भक्तपुर । काभ्रे मेच्छे गापालुघाटका दुबै मृगौला फेल भएका कुमारी तामाङको घरको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको छ । उपचारको लागि १४ लाख भन्दामाथि लाग्ने भएपछि घर परिवारको आर्थिक अवस्था बलियो नहुँँदा उपचारमा समस्या भएको परिवारिक स्रोतले जनाएका छन् । ४० बर्षीया तामाङ उपचारको लागि मानव प्रत्यारोपन केन्द्र भक्तपुरमा राखिएको छ ।
‘सेवा नै धर्म हो’ भन्दै उपचारको लागि सहयोग रकम जुटाउन तामाङ साहित्यिक संस्था नाङसाल क्लब नेपालले ‘कुमारी तामाङ बचाउ अभियान’ सुरु गरेको छ । तामाङ बचाउनका लागि विभिन्न देश विदेशमा रहनुहुने ब्यक्ति, संघसंस्थाहरुलाई आर्थिक सहयोगको लागि अपिल गरेका छन् । आर्थिकको अभावले उपचारमा कुनै समस्या नपरोस भन्दै आफ्नो संस्थाले अभियान चलाएको संस्थाका अध्यक्ष दिर्गसिंह तामाङले जानकारी दिए ।
बचाउ अभियानमा संस्थाका यी पदाधिकारीहरुसँग सम्पर्क र जानकारी लिई सहयोग गर्न सक्ने बताए ।
दिर्गसिंह तामाङ–९८५१०५३०३३, मिक्साङ वाइबा तामाङ–९८०८६२०६५८, डुप्साङ तामाङ–९८४११७४५५६, रत्नकुमार दोङ–९८४११३६८६५, राम बि लामा–९८४१०३५५७५, मिथिला स्याङ्तान–९८४००२४८१८, छत्र बहादुर तामाङ–९८४९३३७९६० र बिरामी कुमारी तामाङ–९८४१८१८१५१ ।
सहयोग गर्न इच्छुक महानुभावहरुले नाङसाल क्लब नेपालको निम्न खातामा रकम जम्मा गर्न सक्नेछन् । बंैकः ग्लोबल आईएमई बैंक, नामः नाङसाल क्लब नेपाल, एकाउण्ट नं। २५०१०१००००३६९ ।

0 comments:
Post a Comment