विवाद मात्रै होईन कुन सहि कुन गलत पृष्ठभूमि बुझेर ल्होछार सम्बन्धि तपाई आफै निर्णय गर्नु होला : गेलोङ तारा तामाङ

गेलोङ तारा तामाङ  बौद्ध धर्म सम्बन्धि प्रबचन दिदै  !

ल्होछार बारे मेरो दोस्रो अध्ययन:
विवाद मात्रै होईन कुन सहि कुन गलत पृष्ठभूमि बुझेर तपाई आफै निर्णय गर्नु होला !

ईःपु १२७ साल तिब्बतमा पहिलो  राजा ञ्येठी चेन्पो भन्ने आगमन भयो।  त्यस बेला बोन धर्मको व्यापक थियो र १२ ओटा बोन विद्वान हरुले नै ञ्येठी चेन्पो लाई राजा बनाएको भन्ने तिब्बत इतिहासमा छन् र अन्य कारण हरु धेरै छन्।

जे होस पहिलो राजा ञ्येठी चेन्पो भन्ने नै हो। त्यस राजा संवत् देखि आज सम्म २१४३ हुन पुगेको अवस्था हुन्।
अब ल्होछार कसरी शुरुवात भयो भन्दा ३३ औ राजा स्रोङचेन गम्पो को पालामा भन्दा उहाँको पानाती ठिसोङ देउचेन भन्ने राजाको पालामा  चाईना राजाको छोरी विवाह गरेर भित्रिएको रहेछ  साथै चईना बाट धेरै ज्योतिषी शास्त्र पनि तिब्बतमा ल्याउनु भएको रहेछ।  त्यस बेला ल्होछार कुन र कसरी मनाउने भनेर राजाले रानीलाई सोध्दा  रानी ले मलाई होईन ज्योतिषी लाई सोधा भन्नु भयो भन्ने इतिहाँस हरु रहेछ।

त्यसैले चाईन को ज्योतिषी शास्त्र अनुसार नै ल्होछार मनाउने चलन प्रारम्भ भएको रहेछ।  त्यसैले सोनाम ल्होछार  र चाईनिज ल्होछार सम्बन्ध हुनु  त्यस ज्योतिषी शस्त्र अनुसार पहिलो महिना  लाई ल्होछार मनाउने चलन भएर हो। (ग्यल्पो अनुसार १२औ महिना तर फरक आधारमा)

तर आज भोलि चईनिज ल्होछार भन्दा सोनाम तलामाथि  हुनुको कारण चाहिँ १३ौ शताब्दी तिर भारत बाट अर्को कलाचक्र ज्योतिषी शस्त्र भित्रिएको हुनाले दुवै ज्योतिषी शस्त्रलाई  एक ठाउमा प्रयोग गर्ने विकास हुन पुगेको कारण चाईनिज प्युर ज्योतिष भन्दा फरक हुनाले पुगेको कारण हरु देखिन्छ। चाईनिज प्युर ज्योतिषी शस्त्र प्रयोग  गर्यो भने सोनाम र चाईनिज ल्होछार तलमाथि  नहुने पक्का हो।

तसर्थ  ३५औ राजा या त्यस पछि हुन तर ठिसोङ देउचेन भन्ने राजाको पाला देखि चाईनिज ज्योतिषी शस्त्र अनुसार ल्होछार मनाउने चलन शुरुवात भएको रहेछ। (कसैले सोङचेन गम्पो को पालामा भन्ने, कसैले त्यो भन्दा पहिला बोन संस्कार अनुसार ल्होछार थियो भन्ने तर्क वितर्क सहितको ईतिहास हरु कता कता पढ्न पाइने रहेछ।)  तर आधिकारिक स्तरमा चाहिँ ठिसोङ देउचेन भन्ने राजाको पाला देखि ल्होछार शुरुवात भएको भन्ने  गरिन्छ।  यस अर्थमा सोनाम ल्होछार ७/८ औ शताब्दी तिरै शुरुवात भईसकेको पुष्टि हुन पुग्छ!  अहिले पनि तिब्बतको धेरै भेगमा मनाउने चलन यथावत छन्।  त्यसैले सोनाम ल्होछार को शुरुवात चाईनिज ज्योतिष शस्त्र अनुसार तथा आधारमा शुरुवात भएको आधार पुष्टि प्रष्ट देखिन्छ।

अब ग्यल्पो कहिले शुरु भयो भन्दा यसको केहि कुरा:

४३औ राजा लाङ दरमा भन्ने (टाउको मा सिङ् भएको राजा)  ले बुद्ध धर्म नष्ट गरेको कालो इतिहाँस छन्। तर एक बुद्धिष्टले त्यो राजाको हत्या गरियो। त्यो राजाको दुई श्रिमति थियो ति दुईका एक एक छोरा थिए । राजाको हत्या  पछि दुई श्रीमती मिलेन र छोरा हरु पनि मिलेन पछि एक अपसमा झगडा भयो। पक्ष विपक्ष भए पछि आफ्नो तरिकाले राज्य संचालन गरेर  देशै विखण्डन भयो।  अखण्ड तिब्बत  ४ सय वर्ष विखण्डन भएर एक अपसमा झगडा गरेर चलेको थियो।  त्यस अवसरमा  मोन्गोलको राजाले  वार गरे।  वर १२१६ देखि १२२७ सम्म वर गरेर  अन्तमा मोन्गोल राजाले तिब्बत लाई आफ्नो कब्जामा लिन सफल भएछ  अर्थात मोन्गोलको विजय भएको रहेछ।  (यो अन्तिरिक राष्ट्रिय एकता नुहुनुको परिणाम)   मोन्गोल राजाले विजय हासिल गरे पछि  विजय महोत्सव मनाउने गरेको रहेछ,  त्यहि विजयमहोत्सव लाई वार्षिक रुपमा मनाउने चलन मोन्गोलमा भए छ, त्यसको प्रभाव तिब्बतमा पनि परेछ। किनकि मोन्गोलको अन्डरमा थियो। मोन्गोलको राजा बुद्ध धर्म प्रति आस्था रहेको कारण सक्या सम्प्रदाय गुरु बाट वाङ तिन पटक सम्म थप्दा शायद धर्मको शक्ति हुन चाहे अन्य कारण नै,  १२२७ मा विजय भएको मोन्गोल ले  १२५३ मा साक्यपा धर्म गुरु डोगोन फक्पा छ्योगेल भन्ने लाई  वाङ प्रदान गरिएको सट्टा (योन) मा विखण्डन तिब्बत देशलाई अखण्ड देश बनाएर देशै सुम्पिएको रहेछ।  १२५३ देखि तिब्बत मा धर्म गुरुले देश संचालन गर्ने कार्य शुरु भएको रहेछ ।

धर्म गुरु ले  देश चलाउन धर्म र.राजनितिक दुवै प्रयोगमा ल्याए,  ४ सय वर्ष विखण्डन र त्यस पछि मोन्गोलको प्रभाव कारण पहिला को चेनपो राजा हरुको पालामा शुरु भएको धर्म पनि संस्कार पनि विलयन भईसकेको थियो,  विभिन्न गाउँ र समाज अनि राज्य  अनुसार  अनेक किसिमको चलन परम्परा शुरु भईसके अर्थात  ४ सय वर्षको अन्तरलमा धेरै बदलि सके रहेछ।  त्यसैले राष्ट्रिय ल्होछार देखि लिएर  नयाँ चलन परम्परा को शुरुवात गर्नु पर्ने परिस्थिति भईसकेको हुदाँ  धर्म गुरुले  ल्होछार चाहिँ मोन्गोल राजाले मनाउने विजय महोत्सव लाई ल्होछार को रुपमा मनाउन आदेश जारी गरेको दिन देखि मोन्गोल राजाको विजय महोत्सव लाई ल्होछार को रुपमा परिणत गरिएको रहेछ।   त्यसैले यो ग्यल्पो ल्होछार १२५३ साल पछि मात्रै शुरु गरिएको ल्होछार हो।

स‍ोनाम ल्होछार  त्यो भन्दा ४ सय वर्ष अघि नै चलन थियो तर ४ सय वर्ष विखण्डन भए पछि त धेरै परिवर्तन भईसकेको अवस्था थियो।  

ग्यल्पो ल्होछार को महिनालाई (होर्दा) भन्नु पनि होर ग्यल्पो (मोन्गोल राजा) को महिना भन्ने बुझिन्छ।   त्यसैले इतिहाँस हेर्दा  हामी तामाङ समुदाय र ग्यल्पो ल्होछार को भेट पक्कै भएको थिएन।    अब ल्होछार को शुरुवात यसरी भएको रहेछ।  तर स‍ोनाम को पात्रो छैन ग्यल्पो को छ भन्ने कुरा पनि सहि होईन जस्तो लाग्छ।  किनकि  सोनाम को शुरुवात नै चईनिज ज्योतिषी शस्त्र अनुसार भएको कुरा इतिहाँस ले बताउछन्,  तर पात्रो हुने सबै प्रयोग ल्याउनु पर्ने हुदैन र राज्यले कुन प्रयोग मा ल्याउँछ त्यसलाई बाढी महत्व दिनु स्वाभाविक हुन्  ।   त्यसैले तिब्बतमा पहिलो ज्योतिषी शस्त्र नै चईनिज शस्त्र हुन्  र यहि आधारमा चाईनिज र सोनाम को शुरुवात भएको रहेछ।  तर पछिल्लो समयमा  विभिन्न तर्क वितर्क सहित तलामाथि परिमार्जन गरेर अहिलेको पात्रो लाई बाढी महत्व दिएको देखिन्छ।

धेरै थरिका ज्योतिषी शस्त्र यथावत रहेछ।  तर तिब्बत राज्यले  ग्यल्पो लाई दिने निर्णय भएको खण्डमा यो नै बाढी चर्चा र प्रयोग मा आउनु स्वभाविक ठान्द छु।  तर अन्य छँदैछैनन् भन्ने अर्थ चाहिँ होईन कि भन्ने लाग्छ ।

अन्ततः सोनाम को आधार र शुरुवात,  

ग्यल्पो को आधार र शुरुवात यसरी भएको रहेछ।  यस्तो अवस्थामा  यो ठीक बेठीक भन्दै विवाद गर्नु को औचित्य के हुन तामाङ समाजले बुझ्नु पर्ने विषय भएको छ।  

अहिले  ग्यल्पो ल्होछार लाई  बुद्ध को लीला संग जोडेर व्याख्या गरेको देखियो  तर यो  पछिल्लो व्याख्या हुन तिब्बत १६औ शताब्दी तिर पनि यस्तो नयाँ व्याख्या गरेको रहेछ।  तर यो संयोग कुरा मात्र हुन, ग्यल्पोको शुरुवात बुद्ध संवत संग कुनै सम्बन्ध छैन। ग्यल्पो शुरुवात भएको इतिहाँस बुझ्नु होला अनि अनुमान गर्नु होला, प्रतिशरण गर्नु होला।

मेरो नजरमा विवाद गर्नु पर्ने खासै विषय होईन फरक आधारमा दुवै सहिरहनु बाकी तपाई हरु! मेरो अध्ययनमा गल्ती छ या छैन  जान्ने बुझ्ने गुरु वर्ग हरुलाई सोधपुछ गर्नु होला। मेरै कुरा ठीक म भन्दिन! विवाद गर्न होईन पृष्ठभूमि बुझ्न मेरो आग्रह !

गेलोङ तारा तामाङ 


Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment