मणिकलाल घिसिङ तामाङ
११ पौष, काठमाडौँ । नेपाल तामाङ घेदुङ प्रदेश नं ३ (ताम्सालिङ) प्रादेशिक भेला सम्पन्न भएको छ । र्यालिमा तामाङ पहिचान झल्किने भेषभुषा सहित सुरु भएको थियो भने डम्फू र टुङनाहरुले र्यालीलाई थप आकर्शक बनाएका थिए । भृकुटिमन्डपमा भेला भएर र्याली टुँडिखेल परीक्रमा गर्दै जमल, घण्टाघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर सभामा परीणत भएको थियो । बिभिन्न तामाङ संस्थाहरु तामाङ डाजाङ, तामाङ सेम्लेङ न्हान, नाङसाल क्लब नेपाल लागायतका संस्थाहरुको सहभागीता र नेपाल तामाङ घेदुङका बिभिन्न बिभागका टोलिहरुको उपस्थिती थियो । त्यसैगरी मणिकलाल घिसिङको नेतृत्वमा रहेको उत्पीडित जाँगरण अभियान मोर्चाको उल्लेख्य रुपमा र्यालीमा सहभागीता थियो ।
प्रमुख अतिथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले पानसमा बत्ती बालेर सभा उदघाटन गरेका थिए । अतिथिहरुलाई खादा लाएर स्वागत गरेका थिए । प्रदेश नं ३ का अध्यक्ष सोम गोलेको सभाध्यक्षमा भएको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोलेले तामाङहरुको हक अधिकार लगायत बिभिन्न बिषयहरुमा आफ्नो मन्तब्य राखेका थिए । मोहन गोलेले राखेको उक्त जिज्ञासा र तामाङहरुको ताम्सालिङको मागलाई प्रचन्डले सम्बोधन गरेका थिए ।
गोलेले मन्तब्यको क्रममा भने, "तामाङ ल्होछारमा अब तोप पड्काउने ब्यबस्था सरकारले गर्नुपर्छ ।" उनले सम्बोधानको क्रममा तामाङहरुको साथ र सहभागीताले जनयुद्ध सफल भएको र त्यही योगदान दिएका तामाङहरुलाई बिर्षन नहुने तर्फ ध्यानाकर्षण गराएका थिए । तामाङहरु हरेक रुपबाट उत्पिडनमा परेको र भाषिक, सांस्कृतिक पक्षबाट अन्यायमा परेको मन्तब्यमा ब्यक्त गरे ।
प्रधानमन्त्रिले सम्बोधनको क्रममा भने, "माओबादीलाई सहयोग गर्ने तामाङहरु भएकोले तामाङहरुको हक अधिकारको कुराहरु बिर्षीएका छैनौँ ।" तामाङहरुलाई जुन सुकै बेला आफू सहयोग गर्न तत्पर रहेको ब्यक्त गर्दै, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त गरिसकेको उपलब्धिहरुलाई पनि षड्यन्त्र गरी तुहाउने खेल भईरहेको बताए । उनले थप्दै भने, "तोप पड्काउनु ठुलो कुरा होइन तर अधिकार प्राप्ती महत्वपूर्ण छ |"
सभालाई कृषि राज्य मन्त्री राधिका तामाङ, बिजय सिंह लोप्चन, जय गोले, योगेन्द्र घिसिङ लगायत घेदुङका बिभिन्न प्रदेशका अध्यक्षहरुले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा तामाङ एकता र ताम्सालिङ प्राप्तिको अभियानमा जुनसुकै पार्टी, संस्थाहरु एक हुनुपर्ने र तामाङ जाँगरन अभियान आबश्यक भएको ब्यक्त गरे ।
छेवाङ तेन्जिङ लामाले स्वागत गीतबाट स्वागत गरेका थिए भने गायक शिखर मोक्तान, फुलकुमार बोम्जन, छेवाङ तेन्जिङ लगायतका गीतहरुले दर्शक तथा अतिथिहरुलाई संगितामा झुमाएका थिए । कृषि राज्यमन्त्री राधिका तामाङले सहभागी संस्थाहरुलाई कदर पत्र हस्तान्तरन गरेका थिए । उत्पीडित जाँगरन अभियान मोर्चाको तर्फबाट मणिकलाल घिसिङले कदर पत्र ग्रहन गरेका थिए भने यस र्यालीलाई मोर्चाका अध्यक्ष शरिन ख्युङबा, कोषध्यक्ष जिएम लोप्चन, सदस्यहरु साङमु थोकर, शरु लामा, गणेश तामाङ, एम डी बल, एलिश तामाङ, सम्झना लामा लगायत सदस्यहरुले प्रबासबाट बिशेष प्रचार प्रसार गरेका थिए । नेपालमा रहेका सदस्यहरु मदन ङेस्युर, सुफत लामा, निङमार दोङ, उषा घिसिङहरुको बिशेष पहलमा उल्लेख्य सहभागीता रहेको थियो ।
सो सभापछी नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यालय पुतलिसडकमा प्रादेशिक भेला उद्घाटन, बन्दशत्र तथा प्रशिक्षण कार्यक्रम भएको थियो ।



0 comments:
Post a Comment