हिजो नेपाल तामाङ घेदुङ प्रदेश नं ३ (ताम्सालिङ) को भेलामा भएको मोर्चाको उपस्थिति बारे सदस्यहरू मदन ङेस्यूर, सुफत लामा दोङसँग बैठक गरियो । बैठकमा हिजो उपस्थित सदस्यहरू निङमार दोङ (गाउँमा बिशेष कार्यब्यस्तता), उषा घिसिङ (ब्यक्तिगत काम कार्यमा ब्यस्तता) को कारण लाजिम्पीटमा तीन सदस्यीय बैठक गरियो ।
कार्यक्रममा सोचेअनुरुप र सो भन्दा बढी उपस्थिति हुनुले मोर्चाको छुट्टै परिचय स्थापित गर्न सकेको निश्कर्ष निकाले । छोटो समयमा ब्यबस्थापन र सहभागिताको लागि कसरत ज्याँदा हुँदा नदेखिने समस्याहरू देखिएको, सदस्य सुफत लामाले ब्यक्त गरे ।
जाँगरणका अभियानहरू अझैं पनि पर्याप्त नभएको तर्फ ध्यानाकर्षन गराउँदै सदस्य मदन ङेस्यूरले तामाङहरू अझैं जुन मात्रमा सहभागी हुनुपर्ने त्यो नभएको ब्यक्त गरे ।
बैठकमा, ब्यबस्थापन, यातायात सम्बन्धी र अन्य बिबिध ब्यबस्थापनको लागि लागेको खर्चबारे छलफल गरियो ।

0 comments:
Post a Comment