उज्यालो नेपाल अभियान को बिशाल जन प्रदर्शन बारे उत्पीडित जागरण अभियान मोर्चाले यसरी समिक्षा गरियो !


आयोजक उज्यालो नेपाल, उत्पीड़ित जाँगरण अभियान मोर्चाका सदस्यहरु हिजो भक्तपुरको पाण्डुबाजारमा दिउँसो ठीक १ बजे समीक्षा तथा बिशेष बैठक बसियो । सो बैठकमा भक्तपुरबाट बिशेष सहयोगी भूमिकामा जनप्रदर्शनलाई सार्थक बनाउन सहयोग गर्ने संघसंस्थाहरु खार्पाचोक युवा क्लब, ह्याङला आदिबासी समाज (बिशेष कारणबश अनुपास्थिती) , तामाङ सेमलेङ न्हान को बिशेष उपस्थिती थियो । कार्यक्रम अनौपचारिक र औपचारिक गरी दुई चरणमा भएको थियो । बैठक औपचारिकतामा प्रबेश भएपछी उपस्थित प्रतिनिधिहरुले संस्थाको नाम, आफ्नो परिचय र सम्पन्न भएको बृहत जनप्रदर्शनबारे आफ्नो भनाई, समिक्षा र सुझाव राखेका थिए । आम जिज्ञासाहरुलाई संयोजक रत्न तामाङ र मणिकलाल घिसिङले सम्बोधन गरेका थिए । 

तामाङ सेमलेङ न्हान भक्तपुरका अध्यक्ष कुमार स्याङबाले आफ्नो बिचार  राख्दै भने, "कार्यक्रम जुन रुपमा प्रचार गरिएको थियो, त्यो भन्दा फरक बस्तुगत स्थिती पाउदा भक्तपुरबाट आएका बिशाल सहभागीहरु अन्यौलतामा परेका थिए ।" आगामी दिनमा के कस्तो योजना छन् भनी आफ्नो जिज्ञासाहरु राख्दै आगामी दिनमा भक्तपुरको साथीहरुलाई सम्झिनुपर्ने र समेट्दै लानुपर्नेमा सुझाव ब्यक्त गरे । उत्पीडित जाँगरण अभियान मोर्चाको सदस्य निङमार दोङले उज्यालो नेपाल अभियानको पुष दुई गतेको कार्यक्रम देखी यो कार्यक्रमसम्म पनि मोर्चाको तर्फबाट बिशेष भूमिका खेलेको बताउदै यसपाली स्थान गलत भएको पो हो कि, भन्ने जिज्ञासा राखेका थिए । तामाङ सेमलेङ न्हानकै सदस्य संगिता तमाङले भने, "राम्रो काम गर्ने कुलमान घिसिङहरुको लागि आफू गिरफ्तारीमा पर्न तयार छु ।" धनकुमारी घिसिङहरु जस्ता नारीहरुले सत्यको पक्षमा गरेको शसक्त प्रतिकारको प्रशंसा गर्दै, महिलाहरुले पनि धेरै कुराहरु आट्नसक्ने बताए ।    

त्यस दिनको अनुभब राख्दै रबिदास दोङले भने, "माइतिघर पुगेको त केही गतिबिधिहरु नदेखिदा स्थान फेरि हेरें, कतै कार्यक्रम अन्तै पो हुँदै छ कि ?" त्यसैमा थप्दै भने, युवाहरुले राष्ट्रिय सबैको चासोको बिषयहरुलाई सम्बोधन गर्ने र खबरदारी गर्ने यसखाले अभियान सन्चालन गर्नु ठुलो कुरा भएको ब्यक्त गरे । र बैधानिक रुपमा संस्था दर्ता गराई आगामी कार्यक्रमहरु सन्चालन ब्यबस्थापन गर्न सुझाव दिए ।  उत्पीडित जाँगरण अभियान मोर्चाका सदस्य उषा घिसिङले चिनाजानका साथीहरु नै पक्राउमा परेपछि आफू सुरक्षित स्थानतिर गएको बताए। खार्पाचोक युवा क्लबका प्रतिनिधि लाल बहादुर घिसिङले आयोजकहरु नै पक्राउमा परेको खबर सुन्दा आफू र आफ्ना साथीहरु अलमल्लमा परेको बताए । थप्दै भने, "लुरुक्क परेर फर्किदा उपस्थितिको उद्धेश्य सुन्य रहने देखिएपछी खार्पाचोक युवा क्लबको ब्यानर सहित नारा लगायौँ । "

स्थलमै रहेका उत्पीडित जाँगरनका सदस्य शंकर योन्जनले स्थलगत सम्पूर्ण रिपोर्टिङ गरिरहेका थिए । योन्जनले भने, "आयोजक सम्पूर्ण रुपमा कब्जा गरेपछी कार्यक्रम बिफल हुने देखेपछी बाँकी साथीहरुलाई सुरक्षित रहनु भनेँ ।" उज्यालो नेपाल अभियानका अभियन्ता मदन ङेस्युरले ब्यानर टाँग्न नपाउदै प्रहरिले गिरफ्तार गरेको बताए । ङेस्युरले थप्दै भने, "यहाँ कार्यक्रम गर्न नदिनु भन्ने माथिको आदेश छ ।" शान्तिपूर्ण र्‍याली गर्ने भनेर जानकारी दिदा दिदै आफूलाई गिरफ्तार गरेको बताए । 



जिज्ञासाहरुलाई सम्बोधन गर्दै मणिकलाल घिसिङले जनप्रदर्शनको उद्धेश्य जुन थियो, त्यो सफल भएकोले कार्यक्रम सफल भएको ब्यक्त गरे । सर्बोच्च अदालतको निर्णय बिरुद्ध भएको ऐतिहासिक यो कार्यक्रम गर्न चुनौतिपूर्ण रहेको र सिडिओबाट सर्बोच्च न्यायलयले गरेको निर्णय बिरुद्ध कार्यक्रम गर्ने जो कोहिलाई धरपकडमा लिनसक्ने कानुनको प्राब्धान रहेको बताए । कार्यक्रम बिशाल र्‍यालीको साथमा अन्तबाट आएको भए सुरक्षाकर्मिको उच्च अबरोधमा धेरै प्रदर्शनकारीहरु घाइते हुनसक्ने सम्भावना थियो ।  

नेपालबाट कार्यक्रम संयोजन गरिरहेका रत्न तामाङले सो दिनको जनप्रदर्शनलाई बिफल बनाउने हर प्रयास भएकोतर्फ ध्यान केन्द्रित गराउँदै भने, "हामीले तयार गरिएको कार्यक्रमको भब्यतालाई ध्वस्त पार्न अनेक षड्यन्त्र भएको थियो ।" बिशेष गरी १९ को कार्यक्रम सर्बोच्च अदालतको जनबिरोधी निर्णयलाई सच्याउन जनदबाबको लागि थियो । तमाङले थप्दै भने, "तत्कालिन रुपमा लोड्शेडिङ मुक्त नभएसम्म अभियान चल्ने र दिर्घकालिन रुपमा उर्जा क्षेत्रमा कसरी बिकास गर्न सकिन्छ र उर्जामा जनताको लगानी कसरी सुनिश्चित गर्न सकिने छ् भन्ने बारेमा उर्जा बिग्यहरुसँग छलफल र सार्वजनिक कार्यक्रमहरु गर्ने छौ ।" त्यसको लागि संस्था दर्ता गर्ने र बैधानिक रुपमा अगाडि बढ्न भक्तपुर, ललितपुर, काठमाडौं लगायतका अन्य जिल्लाहरुमा संगठन बिस्तार गर्ने बताए ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment