मुलुकलाई उज्यालो बनाएको नपचाउने एमाले लोडसेडिङ गराउने धन्दामा लागेपछि …


सुख्खायाममा भारतबाट विद्युत् आयात गर्ने लक्ष्यका साथ निर्माण भइरहेको रक्सौल परवानीपुर अन्तरदेशिय प्रसारण लाइन निर्माणमा एमालेका नेता एवम् पूर्व यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडललगायतको समूहले अवरोध गरेको पाइएको आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

स्थानीय स्तरमा माग हुने विद्युत् आपूर्ति गर्न सो प्रसारण लाइन पञ्चायतकालमा नै निर्माण भएको हो । त्यतिखेर नै स्थानीय प्रशासनले मुआब्जालगायतका विषयमा सार्थक सम्बोधन गरेर निर्माण गरेको प्रसारण लाइन निर्माणमा हाल पूराना कुरा झिेकर पौडेललगायतको समूहले अवरोध गरेको पाइएको छ ।

माओवादी नेतृत्वको सरकारले योजना, ऊर्जामन्त्री जनार्दन शर्माको नेतृत्वमा उज्यालो नेपाल अभियानले सफलता प्राप्त गर्न थालेपछि एमालेले संगठित रुपमा नै सो अभियानलाई असफल बनाउन लागिपरेको छ । राजधानीको बानेश्वरमा मुसाले काटेको भनिएको केवल तथा बिगारिएको फिडरमा समेत एमालेको हात रहेको बताइन्छ । राजधानीलाई अध्यारो पार्ने मनसायका साथ उक्त फिडर बिगारिएको बताइन्छ ।

रक्सौल परवानीपुर प्रसारण लाइनमा थप क्षतिपूर्ति र मुआब्जाको माग राखेर एमाले बाराका नेता तथा कार्यकर्ताले आयोजनामा अवरोध गरेका छन् । पुरुषोत्तम पौडेलको नेतृत्वमा आयोजनामा अवरोध गर्ने, कुनै पनि हालतमा बनाउन नदिने र थप विद्युत् नआएपछि व्यापारीबाट कसिमन उठाउने मनसायका साथ आयोजनामा अवरोध गरिएको हुन सक्ने देखिन्छ ।

Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment