बिबेकशिल नेपाली दलको ब्यबस्थापनमा उतपिडित जागरण अभियान मोर्चाको सहभागितामा उज्यालो नेपाल अभियानको कार्यक्रम यसरी सम्पन्न भयो !



मणिकलाल घिसिङ तामाङ 

काठमाडौं, पौष २ - उज्यालो नेपाल अभियानको आजको कार्यक्रम उत्साहपूर्ण जनसहभागीताको साथमा सम्पन्न भयो । कार्यक्रमलाई बिबेकशील नेपाली दलले ब्यबस्थापन गरेका थिए । भृकुटी मण्डपबाट दिउँसो १:४५ मा सुरु भएको र्‍याली पर्यटन बोर्ड हुँदै टुँडिखेल परिक्रमा गरी खुल्लामन्च पुगेर सभामा परीनत भएको थियो । कुलमान घिसिङको तारिफ, भ्रष्टचार बिरुद्ध बिभिन्न नाराहरु गुन्जिएका थिए । कार्यक्रममा कलाकारहरु, बिभिन्न दल, संघ संस्था, गुम्बाबाट लामा म्हेमेंहरु र बिभिन्न पेशामा आबद्ध ब्यक्तित्वहरुको उल्लेखनिय सहभागिता रहेको थियो । यस अभियान स्वतन्त्र बिबेकशील राष्ट्रप्रेमीहरुको आन्दोलन रहेको उज्यालो नेपालका प्रतिनिधिहरुले जानकारी गराएका थिए । 



बिबेकशील नेपाली दलले बिगतमा पनि न्यायको लागि बेलाबखत कार्यक्रमहरु गर्दै आइरहेको जानकारी गराउदै देशमा कुशल सक्षम, र राष्ट्रसेवकहरुको पक्षमा आवाज उठाउदै आएको जानकारी गराए । विगतमा डाक्टर गोबिन्द केसी, लोकमान सिंह बिरुद्ध सडक आन्दोलन, भ्रष्टचार बिरुद्ध अभियान लगायत अन्य कार्यक्रमहरु गरेका थिए । र अहिले कुलमान घिसिङको पक्षमा सडकमा अभियानमा रहेको बताए । 



कार्यक्रममा उज्यालो अभियानका प्रतिनिधि, बिभिन्न संघसस्थाका ब्यक्तित्वहरुले सम्बोधन गरेका थिए । मन्तब्यको क्रममा कुलमान घिसिङ जस्ता सबल र सक्षम ब्यक्ती जब राष्ट्रसेवाका लागि पदमा आसिन हुन्छ, अनि देशले परिवर्तनको आभास सजिलै गर्न सकिने धारणा ब्यक्त गरे । यदी सक्षम र योग्य कुलमान जस्ता ब्यक्तिले सेवा गर्ने मौका पायो भने बर्षौ देखी गर्दै आएको लोडशेडिङ मुक्त बनाउन सकिने रहेछ बताएका थिए । 



बिबेकशील नेपाली दललाई ब्याबस्थापनमा उत्पीडित जाँगरण अभियान मोर्चाले मुख्य रुपमा सहभागिता र बिशेष ब्यबस्थापनको जिम्मा बहन गरेका थिए । मोर्चाका तर्फबाट संयोजक मणिकलाल घिसिङले मोर्चाको तर्फबाट र्‍यालीलाई सम्बोधन गर्दै, मोर्चाको तर्फबाट ४०-५० जना सहभागी र ब्यबस्थापनमा सकृय भूमिकामा रहेको जानकारी दिए । घिसिङले थप्दै भने, "नेपालमा परिवर्तन चाहिएको छ । कुलमान घिसिङ जस्ता कुशल ब्यबस्थापकलाई काम गर्ने वातारण उपलब्ध गराउन सके, देशको लोड्शेडिङ अन्त्य हुनेछ ।" 



कार्यक्रममा बिभिन्न कलाकारहरुको सांगितिक प्रस्तुतिहरुले मनोरन्जन प्रदान गरेका थिए । इन्दिरा गोले गुरुङ, प्रेम लोप्चन, शानु वाइबा, जीवन बोम्जन, लोकेन तामाङ लगायत कलाकारहरुको गीतहरुमा दर्शकहरु मस्त झुम्मिएका थिए । The X vive का कलाकारहरुको बिबोइङ नृत्य प्रस्तुती रहेको थियो । 



यो अभियान लोड्शेडिङ मुक्ति चाहने सम्पूर्ण नेपालीहरुको अभियान रहेको बताए । उज्यालो नेपाल अभियान निरन्तर जारी रहने आयोजकले जानकारी दिएको छ ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment