नव निर्वाचित तामाङ घेदुङ्ग संघ अध्यक्ष मोहन गोले l आब पुतली सडक होइन सिंह दरबारमा l


Untitled-2

अर्जुन पाख्रिन तामाङ
नेपाल तामाङ घेदुङक नव निर्वाचित अध्यक्ष मोहन गोलेले नयाँ इतिहास कायम गरेको छ । राज्यले स्विकारेका अन्तराष्ट्रिय सञ्जाल भएको साझा घर घेदुङको अध्यक्ष पदमा निर्वाचित हुनु आफैमा ऐतिहासिक हुन्छ र हुनेछ ।
आठौं महाधिवेसनबाट जितेका र हारेका दुइ खेमाबीच वैचारिक दृष्टिलेसमेत वल्लो र पल्लो किनार भएको अवस्था छ । यो अवस्थालाई प्रकृतिको प्रवृति सम्झदै मोहनको जीतले हारेकाहरुलाई कुनै न कुनै माध्यमबाट मनमा खुसीको बहार छर्नु नै पहिलो शर्त हुने छ ।
निर्वाचनमा हारेकाहरु त्यसै हारेका होइन भन्ने मनोदशालाई आफैले स्वमुल्याङकन गर्नु उचित देखिन्छ । जो जसरी हारेपनि यस्लाई जितको रुपमा लिनु पर्छ भन्ने लोकतान्त्रिक पद्धतिको सिद्धान्त हो ।
अहिलेको पुरानो जालोलाई चिर्ने अदम्य साहस पुर्वबाट गोलेले गरेका छन् । उनको साहस कथाले मागेको चरित्र थियो । चरित्रलाई सार्थक बनाउन पृष्ठभूमिमा धेरै बौद्धिक सर्कलका व्यक्तित्वहरु पनि खुलेर लागेका थिए । यसको उपज स्वरुप घेदुङमा गोलेको उदय भएको हो ।
यो उदयलाई सबैले स्वागत र बधाई थपेका छन् । घेदुङलाई नयाँ सिराबाट नयाँ प्रणालीमा लैजान सक्ने नयाँ सफटवयरको आवश्यकता थियो । सो सफटवयरका रुपमा मोहन गोले बफादारिताको साथ उभिएका छन् । उनको विजयलाई जनमुखि, सेवामुखि र पारदर्शि प्रभावकारि ठोस योजनाको कार्यन्वयन गर्न सक्ने वक्ताको रुपमा अगुवाहरुले विश्लेषण गरेका छन् । विश्लेषणलाई सैद्धान्तिक र वैज्ञानिक ढंगले व्यवहारमा कार्यन्वय गर्न सक्छ वा प्रयास मात्र हुन्छ नयाँ नेतृत्वको परिक्षा हुने छ ।
अहिले घेदुङ अन्तराष्ट्रिय संस्थाको रुपमा स्थापित भइसकेको छ । यसको साखलाई बचाउने र साझा मुदालाई ठोस निर्देशिकाको रुपमा विस्तार गर्नु आजको चुनौति चिर्नु छदैछ ।
आठौं महाधिवेसनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा युवा र बुद्धिजिविहरुले निकै महत्वका साथ हेरिरहेका थिए । धेरैको आशय थियो नयाँ नेतृत्व आउँनु पर्छ । तर सजिलो थिएन । अन्तत्वगत्वा नयाँ अनुहार झुल्किएको छ ।
विजय अघि भनेका छन् ‘ अब घेदुङ पुतलि सडकमा होइन सिंहदरबाभित्र हुन्छ र हुनुपर्छ ।’ 
अब साँच्चिकै घेदुङको केन्द्रिय कार्यालय सिहदरबारभित्र हुने छ । एउटा सनाटन प्रश्न गोले तिर फर्किएको छ । अर्धचक्लेटि तर ओजपूर्ण मन्तव्यका भण्डारण भएका गोलेले अब यो भनाईलाई कार्यन्वयनमा कसरी लैजाने आफैमा मौन प्रश्न । वा क्रान्तिकारी सपना मात्र हुनेछ ।
यही प्रसंगमा केही वर्ष अघिदेखि तामाङ भवन अर्थात सांस्कृतिक तामाङ भवन बनाउने हल्ला बजारमा निकै फिजियो । आज भोलि नै बन्छ । सबै तयारी भै सक्यो भन्ने भ्रमपुर्ण समाचारसँगै धेरै टिका टिप्पणी थुप्रियो ।
काठमडौंको आरुबारि स्थित तामाङहरुको ‘चिहान डाँडा’ प्रष्ट रुपमा भन्ने हो भने स्थानीयले सो जग्गा दिन अझै तयार भएको छैन । उनीहरुले आफनै खालका मागपत्रहरु तेस्र्याएका छन् ।
यहि ठाउँ हो जहाँ तामाङ साँस्कृतिक भवन निर्माण गर्ने । तर घेदुङले भने जस्तो सजिलो र सहज रुपमा उक्त ठाउँमा भवन बन्न सक्दैन । कानुनी प्रक्रिया र आर्थिक पाटो दुरको विषय बनेको छ ।
केही महिना अघि जापानका लागि पुर्व राजदूत डा गणेश योञ्जनले बौद्धभित्र जग्गा किन्न मौखिक प्रस्ताव गरेका थिए । तर घेदुङकर्मीहरुले प्रस्ताव के कारणले हो स्विकार्न सकेन ।
भवन निर्माणकै लागि केन्द्रिय सदस्यहरुबाट १०/१० हजार लेवि उठाउने निर्णय नै भएको थियो । तर कार्यन्वयनको पक्ष फितलो देखिन्छ ।
के घेदुङले भवन बनाउँनै नसक्ने हो त ??? होइन । विश्वासिलो नेतृत्व भएन विश्लेषकरुको टिप्पणी । अन्तराष्ट्रिय जगतमा सञ्जाल भएको तामाङ समुदायको साझा संस्था अनि एउटा भवन निर्माण नहुनु आफैमा लजास्पद मात्र नभएर विश्वभरि छरिएका तामाङहरुको लागि खुल्ला चुनौति हो ।
दिगभ्रमित मन्तव्यहरुले कसरी आट गर्छ ताम्सालिङको ? यो प्रश्न नव निर्वाचित अध्यक्षको अगाडि पहाड भएर उभिएका छन् ।

यथार्थमा उभिएर भन्ने हो भने हामीभित्र धेरै विकृतिहरुको चाङ लागेको छ । तथापि यस्ता अग्रज नेतृत्वहरुको भूमिकालाई विर्सियौ भने नयाँ नेतृत्वको भूल हुनेछ । अग्रजहरुको देनलाई सम्मान गर्दै देखिएका कमिकम्जोरी सुधार्दै चुस्त संरचनाको नक्साकंन गर्नु आजको आवश्यकता हो ।
विगतका दिनमा उठेका ताम्सालिङका मुदा आफैमा अधुरो छ । नयाँ संविधानले यस्लाई झिना मसिना रेखाको रुपमा संज्ञा दिएका छन् । सम्वत, देश संघियताबाट फर्किदैन तर ताम्सालिङ प्रदेश आउँनेमा ढुक्क छ छैन ???
Share on Google Plus

About Anonymous

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment