बानेश्वरमा गाडी जलाउन युवा संघले राष्ट्रपति कार्यालयको गाडी र प्रहरीको मस्ट वान्टेड प्रयोग भएको खुलासा !


काठमाडौं, १६ पुस । शुक्रबार एमाले युवा संघका उपाध्यक्ष रमेश पौडेलको नेतृत्वमा बानेश्वरको इन्द्रेणी कम्प्लेक्स अगाडी भएको आगजनिमा राष्ट्रपति कार्यालयको सरकारी गाडी प्रयोग भएको खुलासा भएको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीको सहयोगी रहेकी सुमित्रा थापाले राष्ट्रपति कार्यालयको बा १ ख ९१४ नम्बरको गाडी लिएर युवासंघको कार्यालयसम्म आएकी थिइन् भने गाडीमा आगजनिपश्चात आगजनिमा संलग्नहरुलाई सोही गाडीमा घरघरमा छोडिएको खुल्न आएको छ ।
आगजनि लगत्तै खिचिएको तस्विरमा थापा सहित राष्ट्रपति कार्यालयको गाडी युवासंघको कार्यालय अगाडी देख्न सकिन्छ । लोसार विदाको दिन सरकारी गाडी चलाएको भन्दै आगजनि गर्ने एमाले कार्याकर्ता भने सरकारी गाडीमा नै आएका पुष्टी भएको छ ।

इन्द्रणी कम्प्लेक्स सँगै रहेको एमाले युवासंघको केन्द्रिय कार्यालयमा बैठक बसेर आगजनिको निर्णय भएको यस आगजनिमा राष्ट्रपतिकी सहयोगी सुमित्रा थापा, सरकारका प्राविधिक रमजी सापकोटा, कृषि अनुसन्धान केन्द्र खुमलटारकी कर्मचारी सरस्वति खड्का र गुप्तचर अनुसन्धान व्युरोका कर्मचारी अशोक रावल संलग्न रहेको देखिएको छ ।

स्रोतका अनुसार एमाले युवा संघका केही नेताहरुले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एउटा कार्यक्रममै बानेश्वर आगजनिबारे अनुमति लिएका थिए । शुक्रबार दिउसो तुलसीलाल अमात्य स्मृति भवनमा गोपीरमण उपाध्याको किताव बिमोचन कार्यक्रममा पुगेका ओलीलाई एमाले युवा संघका केही नेताले कानमा खुशुक्क केही सल्लाहा गरेको केही समयमै भएको बानेश्वर आगजनिमा ओलीको समेत अनुमति भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

प्रहरीको वान्टेड पनि सहभागी 
साथै याँहा उल्लेखित फोटोमा कालो ज्याकेट सहित देखिएका विपिन ढकाल, मोरङ पुलिसका वान्टेड हुन् । उनले दर्जनौं सार्वजनिक मुद्दा खेपीरहेकामात्रै छैनन् २ वर्ष अघि कान्तिपुरका पत्रकार माधव बस्नेतमाथि हातपात समेत गरेका अपराधि पृष्ठभुमिका मानिस हुन् । उनी युवा संघका सामान्य कार्यकर्ता रहेको तर अपराधिक पृष्ठभुमि भएकाले मोरङ प्रहरीले खोजी गरिरहेको प्रहरीले बतायो ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment