कार्यक्रममा झडप, प्रहरी हवल्दार घाइते !


काभ्रे, २० मंसिर । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र केन्द्रीय सदस्य गणेश लामा सहभागी एक कार्यक्रममा युवा समूहबीच झडप भएको छ ।

काभ्रेस्थित खहरेपागु फलामेसाँघुमा कार्यक्रम चल्दै गर्दा दुई युवा समुहबीच झडप भएको हो । झडपले उग्ररुप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाएको छ ।
झडपका क्रममा स्थानीय युवाहरुको कुटपिटबाट प्रहरी हवल्दार घाइते भएका छन् । युवाबीचको झगडाले उग्र रुप लिने देखिएसँगै पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदार कार्यक्रम छोट्याएर राजधानी फर्किएका छन् ।

स्थिती नियन्त्रणमा आउन सक्ने सम्भावना कम भएपछि प्रहरी सहायक निरिक्षक (असइ) को कमाण्डमा छ जना कार्यरत चौकीमा थप बलको लागि प्रहरी निरीक्षक बिदुरकुमार थापाको नेतृत्वमा १० जना प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यक्रममा गच्छदारले मन्तव्य राख्न सुरु गरेको केही समयमा नै पार्टी प्रवेश गरेका समूह र गहतेका स्थानीय युवाबीच झडप भएको थियो ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment