आज मिति २०७३-११-१४, शनिबार उत्पीडित जाँगरण अभियान समाजको कमलबिनायकको फेमिली गेष्ट हाउसमा बरिष्ठ उपाध्यक्ष मदन ङेस्यूरको सभाध्यक्षमा बिशेष बैठक बसियो । सो बैठकमा बिभिन्न प्रस्ताबना उपर छलफल र निर्णय गरियो ।
उपस्थिति :
बरिष्ठ उपाध्यक्ष :मदन ङेस्यूर तामाङ
कोषाध्यक्ष :गुञ्जमान लोप्चन तामाङ
महासचिब :मणिकलाल घिसिङ तामाङ
सचिब :उषा घिसिङ तामाङ
केन्द्रिय सदस्यहरू :
-सुदिन दोङ तामाङ
-निङमार दोङ
-सुफत लामा दोङ
-रचना मोक्तान
-तिर्थ बहादुर पुलामी
प्रसतावनाहरू :
1. संस्थाको नाम परिवर्तन सम्बन्धी
2. संस्थाको बिधान संशोधन र अन्तिम लेखन सम्बन्धी
3. सदस्यता शुल्क, लेबी र आर्थिक सम्बन्धी
4. संस्था दर्ता सम्बन्धी
5. संस्थाको भावी योजना तथा कार्यक्रम सम्बन्धी
6. अन्य बिबिध
प्रस्ताबना १) उपर छलफल हुँदा, संस्थाको नाम 'उत्पीडित जाँगरण अभियान मोर्चा' परिबर्तन गरी 'उत्पीडित जाँगरण अभियान समाज' रहने निर्णय गरियो ।
प्रस्ताबना २) उपर छलफल हुँदा, एक हप्ताभित्र बिधान लेखन, संशोधन तथा कानुनी परामर्श लिई अन्तिम निश्कर्ष दिने निर्णय गरियो । सो कार्यको लागि गुञ्जमान लोप्चन, मदन ङेस्यूर, मणिकलाल घिसिङले सहकार्य गरिने छ ।
प्रस्ताबना ३) उपर छलफल हुँदा, संस्थाको सदस्य शुल्क १,०००/- र लेबी शुल्क प्रबास र स्वदेशमा रहने सम्पूर्ण सदस्यहरूको लागि मासिक २००/- उठाउने निर्णय गरियो । बिद्यार्थी र लामाको लागि भने १००/- लेबी उठाउने निर्णय गरियो । सो लेबि रकम अर्धबार्षिक वा बार्षिक एकमुष्ट रुपमा जम्मा गर्ने निर्णय गरियो ।
प्रस्ताबना ४) उपर छलफल हुँदा, संस्था दर्ताको काम केहि दिन भित्रमा थाल्ने निर्णय गरियो ।
प्रस्ताबना ५) उपर छलफल हुँदा, संस्थाले सामाजिक कार्यहरू गर्नुका साथै आर्थिक क्रान्तिको लागि दिर्घकालीन कार्यहरू गर्ने र उत्पीडित जाति, धर्म, सांस्कृतिक जाँगरणका कार्यक्रमहरू गर्ने निर्णय गरियो ।
प्रस्ताबना ६) उपर छलफल गर्दा, ड्रिम प्रोजेक्टको अबधारनालाई कार्यन्वायन गर्ने निर्णय गरियो । सो प्रोजेक्टको लागि सदस्यहरूबाट १० हजार उठाउने निर्णय गरियो । बैठक बसेको मितिले १ महिनामा सदस्यहरूले अनिबार्य रुपमा रकम जम्मा गर्नुपर्ने निर्णय पारित गरियो ।



0 comments:
Post a Comment