उत्पीडित जागरण अभियान मोर्चाको पोलिटब्युरो सदस्यहरुको बैठक मोर्चाको अध्यक्ष शरिन ख्युङ्बा को अध्यक्षतामा सम्पन्न !


मिती २०७३-०९-१५ गते उत्पीड़ित जाँगरण अभियान मोर्चाको अध्यक्ष शरीन ख्युङबा तामाङको अध्यक्षतामा बिशेष पोलिटब्युरो सदस्यहरुको उपस्थितिमा बैठक संचालन भएको थियो भने सुरुमा नै आजको मिती बाट पुरानो कार्यसमितीलाई बिगठन भएको जानकारी गर्दै नँया कार्यसमिती गठन अगाडि बिगत र आउने दिनको कार्य योजान प्रस्तुत गरेको थियो ।

प्रस्तावमा अहिले हामी विभिन्न देशमा छौ र पनि नेपालको परिस्थितिलाई हरेक दिन नजिकबाट नियाली रहेको छ भने मोर्चालाई हामी दिर्घकालिन रुपमा यो उचाई सम्म पुर्याउन हामी सबैको उत्तिकै दायित्व बोध र भूमिका खेल्नु पर्ने अबधारण प्रस्तुत गरेको र आजको दिन बाट छ्लफल पस्चात नयाँ केन्द्रिय कमिटी मनोनित गर्ने र सम्पूर्ण पदाधिकारी ज्युहरुले अ-आफ्नो भूमिका ईमान्दारिताको साथ निभाउनु पर्ने र मोर्चालाइ दिर्गकलिन रुपमा उचाइमा पुर्याउन ९ बुँदे प्रस्ताव पेश गरेको थिए ! 

१ पहिले नम्बरमा हाम्रो संघर्षका स्वरुप समय र परिस्थिति अनरुप फेरिने छ ! 
२ मोर्चाको मासिक बैठक आव्हान गरिने छ र बिगत मा भएका कमि कमजोरीलाइ समिक्षा गर्दै नयाँ सोच नयाँ विचारलाइ प्राथमिकता दिेईने छ ! 
३ नयाँ नयाँ सदस्य बनाई सामर्थ्यको आधारमा केन्द्रिय कार्यसमितिको जिम्मेवारी दिएने छ !
४ यो मासिक बैठक हरेक महिनामा हुनु पर्ने छ !
५ यसको लागि पुर्व सूचना केन्द्रिय कार्यालय बाट जारी हुने छ ! 
६ मासिक बैठकमा प्रगति हरु Reporting गर्नु पर्ने छ साथै नयाँ नयाँ संघर्षका कार्यक्रम बैठक ले तय गर्ने छ !
७ कुनै पनि सदस्यलाइ प्रवेश गराउदा पूर्व सूचना प्रबाह गर्नु पर्ने छ ! साथै उत्पीडित जागरण अभियान Facebook Page मा फोटो सहित मोर्चा प्रवेश भनेर सूचना प्रबाह गर्नु पर्ने छ ! कुनै पनि सदस्यले मोर्चा छोड्ने अवस्थामा स्पष्टिकरण दिनु पर्ने हुन्छ ! र यदि मोर्चाको कुनै पनि सदस्यले मोर्चा बिधान र उदेस्य बाहिर गलत कार्य गरेको खण्ड पनि कारबाही गरिने छ ! यसरि Group Chat नभएको अवस्थामा सबै साथीहरुले Inbox को मध्यमबाट साथीहरुले छलफल गरि केन्द्रिय कमिटिको बैठकमा पेश गरेर मात्र सदस्य प्रवेश गर्नु पर्ने प्रस्ताव पेस गरेको थिए ! 
८ हरेक सदस्यहरुको असली नाम ठेगाना, फोन र Email Address सम्भव भए Passport वा नागरिताको प्रतिलिपि राख्नु पर्ने हुन्छ ! 
९ प्रस्तावमा आर्थिक संकलन मोर्चालाई आवश्यक र फाईदाबारे कोषध्यक्ष गुञ्जमान लामाले प्रस्तुत पेस गरको थिए भने मोर्चाको सदस्यहरुले अ आफ्नो विचार कोष बारे जिज्ञासा रख्नु भएको थिए र आर्थिक संकलन कोष हिजोको बैठक बाट पास भएको छ ! त्यसै गरी बिद्ध्यार्थी संगठन र मजदुर संगठन भएको थियो । बिद्ध्यार्थी संगठनको अध्यक्ष्य रचना मोक्तान र मजदुर संगठनको कलाकार संघको प्रमुखमा निङमार दोङ्ग नियुक्त भै सकेको छ ! 

अन्त्यमा विनाशकारी भुकम्प ले तहस नहस भए पश्चात पुननिर्माण काम प्राधिकरणको ढिलासुस्ती कार्य प्रति असन्तुष्ट जनाउँदै यस्तो अवस्थामा मोर्चाले सरकारलाइ ध्यानाकर्षण गराउने छ ! बिज्ञप्ति जारी गर्ने छ भनेर प्रस्तुत पेस भएको थिए ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment