समग्र देश को सन्दर्भ मा संघीय संरचना अनुरुप राज्यको पुर्न संरचना गर्दा अधिक जसो त्रुटिहरु देखियको छ । हाम्रो देश नेपाल मा संघीयताको बहस लामै समय देखि सुरुवात भएता पनि राजनीतिक प्रतिस्पर्धाको कारण संघीयता को प्रयोग,मुल्यांकन,परिक्षण,अध्ययन,खोज र अनुसन्धान हुन नपाएको वा गरियको थिएन, हाम्रो नेपाल जस्तो भौगोलिक बिबिधता, साम्प्रदायिक बिबिधता, सास्कृतिक बिबिधता, शैक्षिक बिबिधता,धार्मिक बिबिधता, आर्थिक बिबिधता र अन्य थुप्रै बिबिधताहरु भयको देशमा संघीयता को आवस्यकता रहेता पनि यशको प्रयोग र कुशल कार्यन्वयन गर्नको निमित्त त्यही अनुसार तयारी गर्नु पर्दथ्यो, तर यसो नहुदा आज संघीय ब्यबस्था अनुरुप राज्यको पुर्न संरचना गर्दा कत्तिपय ठाँउमा अवैज्ञानिक,अब्यबहारिक हुन पुगेको देखिन्छ, राजनीतिक पार्टीहरुले संघीय ब्यबस्था अनुरुप राज्यको पुर्न संरचना गर्नुलाइ आफ्नो स्वार्थ अनुकुल निर्वाचन क्षेत्रको तयार गर्ने मौकाको रूपमा प्रयोग गर्दा संघीय ब्यबस्था अनुरुप पुर्न संरचना को मोडालिटि अव्यवहारिक,अवैज्ञानिक, र अपरिपक्व हुन पुगेको कुरा हामी सबै माझ जग जाहेर छ । यश को फल स्वरुप निकट भबिस्यमा अन्यक किसिम का संकटहरु देखा पर्ने कुरामा दुइमत छैन,
राजनीतिक कर्मि हरुको बेइमानीका कारण सिङ्गो देश मार मा परिरहेको छ यस्तै यस्तै भागिदार मध्य काभ्रेका पाँगु स्योङ बासिन्दा पनि एक उदाहरण बन्न पुगेको छ,
यहाँ पनि राजनीतिक कर्मिहरुले आफ्नो राजनीतिक स्वार्थ पुर्तलका निम्ति अबैज्ञानिक, अब्यबहारिक, र अपरिपक्व नगरपालिका र गाउँ पालिकाको पुर्न संरचना गरियको छ, गाउँपालिका र नगरपालिका को पुर्न संरचना गर्दा त्यहाँ को भौगोलिक, साम्प्रदायिक,धार्मिक,सास्कृतिक र अन्य थुप्रै बिबिधता को बिसयलाइ अनुकुलता र प्रतिकुलता को आधारमा बिस्लेशन गरिनु पर्दछ,यहाँ का स्थानिय जनता को मनोभावना बस्तुगत स्थितिलाइ मध्यनजर गर्नु पर्दछ जस बाट बिकासको आधारहरू स्थापित गर्न सहज हुनेछ,
बिशेष गरि पाँगु स्योङ भेग मा तामाङ जातिहरुको बाहुल्यता छ,यहाँ को समुदाय,रितिरिवाज,चाल चलन,पठन पाठन,धर्म कर्म र भौगोलिक हिसाब ले पनि मिल्दोजुल्दो भएको हुनाले यी सबै तबर बाट मुल्यांकन गर्दा यहाँ को जनता को आर्थिक,शैक्षिक,राजनीतिक, आदि इत्यादी स्थिती उकास्न एकै ठाउमा राखियो भने सहज वातावरण निर्माण हुनेछ, तर यी महत्त्वपूर्ण कुराहरू लाई बेवास्ता गर्दै,यहाँको जनता को मनोभावना लाई कुल्चदै ठुलो राजनीतिक पार्टीका केही समाज र जमात प्रती गैर जिम्मेवार राजनीति कर्मिहरुले आफ्नो स्वार्थ सिद्ध को निम्ति बर्सौ देखि मिलिजुली हातेमालो गर्दै रहि आयको पाँगु स्योङ लाई तित्तर बित्तर बनाइ दियो, गहते पिपलटार र खाक्सी लाई कासिखन्ड नगर पालिकामा गाभियो, र सिङ्गो पाँगु स्योङ लाई सोशी खोला गाउँ पालिकामा गाभिदै छ, यश खाले गैर जिम्मेवार पुर्न संरचना को मोडालिटि तयार गर्दा इतिहास अस्तित्व र गरिमा ओझेलमा पर्दछ । यी यावत कुराहरुलाइ केन्द्रमा राखी पाँगु स्योङ्को इतिहास,अस्तित्व र गरिमालाई जोगाउन गहते,पिपलटार,खाक्सी, र महाङ्काल को ८ र ९ वडा लाई समेटेर पाँगु खोला गाउँ पालिका बनाउन जोड दिनु पर्दछ । त्यसको लागि यश भेगका समाज प्रती इमानदार, बफादार र जिम्मेवार राजनीति कर्मी,बुद्धि जिबि बर्ग,शिक्षक,विद्यार्थी कलाकार श्रम जिबि बर्ग, सबै सबै आफ्नो Step को घेरा भन्दा माथी उठि पाँगु खोला गाउँ पालिका निर्माण गर्न गहकिलो आवाज हरु बुलन्द गरौ,एकै ठाँउमा उभिउ र आवस्यक परे संघर्ष को मैदान मा उत्रिउँ ! होइन भने पागु स्योङ को गरिमा,अस्तित्व र इतिहास मेटाउन लागि सक्यो, पाँगु स्योङ को अस्तित्व मेट्नु भनेको तपाईं हामी मेटिनु हो, त्यसैले हरेक तबर बाट पाँगु खोला गाउँ पालिका निर्माण मा जुट्न सबै सबै पाँगु स्योङ बासी आदरणीय दाजु भाइ,दिदी बहिनीहरुमा जोडदार अपिल गर्दछौं ।

0 comments:
Post a Comment