यही पुष १९ गते सर्बोच्च अदालतको निर्णय बिरुद्ध उज्यालो चाहने सबै नेपालीहरु सडक कब्जा गरौ र निषेधित क्षेत्र तोड्न सहभागी बनौ !


आयोजक :
उज्यालो नेपाल अभियान । र "उज्यालो चाहने सबै नेपालीहरु " ! 

सहभागीताको सवाल :
उज्यालो प्रेमी सम्पूर्ण नेपालीहरु । जुन सुकै संस्था, पार्टी र राजनैतीक आस्था राख्ने र यो अभियानप्रती सकरात्मक रुपमा सहभागी हुन चाहने जो कोही पनि ।   

कार्यक्रम पुष १९ मै किन ?
कुनै पनि कार्यक्रम गर्दा पूर्व प्रशस्त तयारीहरु हुनु जरुरी छ । तर अभियानको सार्थकता वा सान्दर्भिकता वा प्रभाबकारीतालाई ख्यालमा राख्दा १९ पुष मै गर्नुपर्ने देखियो । अदालतले १९ पुषको तारिख थमाईदिएको छ । जुन चिज सर्बोच्चले नै स्विकृत गरेर अन्तिम निश्कर्ष दिन्छ, कानुनत: मान्नैपर्ने हुन्छ । गलत हुनुपुर्ब गलत हुन नदिनको लागि दबाब सिर्जना गर्नु जरुरी छ । निर्णय सुनाईसकेपछी आन्दोलनको आँधिबेहरी नै सिर्जना गरेपनि त्यसले अर्थ राख्दैन । अदालतको गलत निर्णयलाई सच्याउन दबाब दिनको लागि १९ पुष मै अभियान थाल्नुपर्छ । 

आह्वान:
यो उज्यालो मुनी रमाएका र रमाउन चाहने सबैको साझा अभियान हो । तेसैले अँध्यारो बेच्न खोज्ने दलालहरुलाई खबर्दारीको निमित्त हामी आक्रमक बन्नै पर्छ । तपाईंले सुन्नु भयो । तपाईंको परिवारलाई सुनाउनुस् । उज्यालो मुनी बसेका तपाईंको छिमेकीलाई सुनाउनुस् । साथीले अर्को साथीलाई सुनाउन अनुरोध गर्नुस् । र सबैले सबैलाई सहभागीताको लागि आह्वान गर्नुस् । 

सडक कब्जा गरौँ । निषेधित क्षेत्र तोड्ने सम्मको सहभागीताको लागि आह्वान गरौँ ।  
हामीले नगरे कसले गर्ने ?
अहिले नगरे कहिले गर्ने ?
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment