राष्ट्रपतिकै अगाडि ओली कड्किएपछि सर्वदलीय बैठकमा बाझाबाझ !


काठमाडौं, २० मंसिर । राष्ट्रपति विद्या भण्डारीले व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली कड्किएपछि बाझाबाझमै सकिएको छ ।

आइतबार साँझ राष्ट्रपति निवास शीतल निवासमा बोलाएको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका ओली कड्किएपछि बैठक दलहरुबीचको बाझाबाझमै सकिकएको हो ।

संविधान संशोधन विधेयकमाथि विरोध बढ्दै गएपछि दलहरुबीच सहमति जुटाउन राष्ट्रपति भण्डारीले बोलाएको उक्त बैठकमा एमाले अध्यक्ष ओलीले शुरुमै झण्डै १५ मिनेट संशोधन विधेयकको आवश्यकता र औचित्य नभएको भन्दै संशोधन विधेयकको विरोध गरेका थिए ।

आफ्नो भनाई राखेपछि बैठकस्थलबाट बाहिरिएका ओलीले सहमतिको विकल्प प्रस्तुत गर्नुको साटो संशोधनको विरोध र सरकारको आलोचना मात्रै गरेर जिम्मेवारीबाट पन्छिन खोजेको बैठकमा सहभागी एक नेताले बताए ।

‘ओलीजीले बैठकमा विकल्प प्रस्तुत गर्नुहुन्छ भन्ने अपेक्षा थियो, तर उहाँले पूर्वाग्रही ढंगले आफ्नो भनाई मात्रै राख्नुभयो, निकास निकाल्नुको साटो उहाँ आफ्नो भनाई राखेर बैठकमा भाग्नुभयो’ ती नेताले भने ।
ओलीले संशोधन प्रस्ताव ल्याउनु सरकारको राष्ट्रघाती कदम भएको प्रसंग निकालेपछि मधेसी मोर्चाका नेताहरुले संशोधन प्रस्ताव आवश्यक नभएको जसरी त्यसलाई राष्ट्रघाती कदम भन्नु राजनीतिलाई मुडभेडतिर लैजाने संकेत भएको बताएका थिए ।

मोर्चाका नेताहरुले ओलीको भनाई पूवाग्रही भएको भन्दै संशोधन प्रस्तावमा आफूहरुको असहमति भए पनि प्रस्ताव राष्ट्रघाती नभएको बताएका थिए ।

बैठकमा कांग्रेस सभापति शेर बहादुर देउबाले एमाले अध्यक्ष ओलीले पछिल्लो समय दोहोरो चरित्र देखाएको भन्दै ओलीले मुलुकलाई पश्चागमनतर्फ लैजान खोजेको आरोप लगाए ।

‘हिजो २ नं. प्रदेश बनाउँदा तपाईले नै हस्ताक्षर गरेको होइन?’ देउबाले प्रश्न सोध्दै भने, ‘अहिले किन पूर्वाग्रही भएर दोधारे चरित्र देखाउनुहुन्छ ?’

देउवाले भनाई राखे लगत्तै प्रधानमन्त्री प्रचण्डले संशोधनको प्रस्तावमाथि सदनमा छलफलल नै हुन नदिनु एमालेको गैरजिम्मेवारीपन भएको बताए ।

संशोधन विधेयकबारे सदनमा छलफल गर्न सकिने बताउँदै उनले एमालेले सदन नै अवरोध गरेर छलफलको ढोका बन्द गरेको आरोप लगाए । बैठकमा अन्य दलका नेताहरुबीच पनि संशोधनका विषयमा बाझाबाझ भएको थियो ।

सबै दलका शीर्ष नेताहरु बाझाबाझमै देखिएपछि राषट्रपति भण्डारीले पछिल्लो समय सडकमा भएको अान्दोलन र सदनमा भएको अवरोधप्रति दुख व्यक्त गर्दै सहमतिका साथ अघि बढ्न सुझाव दिइन् । सहमतिका साथ संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले सबै दल एकजुट भएर अघि बढ्न अाग्रह गरिन् ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment