शेर्पाकि छोरी ओलीका नातिनी यॉंग्जोन शेर्पा , तिमीले त गज्जबको भाषण गरिछौ अनि तालीको गड्गडाहटले तिम्रो निक्कै स्वागत नि गरिएछ ,त्यही तालीको गुन्जनको मात लागेर होला भन्नु हुने – नहुने सबैकुरा ओकालिछौ ,हो त्यही शब्दहरु बीचको एक शब्दमा आज प्रश्न गर्न मन लाग्यो आज तिमीलाई ?
तिमी शेर्पाको छोरी हुं भन्ने तर शेर्पाको अस्तित्व नै मेटाउंदै आज क्षणिक वाह-वाहीको मातले खुट्टा चिप्लाउन पुगेकी शेर्पिनी ज्यु तिम्रा जिजुबाजेहरु , बाउ -आमा सहित तिम्रो आफ्नो पहिचान सहितको अस्तित्व मेटाउनको लागि बॉंदर, भालु आदि जंगली जनावर भनी नामकरण दिंदै समाजमा हांसोको पात्र बनाउने आदिवासी जनजाती पहिचान बिरोधि ओली कुन साइनोले तिम्रो हजुरबुबा परेछ ?
तिमीलाई राम्रो संग थाहा छ कि भुकम्पले पीडित नेपाली जनताहरुको न बास न कपास , न गास छ पेट भर्नलाई तर तिम्रा हजुरबाउले भुकम्प पीडितको लागि आएको अनुदान, राज्यको ढुकुटीमा मामाको घोडा चढेर ब्रह्मलुट गरिरहेका बखत भुकम्प पीडितको राहत बितरण नगराइ कुहाएर फ्याक्न लाउदा तिमी कता कुन दुलो भित्र लुकेर बसेकी थियौ शेर्पिनी ओलीको नातिनी ज्यु ??
देशमा दिनहुं नेपाली चेलीहरुको अस्मिता लुटिन्छ,बलात्कार पछि हत्या हुन्छ । महिला हिंसा बढ्दो छ,कालोबजारी भ्रस्टाचारले आकास चुलिएको छ । गुन्डागर्दी को नाइके नै राजनैतिक पार्टीका ठुला नेता र उच्च पदमा पदासिन भएर असुरक्षित ,बेरोजगार युवा हजारौंको संख्यामा दैनिक पलायन भैरहेको अवस्थामा तिमी शेर्पिनि कहॉं छौ र थियौ र अचानक आकासबाट झरेसरी गरेर साम्राज्य बचाउन भनी भाडामा परिचालित भै नुनको सोझो गर्दै हजुरबुबाको साइनो केलाउदै बाहिर निस्कियौ आफ्नैहरुको अस्तित्वलाई मेटेर ??
तिम्रा बाजेको करतुत हातमा गन्न नसक्ने अपराधहरु भैसकेको छ र पनि तिम्रा ती चिम्से आखाले रास्ट्रबादी देख्यौ तर आफ्नो अस्तित्वको लागि रातोदिन लडिरहेका आदिवासी जनजातिहरु तिम्रो चिम्से आखाले देशटुक्राउन खोजेको देख्छौ भने यो कस्तो तिम्रो विभेदि नजर ??
तिमी आफ्नैहरुको पहिचान मेटाउन अवसरको खोजिमा छौ तर म तामाङको छोरी तामाङस्या आफ्नोहरुको अस्तित्व जबसम्म राज्यसत्ताले घुडा टेक्दैन तबसम्म लडिरहेको हुनेछ अन्तिम प्राण सम्म । म भन्दिन कसैलाई एकल नीति,अतिबादि ,पहिचानको बिरोधिहरुलाई काका-मामा-हजुरबाबु-दाजुभाइ-दिदिबहिनी – काका-काकी !
जसले हाम्रो अस्तित्व स्वीकार्न सक्दैन तिनीहरुलाई यी साइनोको अर्थ मर्म र सद्भभावले आफ्नोत्व बनाइ चाप्लुसी गर्नु छैन मलाई । त्यसैले तिमी भयौ चाप्लुसीवाद , म भएं पहिचानबादी । तिमीमा ब्यक्तिगत स्वार्थको दुर्गन्ध दङ्दङ आइरहेको छ ,म मा पहिचानको बास्ना बसाइ रहेको.. तिमी पढेर कालो अक्षर चिन्ने दास पढुवा भयौ तर म अनपढ अशिक्षत पहिचान सहितको स्वतन्त्र आवाजको मालिक भएं ।
मेरो यी शब्दहरु तिम्रा कानसम्म ठोक्किन पुगे एक पटक अबस्य सोच्नु होला पहिचान भनेको चाप्लुसी चाकडीबाज अबसरको खोजीमा भौतारिएको दास होइन, पहिचान भनेको अस्तित्व हो हाम्रो जुन अस्तित्व मेटायर बर्षौंदेखि राज गर्दै नेपाल र नेपाली जनताहरुलाई तिनका मागी खाने भाडो बनाइरहेका छन भनेर बेलैमा चेत नखुलाए आउने दिनहरुमा कुन्डले मन्डलेको नाम बाट चिनिनेछ तिमी जस्ताहरु भन्ने कुरामा कुनै दुई मत छैन ।
0 comments:
Post a Comment