काठमाडौं महानगरपालिकाको बजेट ५ अर्ब ३७ करोड


काठमाडौं, २५ पुस कठमाडौं महानगरपालिकाले आगामी बर्षका लागी ५ अर्ब ३७ करोड १८ लाख रुपैयाँ बजेट विनयोजन गरेको छ । 

सोमबार महानगरको २९ औं परिषदमा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले आव ०७४÷७५ का लागी सँस्थागत सुदृढिकरण, सामाजिक तथा आर्थिक विकाससम्बन्धि कार्यक्रमहरू घोषणा गरेका छन् । 

महानगरले आन्तरिक आयबाट १ अर्व ८३ करोड ९९ लाख ८४ हजार प्राप्त हुने अनुमान गरेको छ भने, प्रशासनिक खर्चका लागी ५९ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको छ । 

यसैगरि आगामी आवको कूल खर्चमध्ये स्थानीय करको योगदान ४५ प्रतिशत र गैरकर अनुदानको योगदान ५५ प्रतिशत रहने अनुमान गरिएको छ । 

विषयगत क्षेत्रका नीति तथा कार्यक्रमको विकास खर्चतर्फ ४ अर्व ७१ लाख ९३ हजार रूपैयाँ विनियोजन गरेको छ । 

बिषयगत कार्यक्रमतर्फ सहरी पूर्वाधार विकास तथा सार्वजनिक निर्माण क्षेत्रमा १ अर्ब ६३ करोड रुपैयाँ, जनस्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा रु.११ करोड ८० लाख रूपैयाँ र सम्पदाको पुनःनिर्माण तथा विकासका लागि रु.४१ करोड २६ लाख विनियोजन गरेको छ । 

वातावरण, हरियाली प्रर्वद्धन तथा शहरी सौन्दर्यीकरणका लागी ८१ करोड रुपैयाँ, विपद् व्यवस्थापनका लागी ११ करोड ३१ लाख रुपैयाँ, सूचना तथा सञ्चार प्रविधि र सेवाप्रवाह क्षेत्रका लागि रु.१० करोड रुपैयाँ विनियोजन गरेको छ । 

यसैगरि राजस्व क्षेत्र, वित्त क्षेत्र, शहरी योजना क्षेत्र, अन्तर्राष्ट्रिय सम्बन्ध क्षेत्र, सार्वजनिक, निजी, साझेदारी क्षेत्रका लागि रु.११ करोड विनियोजन गरेको छु । 

उज्यालो काठमाडौं कार्यक्रमका लागी रु.१० करोड रुपैयाँ, जग्गा एकीकरणहरूलाई ८१ करोड २५ लाख रुपैयाँ, टेकुको बहुतल्ले स्टील स्ट्रक्चरसहितको महानगरको भवन निर्माण गर्न ३१ करोड विनियोजन गरेको गरेको छ । 

पूर्वकुमारी, गणेश, वरिष्ठ जेष्ठ नागरिक, ८८ वर्ष उमेर पुगेका र पूर्ण अपाङ्गलाई महानगरबाट दिने भत्तालाई पनि निरन्तरता दिइएको छ । 

उपत्यका नगर यातायात लिमिटेडको सेयर खरिद गर्न २ करोड रुपैयाँ, वधशाला व्यवस्थित गर्न ५ करोड रुपैयाँ, कुकुर व्यवस्थापनका लागी २ करोड ३० लाख रुपैयाँ, विनियोजन गरेको छ । 

यसैगरि महानगरभित्र आगामी बर्ष ४२ ठाउँमा चर्पी निर्माण गर्न, १ हजार २८५ वटा सडक सौर्य वत्ति जडान गर्न पनि बजेट विनियोजन भएको छ । 

यसैगरि सरसफाईमा काम गर्ने मजदुरहरूलाई योगदानमा आधारित स्वास्थ्य विमा कार्यक्रम, छात्रवृत्ति कोषको स्थापना गर्नुका साथै जाडोमा लगाउने ज्याकेटको समेतको व्यवस्था गर्ने कार्यकारी तामाङले घोषणा गरे । 

काठमाडौं महानगरपालिका मुलुककै सबैभन्दा बढी वित्तीय परिचालन गर्ने स्थानीय निकाय हो । 

कर्मचारी प्रशासन, सँस्थागत संरचना, जनसंख्याका, सहरी पूर्वाधारका हिसाबले पनि काठमाडौं महानगरपालिका सबैभन्दा ठूलो स्थानीय निकाय हो ।
- See more at: http://www.sthaniyakhabar.com/2017/01/blog-post.html#sthash.gf9LE530.dpuf
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment