बिजुलीको लाइन काटेर कर्मचारी आन्दोलनमा


२५ पुस, ताप्लेजुङ । लिजका कर्मचारीलाई हटाउने तयारीमा लागेको भन्दै बिद्युत प्राधिकरण ताप्लेजुङका कर्मचारीले आन्दोलनको बहानामा बिद्युत आपूर्ति ठप्प पारेका छन् ।
आन्दोलनरत कर्मचारीले सोमबार दिउँसोबाट कार्यलयको सम्पूर्ण काम ठप्प गर्दै विद्युत अबरुद्ध पारेका छन् । नेपाल विद्युत प्राधिकरणले करारमा खटाएका कर्मचारीलाई अस्थाई नियुक्ति नगरी हटाउने तयारीमा लागेको भन्दै उनीहरुले केन्दि्रय प्रसारण लाइन काटिदिएका हुन् ।
गत कात्तिक १३ गते ताप्लेजुङमा केन्द्रीय प्रसारण लाइनको विद्युत जडान गर्दा स्थानीय उपभोक्ता संस्थाका कर्मचारी नै पछि नियुक्ति गर्ने आश्वासन दिए पनि अहिले ज्यालादारीमा काम लगाएकाले आन्दोलन गर्न बाध्य भएको ताप्लेजुङ विद्युत उपभोक्ता संस्थाका स्टेसन म्यानेजर विष्णु खतिवडाले जानकारी दिए ।
केन्द्रीय प्रसारण लाइनले विद्युत जोडेको दुई महिना वितिसक्दासमेत ताप्लेजुङमा कर्मचारीलाई तलब नदिएको, कर्मचारी व्यवस्थापन र नियुक्तिका लागि जिल्लाका सबै कर्मचारीको विवरण क्षेत्रीय कार्यालय हुँदै केन्द्रमा पठाए पनि प्राधिकरणले तोक्ने दरबन्दी र राख्ने कर्मचारीमा समेत जिल्लामा काम गर्न कर्मचारीलाई नपारेकाले आफूहरु आन्दोलनमा उत्रनुपरेको म्यानेजर खतिवडाको भनाई छ ।
आफूहरुले जिल्लामा अहिले काम गरीरहेका कर्मचारीको योग्यता बमोजिमको काम दिएर करारमा नियुक्ति गर्न माग गरे पनि केन्द्रीय निर्णयमा ज्यालादारीमा राखिएकाले सोमबारदेखि कार्यलयका काम ठप्प पारि विद्युत बन्द गर्न बाध्य भएको खतिडाले बताए ।
जिल्लामा साना जलविद्युत आयोजनाबाट विद्युत प्रसारण गर्न ताप्लेजुङमा २०६० सालमा विद्युत उपभोक्ता संस्थाको स्थापना भएको हो । तर गत कात्तिक १३ गते केन्द्रीय प्रशारण लाइनमा बिद्युत जोडिएपछि केन्द्र र क्षेत्रको समन्वयमा कर्मचारी राख्ने भनिएपनि संस्थाका कुनै व्यक्तिलाई कर्मचारी नियुक्त नगरेपनि विवाद बढेको हो ।
ताप्लेजुङमा नेपाल विद्युत प्राधिकरणले ४७ जना कर्मचारी दरबन्दी रहेको वितरण शाखा स्थापना गर्ने तयारी गरे पनि अहिले काम गरिरहेका जिल्लाका १४ जना कर्मचारीलाई दरबन्दीमा नपार्ने षड्यन्त्र भइरहेको आन्दोलनरत कर्मचारीको आरोप छ ।
सोमबार दिउँसोबाट विद्युत अबरुद्ध भएपछि जिल्लाका कलखारखाना, उद्योगधन्दा र स्थानीय रेडियोलगायत सञ्चारगृह प्रभावित बनेका छन् ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment