चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई सरकारको निर्देशन !


वैशाख अन्तिम सातादेखि जेठ १० सम्ममा चुनाव गर्ने ! 
काठमाडौं : मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई लिखित निर्देशन दिने निर्णय गरेको छ । बिहीबार साँझ बसेको बैठकले निर्वाचनको तयारी थाल्न आयोगलाई वैशाख अन्तिम सातादेखि जेठ १० गतेभित्र स्थानीय निकायको निर्वाचन गर्ने गरी निर्देशन दिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले २०७४ वैशाख मसान्तदेखि जेठको १० गतेभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगलाई लिखित निर्देशन दिने निर्णय गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

बैठकले स्थानीय तह पुनसंरचना आयोगले पेश गरेको प्रतिवेदनबारे सुझाव दिन कार्यदल समेत बनाएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलमा आपूर्ति मन्त्री दीपक बोहरा र उद्योगमन्त्री नबीन्द्रराज जोशी सदस्य छन्। कार्यदललाई दुई नम्बर प्रदेशको स्थानीय तह निर्धारणबारे सुझाव दिन कार्यदेश दिइएको छ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले चीनको गोञ्जाओको महावाणिज्य दूतमा सहसचिव रवी भट्टराईलाई पठाउने निर्णय गरेको छ। बैठकले तनहुँको बालिङ, खरेपानी क्षेत्रभित्रका ८ वटा जङ्गलमा चीडियाखाना निर्माण गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी बैठकले शिशिर ढुङ्गानालाई सचिवमा बढुवा गरेको छ भने यमकुमारी खतिवडालाई कामु सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ।

सँगै मन्त्रालयमा पुँजीगत खर्च कम र चालु बढी देखिएकोबारे अध्ययन गर्न अनुगमन समिति बनाउने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment