कुलमान ‘नेसनल हिरो’, बेस्ट म्यानेजमेन्ट अवार्डबाट चेम्बर अफ कमर्सले गर्‍यो सम्मान !



काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई नेपाल चेम्बर अफ कमर्सले सम्मान गरेको छ।


देशकै सबैभन्दा ठूलो समस्यामध्ये एक रहेको लोडसेडिङ अन्त्य गर्न उत्कृष्ट व्यवस्थापन कौसल देखाएको भन्दै निजी क्षेत्रको अग्रणी संस्था नेपाल चेम्बर अफ कमर्सले घिसिङलाई सम्मान गरेको हो।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले अवार्डसहित उनलाई सम्मान गरेका हुन्।


अन्य धेरै व्यक्ति तथा संस्थालाई सम्मान गरिए पनि कुलमान घिसिङको नाम उच्चारण गर्दा अधिकांश सहभागीले उठेर गडगडाहट तालीसहित सम्मान गर्दै नेसनल हिरो कुलमानको उपमा दिएका थिए।


नेपाल चेम्बर अफ कमर्सको ६६ औँ साधारण सभाको अवसरमा अन्य ब्यापारिक तथा औद्योगिक घरानालाई पनि सम्मान गरिएको थियो, जसमा कार्गो कम्पनी, गलैचा उद्योग, तयारी पोसाक, फेल्ट, हस्तकला, पस्मिना, भारत तर्फको आयातका लागि किरण शुज प्रा लि, चिन तर्फको आयातका लागि न्यु ईशा ईन्टरप्राइजेज प्रालि रहेका छन्। नेपाल चेम्बर अफ एक्सिलेन्स अवार्ड नेपालबाट तेस्रो मुलुकमा निर्यात गर्न सघाए वापत नेपाल निर्यात परिषद्लाई प्रदान गरियो।


त्यसैगरी ईन्द्रभक्त मेमोरियल अवार्ड चन्द्रागिरी हिल्सलाई, पद्महरीलाल अवार्ड ईन्फो डेभलपर प्रालिलाई र लाइफटाइम अचिभमेन्ट अवार्ड पूर्व अध्यक्ष स्व. ईश्वरलाल श्रेष्ठको सम्झनामा उद्योग व्यवसायबाट समाजसेवामा योगदान गरे वापत लक्ष्मीदास मानन्धरलाई प्रदान गरियो।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment