बौद्धनाथ स्तुपाको कथा


बौद्धनाथ स्तुपा, Boudhanath 

पूर्व जन्मकी अप्सरा ज्याजिमाले धर्म सकेपछि साधारण कूलमा जन्म लिइन्। उनको ४ जना श्रीमानबाट प्रत्येकको १-१ जना छोराहरू जन्मिए । घोडा व्यापारीबाट ताजेब, सुंगुर व्यापारीबाट फजेबु, कुकुर व्यापारीबाट खिजेबु र कुखुरा व्यापारीबाट ज्याजेबु आदि यी चारै जाना छोराहरू धर्ममा निकै मन गर्ने भएकाले एउटा विशाल छ्योर्तेन (स्तुपा) निर्माण गर्ने निश्चय गरे जसको लागि आवश्यक जमिन माज्यमिजाले उपलब्ध गराईन्। त्यसपछि हात्ती, घोडा र गधालाई माटो, ढुङगा, ईंटा बोकाएर स्तुपा निर्माण सुरु गरिन्। करिब ४ वर्षपछि ४ तल्ला सम्मको निर्माण भएपछि माज्यमिजाको देहान्त भयो। अरु ३ वर्षसम्म निरन्तर प्रयास गरेपछि ४ जना छोराहरूले ७ वर्षपछि बौद्ध स्तुपाको निर्माण पूरा गरे।

यस बौद्ध स्तुपामा सांगे, हुइसुमा साक्य बुद्धको रिङसल र थुप्रै जिन्लबहरू सुङमा हाली राख्ने गर्दा हजार बुद्ध र स्वर्गका देवताहरू लामाको रूपमा आएको विश्वास गरिन्छ। राबनेले गर्दा स्र्वगबाट बोधिसतवको किरण सुङमा पसेको र आकाशमा पनि बाजा बजेको थियो भनिन्छ। बोधिसत्वको शक्तिहरू यस स्तुपाको सुरूङमा पसेको यसलाई (सांङ्गे थाम्जे दुइवे छ्योर्तेन्) भन्ने गरिन्छ। बौद्ध स्तुपाको निर्माणपछि ताजेबुले अर्को जन्ममा धर्म प्रचार गर्न उत्तर दिशाको राजा हुन पाउँ भनि प्रार्थना गरेकाले ती पछि तिब्बतको राजा ठिचेन देबजन भए। फजेबुले पनि अर्को जुनीमा धर्म प्रचारकै लागि विद्वान लामा हुन पाऊँ भनी प्रार्थना गरेकोले पछि तिब्बतमा खेन्पो बोधिसत्वको रूपमा जन्म लिए।

खिजेबुले धर्म नष्ट गर्ने राक्षसहरूको दमन गरि धर्म रक्षाको लागि अर्को जुनीमा फूलको थुङ्गाबाट जन्म होस् भनि प्रार्थना गरेकाले उर्नेनयुल (कास्मिर) काे दक्षिण–पश्चिम कुनाको कुख्या दु्धकुण्डमा कमलको फूलमाथि असार दशमीको दिन गुरु रिन्पोछेको रूपमा अवतर लिए। उत्तरमा धर्म रक्षाको लागि मन्त्रीको रूपमा जन्म हुन पाऊँ भनि ज्यजेवुले प्रार्थना गरेकोले भामिटिसी मन्त्रीको रूपमा तिब्बतमा जन्म भयो। तर सबैले आ–आफ्नै लागि मात्र प्रार्थनाको तर ईँटा, माटो र ढुङ्गा बोक्ने पशुहरूको बारे प्रार्थना नगरेकाले पशुहरू तिसाएर ताजेबु (ठिचेन देचन)ले धर्म प्रचार गरेको देशमा धर्म नष्ट गर्न राक्षसको रूपमा जन्म होस् भनि हात्तीले प्रार्थना गरेकाले तिब्बत्मा लाङधर्मको रूपमा तिब्बत्का राजा भए। त्यसै गरी गधाले पनि धर्म नष्ट गर्न मन्त्रीको रूपमा जन्म हुन पाऊँ भनि प्रार्थना गरेकाले अर्को जन्ममा दुईलोन मस्यात थोम्वेको नामले मन्त्रीको रूपमा तिब्बतमा जन्म भयो।

ती पशुहरूको प्रार्थना अचानक कागले सुनेकोले पवित्र धर्म नष्ट गर्ने राजालाई मारी धर्म जोगाउन मन्त्रीको रूपमा जन्म हुन सकुँ भनि बौद्ध स्तुपामा प्रार्थना गरेकोले तिब्बतमा मन्त्रीकै भाइ लालाङ पाल्दोरको रूपमा जन्म भयो। साथै उक्त धर्मको नास गर्ने राक्षसहरूलाई दमन गरि धर्म रक्षाको लागि पशु गोठालाहरूले प्रार्थना गरेकोले तिब्बत्मा छ्योलेन गोही पेमाचेनको जन्म भयो। त्यसै गरि छोङपुर च्यान र सरमे दुई जना बाहुनले धर्म भएको देशमा धार्मिक पुस्तक लेख्नको लागि स्तुपामा प्रार्थना गरेकाले, कावापाल्चेक र लुईग्याल्छेनको रूपमा जन्म भई भगवान बुद्धका हजारौं उपदेशरुलाई अनुवाद गरि उनीहरूले काङग्युर लेखे।

साथै पुस्तक लेखि धर्म प्रचारमा सहयोग गर्न पाऊँ भनि नेपालका दुई राजकुमारीले प्रार्थना गरेकाले तिब्बत्मा देनमा चेमाङ र लेजिक ङिमाको जन्म भएर धेरै पुस्तकहरू लेखे। यसै क्रममा तिब्बतको तत्कालीन धर्म राजा देचेन देवचनले हामीले पूर्व जन्ममा कुन र के संस्कार गरेकाले धर्म प्रचार गर्न पायौं भनि गुरु रिन्पोछेलाई प्रश्न गर्दा त्यसको व्याख्या र उत्तर दिंदा ज्यारुङ खस्योरको नामदार बनेको कुरा मानी कम्बु छ्योईमा उल्लेख गरिएको छ। भगवान शाक्यमुनि बुद्ध निर्माण हुनु भएको केही वर्षपछि निर्माण भएको यस बौद्ध स्तुपा संसारकै सबैभन्दा ठूलो छ्योर्तेन हो। यहाँ हरेक १२ वर्षमा छ्योर्तेनको गुम्बामा पानी भरिन्छ। त्यहाँ हजारौं तोला सुनको जलप लगार्ईएको छ। १८ औं शताब्दीको अन्त्यमा चीन सरकारले विशेष लामाको नियुक्ति गरि बौद्ध छ्योर्तेन्को रेखदेख, पूजापाठ र सुरक्षाको व्यवस्था गरेका थिए।

उनै लामाका सन्तानलाई अझै चिनियाँ लामा भन्ने गरिन्छ। छ्योर्तेन्को गुठी र छ्योर्तेन् उनै लामाको नेतृत्वमा सञ्चालन गर्दै आईरहेको छ। राप्ने (प्राणप्रतिष्ठा) गर्दा स्वर्गबाट बोधिसत्वको किरण सुङमा पसेको र आकाशमा पनि बाजा बजेको थियो भनिन्छ। त्यसैकारणले यो स्तूपालाई साङ्गे थाम्जे दुइवे छ्योर्तेन् पनि भनिन्छ। तामाङ वंशावली अन्र्तगत ती चार दाजुभाई योन्जन, घिसिङ, वल र ढोग्चन थरका तामाङ (पूर्खा) थिए। त्यसकारण तामाङहरूको मुख्य धार्मिक तिमाल जात्रा (पितृश्रद्धा पूजा) र प्रमुख तिर्थहरू नमोःबुद्ध, बौद्ध, नागार्जुन र स्वयम्भू पर्दछन्।
Share on Google Plus

About GM Lopchan

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment