नेपाल बिद्युत प्राधिकरणको अपिल ! सबैले सहयोग अनि सेयर गरौ !


माघ १३, काठमाडौं – मिटर विगारेर विद्युत चोरी गरेको आरोपमा बहालवाला कर्मचारी नै पक्राउ परेपछि विद्युत प्राधिकरणले २४ सय कर्मचारीको सरुवा गर्‍यो । एकै चोटी सयौं कर्मचारीको सरुवा भएपछि दैनिक मिटर रिडिङ प्रभावित भएको छ ।

यो समस्या समाधानका लागि विद्युत प्राधिकारणका प्रमुख कुलमान घिसिङले जनतासँग सहयोग मागेका छन् । उनले यदि मिटर रिडर नआए आफैं मिटरमा उठेको अंक टिपेर महसुल तिर्न आउन आग्रह गरेका छन् ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार सरुवा भएकाहरुको रमाना लिने र सम्वन्धित ठाउँमा पुग्न केही समय लाग्न सक्छ । यसले विद्युतको महसुल बुझाउने समय घर्किने र आम उपभोक्ताले जरिवाना तिर्नु पर्ने हुनसक्छ ।

आफ्नो कर्मचारी व्यवस्थापनकै कारण आम उपभोक्ता मर्कामा नपरुन भनेर आफैं मिटरमा उठेको अंक टिपेर महसुल बुझाउन आउन प्राधिकरणले अपील गरेको छ ।

करिब १३ अर्ब रुपैयाँ बराबरको विद्युत चोरीमा संलग्न भएको पाइएपछि महानगरीय प्रहरी अपराध महाशाखाले हालै प्राधिकरणका कर्मचारी र केही व्यापारीहरुलाई पक्राउसमेत गरिसकेको छ ।
प्राधिकरणको अपील यस्तो छ !




Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment