कुलमान घिसिङ बचाऔ अभियान र्यालीमा उत्पिडित जागरण अभियान मोर्चको तर्फबाट मनिक लाल घिसिङको संयोकत्वमा १५ जना सदस्य सहभागी हुने !


यो अभियान उसको तेसको र यसको नभएर सिङ्गो नेपाली र देशको लागि काम गर्ने सेवकको पक्षमा आवाज बुलन्द गर्नको लागि हो । बिबेकशिल नेपालीहरुको यस अभियानमा जो कोही पानी स्वस्फूर्त रुपमा सहभागिता आबश्यक छ । बिदेशमा रहनुहुने नेपालीहरुको संजालमा आवाज गर्जन ठुलो हुनुपर्छ । नेपालमा हुने बिबेकशील नेपालीहरुले आफ्नो समर्थनको साथमा आवाज गुन्जाई थर्कमान गर्नुपर्छ । ती दलाल कमीशन खोर भ्रष्टहरुको सात्तो लिनु छ । 

अँध्यारो बिर्सिसकेका काठमाण्डौ शहर, अनि अँध्यारो मुक्त देश चाहने सबैको एक स्वर एक आवाज बर्साई दिउ भन्ने आव्हान सबैमा । तेसको लागि यहि आउदो शनिबार पौष २ गते हुने गइरहेको कुलमान घिसिङ बचाउको र्यालीमा तपाई र तपाईको छिमेकी उज्यालो घरभित्रका सबैलाई सहभागी गराउन नछुटाउनु होला जसले गर्दा अझ थप हौसला शक्ति मिलोस र काम गर्ने सहज वातावरणका खातिर तपाईं हाम्रो सहभागिता अनिबार्य छ । 

सबैले बुझने सरल भाषामा भन्नुपर्दा, कुलमान घिसिङ जस्ता सच्चा राष्ट्रसेवकलाई निर्धक्क काम गर्ने वातावरण मिलोस र भ्रष्टाचारि दलाल कमिसन खोरहरुले होइन एक सच्चा नेपाल आमाको सन्ताहरुले चलाउनु पाउनु पर्छ भन्दै एकबद्दता जनाइ तपाईं हाम्रो रास्ट्रप्रेमी अभियान हो । 

उत्पीडित जाँगरण अभियान मोर्चाको तर्फबाट मणिकलाल घिसिङको संयोजकत्वमा १० देखि १५ जना सदस्यहरु र्याली ब्यबस्थापनमा बिशेष भूमिकामा स्वयंसेवकको रुपमा सक्रिय उपस्थिति रहनेछ । सबैले आफ्नो तर्फबाट सहयोग गर्नुहुन हार्दिक अनुरोध ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment