उज्यालो नेपाल अभियानमा उत्पीडित जागरण मोर्च र बिबेकशील नेपाल दलको सदस्यहरु हिजोको कार्यक्रम समीक्षा बैठक बिबेकसिल दलको कार्यलय महाराजगन्जमा कार्यक्रम मोर्चाको धेरै राम्रो भो । मोर्चाको तर्फबाट ५ जना सहभागी उक्त बैठकमा सबैले हिजोको कार्यक्रमबारे समीक्षा गरेका थिए । मोर्चाको केन्द्रीय सदस्यहरु, मदन ङेस्यूर, उषा घिसिङ, शंकर योञ्जन, सुफत लामा, Manik Lal Ghising Tamang, मोर्चाको तर्फबाट बैठकमा सहभागिता जनाएका थियौ । बिभिन्न कमकमजोरीका बाबजूत पनि कार्यक्रम सफल भएको बताए ।
बिबेकशील नेपाली दलका सदस्य र कार्यक्रम संयोजक अमृत बैद्यले ३ दिनको तयारीमा सो क्रयक्रम भएको बताए । टर्कीबाट चक्र लामाले पोष्टहरूमार्फत कुलमान घिसिङको लागि ऱ्याली, भेन्यू र समय फिक्स गरीसक्दा यहाँ भने केही कार्य नहुँदी अचानक यो अभियान थाल्नुपरेको बताए । तीन दिनको तैयारीमा यति उपस्थिति जनाउनु राम्रो मान्न सकिने बताउँदै कार्यक्रमको दौरानका संघर्षहरू सुनाए । यस अभियानमा प्रवासमा रहनुहुने उत्पीडित मोर्चाको अध्क्षय शारीन ख्युवा तामाङ र मोर्चको कोष अध्क्षय गुञ्जमान लामा (जेम लोप्चन ) अभियान मोर्चाको गतिविधि बारे प्रचार प्रसार सञ्जाल मर्फत महत्वोपूर्ण भूमिक खेलेको थिए ।
मोर्चाकै सदस्य उषा घिसिङले कार्यक्रम आयोजना कस्ले गरेको र को आयोजक भन्ने कुरा पछि सम्म जीनकारी नहुँदा ऱ्यालीमा आउनेहरू नै झुक्किएको बताए । सदस्य मदन ङेस्युरले तयारी नपुगेको प्ति ईङ्गित गर्दै जनसहभागिता सोचेभन्दा कम भएको बताए ।
मोर्चाको केन्द्रीय सदस्य माणिक लाल घिसिङ मोर्चाको सहभागिता, आयोजकको तयारी, सहभागिहरुको ब्यबस्थापन र प्रचार प्रसार बारे आफ्नो बिचार राखेको थिए । प्रभाबकारी प्रचारप्रसार भएको भए सहभागीहरू अझ बढाउन सक्ने संभावनामा थियो ।
सदस्य शंकर योञ्जनले कार्यक्रमले राम्रो सन्देश दिन खोजेको बताए । राम्रो मान्छेहरूको समर्थनको र साथको लागि आफू तयार रहेको बताए ।
उज्यालो नेपाल अभियानका अभियन्ता रत्न तामाङले कुशल मान्छेहरूको समर्थन गर्नुपर्छ । ब्यबस्थापनमा सहयोग गर्दै सहकार्य गर्ने बिबेकशील नेपाली दल र मुख्य रुपमा साथ, समर्थन र टिम बनाएर उज्यालो नेपाल अभियानलाई सफल बनाउनुपर्ने बताए ।




0 comments:
Post a Comment