यी हुन् कुलमानलाई हातपात गर्न खोज्ने बोर्ड सदस्य !


काठमाडौं । केही दिनअघि बसेको प्राधिकरण बोर्ड बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि हातपात प्रयास भयो । घिसिङलाई हातपात गर्ने थिए बोर्ड सदस्य सुरज लामिछाने ।

मुलुकलाई लोडसेडिङ मुक्त गर्ने अभियानविरुद्ध षड्यन्त्र गर्दै आइरहेका लामिछाने खासमा त्यसरी घिसिङमाथि उफ्रिनुको कारण एमालेका तर्फबाट उर्जामन्त्री बनेका राधा ज्ञवालीले नियुक्त गरेको बोर्ड सदस्य रहेछन् । उनी एमालेकै कोटाबाट नियुक्त भएका कारण पूर्वाग्राही ढंगले घिसिङमाथि खनिन पुगेको बताइएको छ ।

सो बैठकमा घिसिङले केही जलविद्युत् आयोजनाको काम अगाडि बढाउने प्रस्ताव पेस गरेपछि लामिछाने झोक्किएर हातपात प्रयासमा उत्रिएका थिए । स्रोतका अनुसार सुनकोशी, तमोर, उत्तरगंगाजस्ता आयोजना कम्पनी मोडलमा अगाडि बढाउन प्रस्ताव गरेका घिसिङले प्रस्ताव गरेका थिए । तर, लामिछानेले ‘‘कुलमालाई ठीक गर्ने’ भन्दै बैठकमा बबाल मच्चाए ।

‘कुलमानलाई देखाइदिने’ भन्दै लामिछानेले हातपात गर्न खोजेपनि बोर्ड अध्यक्षसमेत रहेका ऊर्जा सचिव अनुप उपाध्यायले रोके ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment