रक्त पिपाषु बाहुन राज्यले,मधिसे र थारु जनताको अझै रगत मागी रहेको छ

-हरि बहादुर घर्तिमगर
देश अस्तव्यस्त एवं पिडादायी अवस्थावाट गुजि्ररहेको छ । तीन महिनाको लामो मदेश केन्द्रित आन्दोलनमा आधा सय जनता सहिद भै सके हजारौं गोलीवाट घाइते भै सके,मुलुकको खरोवौ नोक्सानी भै सकेरपनी राज्यपक्ष कुम्भकर्णको गहिरो निद्रामा छ, लाग्छ रक्त पिपाषु राज्यका बाहुन शासक मधिसे र थारु जनतावाट अझ थुप्रै रगत मागी रहेको छ ।

केही मुठ्ठीभर बाहुन शासकहरुवाट सधै केन्द्रिय राजनितीमा आफ्नो पहुच वनाई राख्न झापा,मोरङ,सुनसरी,कैलाली र कंचनपुरलाई पहाडमा नै राख्नु पर्ने धृष्टता गरिदै छ । प्रथम सम्विधानसभामा, राज्य पूनर्समरचना समिति र आफै निर्माण गरेको राज्य पूनर्सम्रचना उच्च स्तरिय आयोगको प्रतिवेदन कार्यनयन नगरीएको कारण पनि त्यहि थियो । खासमा कथित राष्ट्रवादका ठुलाठुला फोर्सा गफ हाकेर कहिल्लै नथाक्ने यी मुट्टिभरका बाहुनजातिवादी शासकहरुलाई देश भाड्मा गए जावस् , कुनै मत्लव छैन, यिनिहरुको देशप्रेम केवल हात्तीको देखाउने दात मात्रै हो । 

उल्लेखित जिल्ला मधेस र थारुहट्मा राखे, थारुहट र मधेसलाई थारु र मधिसे नेताहरुले भारतमा गाभ्छन्, भारतले खान्छ भन्ने यिनिहरुको षड्यन्त्र पूर्वक आएको अतिरन्जित भनाई मधिसे र थारु नेताहरुलाई आफू जस्तै राष्ट्रघाति देखेका मात्रै हुन् भनेर बुझियो भने सहि बुझिन्छ । कुरा स्पष्टै छ, विगतमा कोशी,गण्डकी,टनकपुर समेत वेचेर कमाएको,आफूहरूको राष्ट्रघात एवं देशद्रोह कलङ्कको बिल्ला सोझा र इमान्दार थारु मधिसेलाई टासिदिन खोजिएको मात्रै हो । किनभने अहिले घोषित यिनिहरुकै ७ प्रदेशमा पनि मधेसको केही भागलाई अलग राख्दै प्रदेश नम्बर ३ बनाइएको छ । यदी मधिसेले मधेस प्रदेसलाई भारतलाई बेच्ने गाभ्ने भए त्यही प्रदेश नम्बर ३ लाई पनि गाभ्ने र वेच्ने भएनित ...। कि अहिले मधेशलाई छुट्टाएको प्रदेशमा झापा,मोरङ,सुनसरी,कैलाली नभएकोले, थोरै भू-भागको प्रदेश भारतलाई गाभे पनि वेचेपनी केही फरक पर्दैन भनिएको हो....?

यसवाट पनि स्पष्ट हुन्छ, यिनिहरुको वास्तविक राष्ट्रवाद केहो ? जवसम्म यो शासकको कथित राष्ट्रवादको मुकुण्डो च्यातेर नाङ्गैझार बनाएर यिनिहरुको सक्कली अनुहार न्यायप्रेमी जनता सम्म ल्याइदैन, तवसम्म समग्र सोझासिधा जनतालाई वेवकूप बनाएर आफू सत्तामा टासी रहन यो तथाकथित राष्ट्रवादको ढ्वाङ्ग चलिनै रहने छ, मुलुक दिनप्रतिदिन अस्तव्यस्त बन्दै दलदलमा फस्दै जाने र अन्तत नेपाल नै नरहन सक्छ । त्यसैले वाहुनशासकका पक्ष-पोषक,आसेपासे,समर्थक,कार्यकर्ता र अन्धभक्त अवस्थामा रहनुभएका सम्पूर्ण जनतागण निद्रावाट व्यूझन जरुरी छ ।

हरि बहादुर घर्तिमगर
भूपू अध्यक्ष नेपाल आदिवासी जनजाति परिषद् युएई,नेपाल मगर संघ युएई
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment