शरिन
बर्षौंदेखि बिकास ठप्प पारी नेपाल र सर्बसाधारण नेपाली जनताहरु अन्धकारमा रुमल्लिएर बस्नु परेको तिक्ततालाई महसुस गरि आज तीन करोड नेपाली जनताहरुको अनुहारमा उज्यालो रात दिई खुशी दिन सफल नेपाल आमाको इमानदार भुमी पुत्रहरु मध्यका एक भुमी पुत्र हुन् कुलमान घिसिङ ।
जसले आज रास्ट्रको ढुकुटीमा कमिसन खोर दलालहरुको आन्द्रा भुँडी सुकाएर खरबौ नाफा दिन सफल भएको छ ,वहाँको बचाउ अभियानमा आज देखि म लगाएत प्रत्येक प्रवास भुमिहरुबाट लाखौं युवाहरूले नेपाल सरकारलाई राज्यको ढुकुटीबाट तलब भत्ता खाने कुलमान घिसिङ बिरोधि एमाले काङ्ग्रेस का भाडाका गुन्डाहरुलाई कारबाही को माग राखी घिसिङलाई राष्ट्रको सेवा गर्न पाउने उचित बाताबरण मिलाउन नेपाल सरकारसंग जोड्दार माग सहित संजाल होस या मैदानमा नैतिक,भौतिक साथै परि आएको खण्डमा आर्थिक सहयोग गराउने बाचाका साथ शान्ती पुर्ण घिसिङ बचाउ र्यालिमा सहभागी भएर नेपाल आमाको इमानदार सन्तान म पनि हुं भनी सरिक हुन पुस २ गते शनिबार टुडिखेल जाऔं ।
आज नबोले कहिले बोल्ने ,आज नगरे कहिले गर्ने ? जिम्मा अब तपाईं हाम्रै काधमा आइपुगेको छ । देशलाइ परिबर्तनको बाटोमा डोर्याइ प्रत्येक नेपाली जनताहरुलाई अधिकार सम्पन्न गराउन एक ढिक्का हौं र घुशखोरी ,कमिसन खोर दलाल मुक्त देश बनाऔं ।

0 comments:
Post a Comment