दाङमा बन्दकर्तामाथि आक्रमण, एक जनाको यसरी मुख फोडि दियो !


दाङ, मंसिर २२ । दाङमा बन्दकर्तामाथि आक्रमण भएको छ । जिल्लाको बन्दको अवज्ञा गर्दै हिडेको पारश हमालको समूहले बन्दकर्तामाथि आक्रमण गरेको हो ।

संशोधन प्रस्तावको बिरोधमा अनुरास्ववियु र युवासंघले आह्वान गरेको बन्द सफल पार्न हिडेका नेकपा एमाले पवननगर गाउँपार्टी कमिटी सचिव खुमप्रसाद भण्डारीमाथि आक्रमण भएको अनेरास्ववियु दाङका अध्यक्ष बिरबल खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरमा बन्दको अवज्ञा गर्दै हिँड्ने नेविसंघका कार्यकर्ता पारश हमालको टोलीको आक्रमणबाट घाइते भण्डारीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।


यसैबीच शान्तिपूर्ण बन्द बिरोधी गतिविधि नगर्न बन्दकर्ताहरुले आग्रह गरेका छन् । युवासंघका केन्द्रीय सचिवालय सदस्य मनाृहर बुढाथोकी, जिल्ला अध्यक्ष मौसम आचार्य र अनेरास्ववियुका अध्यक्ष बिरवल खड्काले बन्द बिरोधी गतिविधि दोहोरिएमा त्यसको कडा प्रतिवाद गर्ने जनाउनुभएको छ । 

Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment