काठमाडौँ, २५ मङ्सिर – कर्मचारीको तलब कति बढ्छ? उमेर हदबन्दी कति बनाउने? बढुवा कहिले हुन्छ? सरूवा कहाँ मिलाउने? यी निजामति प्रशासन भित्र वर्षभरी बहस हुने र सबैभन्दा महत्व राख्ने विषय हुन्।
जनतालाई सहज, सुलभ र प्रभावकारी सेवा दिने दायित्व बोकेको निजामति प्रशासन आफ्नै सुविधाका लागि मात्रै केन्द्रित हुँदा सार्वजनिक प्रशासन कमजोर र निश्प्रभावि बन्न पुगेको छ।
सरकार फेरि निजामति कर्मचारीको उमेर हद ५८ वर्षबाट बढाएर ६० पुर्याउन निजामति सेवा ऐन,२०४९ मा पाँचौ संशोधन प्रक्रिया अघि बढाएपछि कर्मचारीतन्त्र, मन्त्रिपरिषददेखि संसदसम्म बहस चर्किएको आजको नागरिक दैनिकले खबर छापेको छ |

0 comments:
Post a Comment