बिचारको राजनीति हो । यिनीहरूले कहिल्यै पनि विकासको राजनीति गर्न सक्दैन । यिनीहरूले विकासको राजनीति गर्नै जान्दैनन् । किन कि यो देश नेपाल उनीहरूको आफ्नो प्यारो माटो होइन । यहि कारण भारत सँग जोडिएका नेपाल भारतका सिमानाहरू खुल्ला राखेका हुन् । नेपालको मूलवासी मंगोल समुदायका अग्रजहरूले मन, मस्तिष्क र मुखबाट नेपालको बिकासको राजनीति गर्नु पर्छ । राजनीति विज्ञान (Science) होइन, राजनीति भनेको कला (Art) हो । त्यसैले नेपालको मूलवासी मंगोल समुदायाले आफ्नो समाज र देश बनाउनको निम्ति बिदेशीले लेखेको, विदेशी बिचार भएको राजनीतिक किताब पढेर गर्ने राजनीतिले विदेशिलाई फाइदा हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । नेपालका मूलवासी मंगोल समुदायका राजनीतिक क्षेत्रमा सक्रिय रहेका अग्रजहरूले विकाशको राजनीति गर्नु पर्छ । नेपालका मूलवासी मंगोल समुदायका अग्रजहरू सवैले सधै नै आफ्नो नामको पछाडि तमाङ्ग, तमु, गुरूङ, मगर, राई, लिम्बू, थारू लेख्ने गर्नुपर्छ । यसो गरे मात्र तमाङ्ग राजनीति गर्ने तमाङ्ग अग्रजहरूलाई तमाङ्गहरूले साथ दिन्छ । तमु (गुरूङ) हरूलाई तमुहरूले साथ दिन्छ । मगरहरूलाई मगरहरूले साथ दिन्छ । राईहरूलाई राईहरूले साथ दिन्छ । लिम्बूहरूलाई लिम्बूहरूले साथ दिन्छ र थारूहरूलाई थारूहरूले साथ दिन्छ ।

नेपालका मूलवासी मंगोल समुदायका दुःख पाएका र गरिब तमाङ्गहरूले मात्र तमाङ्ग भन्ने धनी भए पछि लामा, मोक्तान, योञ्जन, घिसिङ्ग, दोङ्ग लगायत १६० किसिमको स्वाँगे भाईहरूको थर झुण्डाएर हिड्ने गरेकाछन् । यसरी हिड्ने गरेकाहरूले गर्ने गरेको क्रियाकलापहरूले तमाङ्ग समाजको होइन, सिंगो मंगोल समुदायको सन्तानहरूको भलो नचिताउनेहरूको शुभचिन्तक र प्यारो भैरहेको हुन्छ । यस अर्थमा तमाङ्गहरू १६० कित्तामा विभाजित हुन्छ र यसरी विभाजन हुँदा तमाङ्गहरू सधै एक आपसमा स्वाँगे भाईको लडाई लडेर बस्नु पर्ने अवस्थाको समाजमा सृजना भएको छ । अहिले पनि यहि भईरहेको छ । तमाङ अग्रजहरूले साँच्चीकै मन, मस्तिष्क र मुखबाट तमाङ्गहरूको भलो र उन्नती चाहन्छ भने तमाङ्ग समुदायका राजनीतिक आन्दोलनमा रहेका अग्रजहरूले आफ्नो नामको पछाडि गर्वको साथ तमाङ्ग लेख्नु पर्छ । तमाङ्गहरू एकठाउँमा आए जस्तै तमु (गुरूङ्ग), मगर, थारू, राई, लिम्बु समुदायका राजनीतिक क्षेत्रमा रहेका अग्रजहरूले पनि आफ्नो समुदायको भलो र उन्नतिको लागि आफ्नो नामको पछाडि आफ्नो समुदायको मुल थर गर्वका साथ लेख्ने गर्नु पर्छ ।

नेपालका मूलवासी मंगोल समुदायका राजनीतिक तथा समाजीक मुक्ति आन्दोलनमा लागेका अग्रजहरूले आफ्नो मन र मस्तिष्कबाट आफ्नो नामको पछाडि मूल थर लेख्ने गरेमा धेरैमा पाँच बर्षको अबधि भित्रै नेपालका मूलवासी मंगोल समुदायका सन्तानहरू एक भएर हातमा हात र काँधमा काँध मिलाएर एक अर्कालाई समस्या र दु:ख परेको बेलामा सहयोग आदानप्रदान गर्न सक्ने भावनात्मक वातावरणको सृजना हुन्छ । धनी मगरले गरिब मगरहरूलाई सहयोग गर्नेछ भने धनी तमाङ्गहरूले पनि गरिब तमाङ्गहरू लाई सहयोग गर्नेछ । धनी गुरूङ्गहरूले गरिब गुरुङ्गहरूलाई सहयोग गर्नेछ भने धनी लिम्बुहरूले पनि गरिब लिम्बुहरूलाई सहयोग गर्नेछ । धनी राईहरूले गरिब राईहरूलाई सहयोग गर्नेछ भने धनी थारूहरूले पनि गरिब थारूहरूलाई सहयोग गर्नेछ । गरिब थारूहरूको सन्तानले पनि भोली फूल टिप्ने समयमा राजनीतिक वा सामाजीक मुक्ति आन्दोलनमा लागेका थारू समुदायको अग्रजहरूलाई फूल फुलाउन र फूल टिप्नमा सहयोग गर्नेछ । यसरी सम्पूर्ण मंगोल समुदायका सन्तानहरू फूल जस्तै फुल्नु पर्छ, फुल्न सिक्नु पर्छ र फुल्न सिकाउनु पर्छ ।

यसरी तमाङ, तमु, मगर, राई, लिम्बु, थारू र अन्य मंगोल समुदायको फूलहरू एकठाउँमा जम्मा गरेर सुन्दर फूलको गुच्छा निर्माण हुनेछ । अब नेपालका मंगोल समुदायले फूलको गुच्छा बनाउन सिक्नु पर्छ र सिकाउनु पर्छ । यो सुन्दर फूलको गुच्छालाई सबै फूलका मालीहरूले भोलीका दिनमा सही ठाउँमा नै राख्नेछ र सही ठाउँमा नै सजाएर राख्नेछ । फूलको गुच्छा राख्नु पर्ने ठाउँमा नै राख्नेछ । यसमा नेपालका सबै मंगोल समुदायको सन्तानहरू ढुक्क भए हुन्छ । आफ्नो सन्तानहरूलाई सधै विश्वास गरौं, सधै सहयोग गरौं, दुःखमा भएका दुखित र सुखद अवस्थामा रहेका नेपालका मूलबासी मगोल समुदायका सन्तानहरू सधै सधैको लागि एक भएर बाँच्ने गरौ ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment