उत्पीडित जागरण अभियान मोर्चा किन जन्मियको,उद्देश्य के हो, र के का लागि,,???

*** बेलायती उपनिवेशले गान्धीहरु जन्माइ दियो गोराहरुको उपनिवेशले नेल्शन मन्डेलाहरु जन्माइ दियो र ब्राह्मण एकात्मक बादी राज्यसत्ताले रास्ट्रमा मधेस बिद्रोह जन्मायो,दलित बिद्रोह जन्मायो, जनजाति बिद्रोह जन्मायो अब सबैलाई एकताबद्ध बनाइ अधिकार सम्पन्न अनि समृद्ध नेपाल बनाउन उत्पीडित जागरण अभियान मोर्चा जन्माइदै छ,सम्पुर्ण उत्पीडित जनयोद्दा हरु जन्माइदै छ । 



( पहिचान बादी शक्तिहरुलाइ सम्बोधन गर्दछौं ) *********** निश्चय नै विश्व इतिहासको पाना-पाना लाई पल्टायर हेर्ने हो भने इतिहास ले मागे अनुसारको जन नायकहरु बिजय को शाहस लियर उदय हुने गर्दछ । कत्तिपय उदाहरणहरु बाट यो कुरा पुष्टि भै सकेको अबस्थामा आज हाम्रो देश अमन चयन को बन्तिलो घेरा भित्र गुज्रिएर बसेको जुन दु:खद परिवेश छ, राज्यको हरेक तह र तप्काबाट उत्पीडित समुदाय को अधिकार खोसियको छ ! यहि उत्पीडित बर्ग,क्षत्र र समुदाय को अधिकार सुनिस्चित गर्दै, रास्ट्रलाई सार्बभौमसत्ता सम्पन्न,समृद्ध र समाबेशी बनाउदै विश्व इतिहासमा शान्तिपूर्ण देश नेपाल भनी चिनाउन यक कुशल मोर्चा को आवश्यकता थियो ! यहि आवश्यकता र इतिहास लाई मध्यनजर गर्दै हामी उर्जाशिल युवाहरूले उत्पीडित जागरण अभियान मोर्चा जन्मायका छौ । वास्तवमा हाम्रो देश नेपालमा उर्जाशिल युवाहरू कृयाशिल भै उत्पीडित जागरण अभियान मोर्चा जस्ता संगठन हरु निर्मान गर्नु नितान्त आवश्यक थियो,छ र रहिरहने छ । बिगत लामो समय देखि भाषिक,धार्मिक,सास्कृतिक,राजनैतिक, सैक्षिक र अन्य थुप्रै कुरामा विभेद रहेको कुरा हामी सबैलाइ अबगत भयकै बिसय हो । 

जुन ब्राह्मण एकात्मक राज्यसत्ता ले 250 बर्ष भन्दा बढी लामो शोषण गरि अन्य जाती,बर्ग,र समुदाय प्रती गरियको शोषण र दमन छ, त्यसको अन्त्य गरि सम्पुर्ण दलित,महिला,मधेसी,जनजाती,मुस्लिम र उत्पीडन मा परेका खस ब्राह्मणहरुलाइ मुक्ति दिलाउनका निम्ति कयौं बर्ष देखि बिद्रोह भै रहेको कुरा हाम्रै आँखा अगाडि भयका दस बर्से जनयुद्ध, 62/63 जनआन्दोलन,मधेस बिद्रोह दलित बिद्रोह,जनजाति बिद्रोह जस्ता अतुलनीय सङघर्स भै सक्दा पनि हाम्रो मुलुकमा सबै जात,बर्ग,लिङ्ग,र समुदाय ले सुख चैन को श्वास फेर्न नपाइ रहेको अबस्थामा अहिले बनेको नयाँ संविधान मा पनि त्यो अधिकार सुनिस्चित गरियको छैन, उत्पीडित समुदाय लाई कुनै space दिइयको भेटिदैन! त्यसैले सम्पुर्ण जनसमुदायहरु यो परिबर्तनका बिरोधि अनि जन बिरोधि हरुलाइ घोक्रो ठ्याक लगाइ सिर उठाउन दिनु हुन्न भन्ने हेतु का साथ हामिले उत्पीडित जागरण अभियान मोर्चा जन्मायका छौं, आउनुहोस हामी कठिबद्ध भै एकताको सुत्रमा बाँधी उत्पीडित जागरण अभियान मोर्चा बाट लडौ यक न यक दिन हामी बिजयको संघारमा पुगि यो रास्ट्रलाई समाबेशी,समुन्नत,अनि समृद्ध नेपाल को रूपमा बिश्व सामु परिचित गराउने छौ,,,हाम्रा लडाइँ,माग र उद्देश्यहरु लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित रहने छ । 

समाबेशी र समृद्ध नेपाल निर्माण मा हाम्रो जोड रहेको कुरा सत्य छ, त्यसैले सत्यको जहिले पनि बिजय हुनेछ । अनि हामी सम्पुर्ण उत्पीडित समुदाय हरु चैन को स्वास फेर्न पाउने छौँ ! तपाईं सम्पुर्ण जनसमुदाय हरु यशमा ढुक्क भै हामिलाइ साथ र समर्थन गर्नु होला, हामी निरन्तर लडिरहने छौ, उत्पीडित समुदाय को पक्षमा गहकिलो आवाज हरु बुलन्द गरि रहने छौं ढुक्क भै हामिलाइ साथ र समर्थन गर्नु हुन उत्पीडित जागरण अभियान मोर्चा सम्पुर्ण जनसमुदाय हरु लाई हार्दिक अपिल गर्दछौं । धन्यवाद !!!
Share on Google Plus

About Masti Entertainment

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment