गाविस सचिवलाई वाईसीएलको कालोमोसो !


काठमाडौं, १३ माघ । सुनसरीको तनमुना गाविसका सचिव हरिकुमार थापालाई कालोमोसो दलिएको छ । सेवाग्राहीलाई दुःख दिएको भन्दै माओवादी केन्द्रनिकट युवा संगठन वाई सी एलले थापालाई कालोमोसो दलेको हो ।

समयमा कार्यालय नआउने, जनताको काम गर्नका लागि ‘घूस’ माग्ने तथा महिलामाथि गलत नजरले हेर्ने गरेको भन्दै चेतावनी स्वरुप कालोमोसो दलेको वाइ सी एलले बताएको छ ।
थापाले आफ्नो बानी नसुधारे भौतिक कारवाही समेत गर्ने वाइ सी एलले जनाएको छ ।

त्यस्तै, भ्रष्टाचार विरोधी अभियानलाई अझ शसक्त बनाएर लैजाने वाई सी एलले बताएको छ ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment