राज्यको मानो नुन खाएर लोडसेडिङको बहानाबाजी मा ब्यापारीहरुलाइ बिजुली बेच्दै जनताहरुलाइ अध्यारो रातमा राख्ने मति भ्रष्टहरुको जालोलाइ कुलमान घिसिङ ज्युले चिरेपछी लोडसेडिङ मुक्त बनाउने अभियानलाई विफल पारी अनेकौं बहाना गरेर अवरोध खडा गर्ने एमाले काङ्ग्रेस बाट खटिएका विद्युत प्राधिकरणका तीन जना दलाल कमिसन खोर भ्रष्टाचारि सञ्चालकहरु:-
लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाइ अभियानमा अवरोध पुर्याएको भनेर उर्जा मन्त्रालयले स्पष्टिकरण माग्दा स्पष्टिकरण चित्तबुझ्दो नभएको र राष्ट्रहितको काममा अवरोध पुर्याएको भन्दै मन्त्रालयले पदबाट बर्खास्त गरेको मिति २०१६/१२/१९ का दिन आज जम्मा १० दिन पुग्दानपुग्दै सर्बोच्च अदालतले पुनः एमाले दलाल कमिसन खोरहरुको पक्ष्यमा कारण देखाउ आदेस जारी गर्दै तत्काल कार्यान्वयन नगर्न अन्तिम उर्दि जारी गरेको देखेर अब सरसाधारण नेपाली जनताहरुले सर्बोच्च अदालतको यश निर्णयलाई के भनेर सोच्ने अथवा मनन गर्नुपर्ने हो हुन्छ ??
१) सर्बोच्च अदालतको न्याय पैसाको ठेलिमा बिक्री हुने वलिकी भाशामा भन्नू पर्दा आलु प्याज गोलभेडा भान्टा खुर्सानी साग सब्जी हो ?? कि सर्बोच्च अदालतको न्यायको कठघरामा न्यायको मृत्यु भैसकेको हो ??
२) सर्बोच्च अदालतको न्यायको अर्थ मूल्य मान्यता भनेको के राजनीतिक शक्तिको आडबा विध्वंस मच्चाउनेहरुको बचाउ थलो होकि के हो सर्बोच्चको मूल्य र मान्यता जवाफ माग्दछ अब नेपाली जनताहरु ??
३) सर्बोच्च अदालत को न्यायलय आखिर कहिले सम्म दुई आखामा कालो पट्टि बाधेर गान्धारिको रुप धारण गर्दै अपराधीहरुलाइ संरक्षण गर्दै वस्ने हो ??आखिर कहिले सम्म पावर र शक्तिको आडमा नेपालको कानुनलाई तपाईंहरु बन्धक बन्धकी बन्दै बनाउदै राख्नु हुन्छ बस्नु हुन्छ ??
हिजो सर्बोच्च अदालतले गरेको उर्दि देखेर नेपालको कानुन दैबले जानुन भने सतिले सरापेको देशमा न्याय माग्न पारी छिमेकीको गाउँ बनारस जानुपर्छ भन्ने उखान सुन्दा आज मलाई लज्जा महसुस भैरहेको छ कि एक इमानदार सच्चा रास्ट्रभक्त नेपाल आमाको सन्तान कुलमान घिसिङ जस्ता होनहार रास्ट्रसेवकले तीन महिना भित्र खरबौ को राज्यकोष जम्मा गरिरहेको यो सुखद पक्ष्य लाई अँध्यारो बाट मुक्त उज्यालो प्रेमी परिबर्तन कारी देश प्रेमी नेपाली जनताहरुले साथ दिदा दिदैपनी सर्बोच्च अदालतको नजर यति धेरै सफलता प्रती भन्दा पनि कमिसन खोर बचाउ अभियानमा लागेको देखेर सर्बोच्च को न्यायपालिका राजनीतिक शक्तिको आडमा बन्धक बनाइएको रहेछ केही कालो कोटधारिहरुले भन्ने कुरा बुझिएको छ
त्यसैले आज ती बिकाउ कोटधारिहरुलाइ भन्न मन लाग्यो कि अध्यारोमा बसेर कानुनको बहिखाता लेख्ने अरे कालो कोटधारिहरु हो तिमीहरुको बस्त्र मात्र कालो होइन रहेछ तिमीहरू को आत्मा नियत सबै कालो रहेछ जसको कारण सेतोलाइ सेतो भन्नू भन्दा सेतोलाइ कालो भन्न रुचाउने धेरै देखे यी कालो कोटधारिहरुमा तेसैले अधिकाङ्स अपराधीहरु लुक्न सकिरहेको छ त्यो कालो कोटको गोजिहरुमा भन्ने कुरा प्रत्येक सर्बसाधारण नेपाली जनताहरुले बुझिसकेका छन
भन्दै यी यस्ता अध्यारोमा बसेर कानुनको बहिखाता पल्टाउने न्यायलयका केही कालो कोटधारिलाइ अब नेपाली जनताहरुले खवरदारी गर्ने दिन आइसकेको छ मित्रहरू अब पनि चुपचापले हात बाधेर बस्ने हो भने तपाईं हाम्रो मुखको गाँस खोसिनेछ देशले फेरि उहीँ कालै रातमा रातहरु बिताउनु पर्ने छ अनि तपाईं हामी उहीँ कालो रातको सिकार हुँदै बस्नुपर्ने बाध्यता आउने छ भन्दै सर्बोच्च अदालतको यश उर्दि प्रती सम्पुर्ण नेपाली जनताहरु एक भै बिरोध गरौ कमिसन खोर दलालहरुलाई कडाभन्दा कडा सजाय दिलाउन मैदानमा होस या संजाल को भित्तामा यश उर्दिको बिरोध गरौ ।

0 comments:
Post a Comment