बारा जिल्लाको हल्खोरिया जंगलमा छ वर्ष लामो निराहार तपस्या सम्पन्न गरेका तपस्वी राम बहादुर बम्जन दुर्लभ धार्मिक देश भ्रमणको क्रममा धनकुटाको हिलेमा !


सन्तवीर लामा धनकुटा   
बारा जिल्लाको हल्खोरिया जंगलमा छ वर्ष लामो निराहार तपस्या सम्पन्न भएपछि आफ्नो अध्यात्मिक एवं धार्मिक नाम महासम्बोधी गुरु धर्मसंघ जुराएको तपस्वी रामलाल बम्जन दुर्लभ धार्मिक देश भ्रमणको क्रममा मंगलवार धनकुटाको हिलेमा आईपुगेका छन् । सो अवसरमा उनले हजारौं स्थानीय भक्तजनहरुलाई दर्शन भेट समेत दिएका छन् ।

बारा जिल्लाको साविक रतनपुरी गाविस वडा नं.५ हाल निजगढ नगरपािलकामा वसोवास गरिरहेका बुबा वीरवहादुर वम्जन र आमा माया देवी तामाङको कोखवाट तपस्वी ०४७ साल चैत्र २७ गते जन्मिएका थिए । उनी बाल्यावस्था देखी नै वेग्लै स्वभावका रहेको र उनी यसैक्रममा जगत र प्राणीको कल्याण अनि उद्धारको लागी ६ वर्षसम्म निराहार तपस्या बसेर अध्यात्मिक र अलौकिक ज्ञान प्राप्त गरेका थिए ।

पचहत्तर जिल्ला टेक्ने र देख्ने गरी गएको ०७३ कार्तिक १७ गते मुस्ताङ्गवाट शुरु गरेको दुर्लभ धार्मिक भ्रमणको क्रममा कोशि पहाडी जिल्ला भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लाको भ्रमण सकेर फर्कने क्रममा तपश्वी वम्जन महासम्बोधी गुरु धनकुटाको हिलेमा मंगलवार साँझ आईपुगेका थिए । जहाँ २ हजार वर्ष अगाडी महासम्वोधी धर्म गुरुले तपश्या गरेको पुन्यभुमि अपर मुस्ताङ्ग तिव्वत र नेपालको सिमनामा पुगेर केही समय तपश्या गरेर भ्रमणको सुवात गरेको जानकारी दिइएको छ । जुन स्थानमा २ हजार वर्ष अगाडी महासम्बोधी धर्मगुरु तपस्यारत रहँदा दोहोरो लडाँइमा परेर सो स्थानमा मृत्यु भएको वताईएको छ ।

महासम्वोधी गुरुले भ्रमण शुरु गर्नु भन्दा पहिले सोही स्थानमा पुगेर केही समय तपश्या गरेर त्याँहा उम्रिएको जडीवुटी समेत टिपेर ल्याएको भ्रमणमा संलग्न गुरुको अनुयायी मणीकुमार लामाले वताएका छन् । यसै भ्रमणको क्रममा वुधवार विहान ९ वजे देखी २ वजेसम्म धनकुटाको हिले स्थित् काञ्जिरोवा रिसोर्टको अति विशिष्ट कक्षमा वसेर हजारौं स्थानिय आमसर्वसाधरण भक्तजनहरुलाई दर्शन भेट दिनुको साथै (वाङ) आशिर्वाद समेत दिएका थिए । धनकुटावाट विराटनगर, सिन्धुली, रामेछाप हुँदै सोलुखम्वुको जिल्ला सदरमुकाम सल्लेरी वजारमा मंसिर १७ गते पुगेर पुर्व मेची देखी पश्चिम महाकाली र हिमाल देखी तराईसम्मको धार्मिक देश दर्हन भ्रमण समापन हुने जानकारी दिइएको छ ।

तपश्वी वम्जन महासंघवोधी धर्म गुरुको दर्शन भेटका लागी लाईनमा घण्टौं कुरेर भक्तजनहरु वसेका थिए । सो अवसरमा सुरक्षा व्यावस्था भने निक्कै कडा वनाइएको थियो । सो अवसर धर्म गुरु वम्जनले सुद्धजललाई अमृतमय वचनले सुद्धपारी सम्पुर्ण भक्तजनहरुलाई प्रदान गरेका थिए । धर्मगुरु वम्जनसंगै धार्मिक भ्रमणमा वोधी श्रवण धर्म संघका सदस्य एवं भक्तहरु नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा एवं ०४६ को जनआन्दोलनका सवोच्च कमाण्डर स्व. गणेशमान सिंहका पुत्र पि.एल.सिंह, पुर्व मन्त्रि मणी लामा गोले, विदुर नगरपािलका नुवाकोटका पुर्व मेहर कमानसिंह लामा, भक्त एवं अनुयायी जसवहादुर वाईवा, होल्याण्डका नागरिक झ्याम्वला, राजु शाहा लगायत १४ जिल्लाका ३७ जना झक्तहरु एवं शिश्यहरुले साथ दिइरहेका छन् ।
धार्मिक भ्रमणमा विगत साडे ७ वर्ष देखी तपश्वि वम्जनको भक्त भएर हिडिरहेका मणी लामा गोलेले हालसम्म वोधी श्रवण धर्म संघको विश्वमा ६३ वटा देशमा संघ र भक्तहरु विस्तार भैसकेको वताएका छन् । उनले धर्म नासिएर प्रकृति विनास भै धर्मको शासन टुगिएपछि प्रकृति माथि अतिक्रमण भै विनासको कारण प्राणीहरुको अस्तित्व लोप हुने हुनाले धर्मको शासन शुरु गर्न तपस्वी गुरु शान्तिको लागी धार्मिक शन्देश फैलाउन भ्रमणमा निस्किएको वताए । तपस्वि वम्जन कसरी महासम्वोधी गुरु धर्म संघ भए त भन्ने प्रश्नमा भक्त एवं संघका संस्थापक सदस्य मणी लामा गोलेले भने “तपश्वि ऋषिमुनी देखी माथि वुद्ध, वुद्ध देखी माथि सम्वुद्ध, समवुद्ध देखी माथि सम्वोधी र सम्वोधीवाट माथि महासम्वोधी भै तपश्यावाट ज्ञान प्राप्त भै अध्यात्मीक एवं धार्मिक नाम जुराएको हो । ”

त्यसैगरी अर्का तपस्वी वम्जनका भक्त जसवहादुर वाईवा तामाङले अहिले जति पनि धर्मको नाममा सम्प्रदायहरु छन्, तथापी धर्म एउटै हो, सत्य एउटै हो, परमात्मा एउटै हुन, जस्ले यो प्रकृति र प्राणीको सृष्टी गरेको वताउँछन् । धार्मिक सम्प्रदाय र जातजाति र वर्गको नाममा अवको दिनमा धेरै द्धन्द्ध हुने र जस्ले मानव सभ्यता नै स्खलन हुने र प्रकृति प्रकोपहरु पनि भैवहाव रुपमा आउने धर्मगुरुले दावी गरेको तामाङ वताउँछन् । उनले धार्मिक भ्रमणको अर्को महत्व मानविय क्रियाकलापले गर्दा पृथ्वी प्रलय हुँदैछ, यस्लाई जोगाउन वोधिमार्गको माध्यामवाट सम्पुर्ण मनुश्यमा मैत्रीभाव जगाई मैत्री सर्वधर्मको शासन स्थापना गर्न रहेको वताएका छन् ।

उनले ढिलो चाँढो पृथ्वी प्रलय हुने र सत्य युगको प्रारम्भ हुन्छ, जहाँ अशान्ती हुदैन, सतवचन र सत्कर्मको पालना हुन्छ र सवै प्राणीलाई माया हुने वताए । साथै, उनले अहिलेको वर्तमान अवस्थामा यो संसार प्रकृतिको नियम विपरित चलिरहेको र सवै भन्दा ठूलो चिन्ता धर्म गुरुले पानी, वनस्पती, हावा र अन्नवाली माथि लिने गरेको वताए । त्यसैगरी धर्म गुरुले संचालन गर्ने हरेक क्रियाकलापहरुलाई संस्थागत गर्न वोधी श्रवण धर्म संघ नामक संस्था ०६७ सालमा ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको र हाल गुरुको ज्ञान प्राप्त गरेको तपोभुमी वारा जिल्लाको हल्खारियामा स्थान्तरण गरिएको भ्रमणका सहयात्री एवं भक्त राजु शाहाले वताएका छन् ।

उनले भ्रमण सम्पन्न भै सकेपछि आगामी चैत्र ८ गते देखी २ हप्तासम्म ललितपुर जिल्लाको वुङ्गमतीमा “विश्व शान्ति मैत्री पुजा” तथा महादर्शन कार्यक्रम हुने वताएका छन् । उनले जस्का लागी ७५ फिट लम्वाई, ४८ फुट चौडाइ भएको मैत्री वुद्ध (मैत्री थाङ्गका) सिन्धुपाल्चोकमा तयार गरि सकिएको र सो थाङ्गका वुङ्गमतीमा प्रदर्शन गरिने वताए । अर्का भक्त एवं तपश्वि महासम्वोधी गुरुका अनुयायी पि.एल.सिंहले महादर्शन पुजा आयोजना गर्नु पुर्व गुरुले देश भ्रमण गर्नु परेकाले अहिले भ्रमण संचालन भैरहेको र महादर्शन विश्व शान्ति पुजा चैत्रमा सम्पन्न भए पछि गुरु विश्व दर्शन र भ्रमण अघि वढ्ने वताएका छन् । भ्रमणको क्रममा गुरुसंगको यात्रामा जुन जुन जिल्लामा गए पनि स्थानिय प्रशासन अन्तर्गत नेपाल प्रहरी, शसस्त्र प्रहरी वल, नेपाली सेना र राष्ट्रिय अनुशन्धानले राम्रो सहयोग गरेको भन्दै धन्यवाद सेमत दिएका थिए ।"
मैत्री मंगलम !
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment