काठमाडौँ लाई लोड सेडिङ गर्ने कुलमान घिसिङ जो ‘इन्जिनियरिङले नपुगेर एमबीए पढेँ' !


मैले सुरुमा इन्जिनियरिङ विषयको अध्ययन गरेको हुँ । मेरो दक्षता पनि यसैमा छ । तर काम गर्दै जाँदा इन्जिनियरिङ विषयबाट हासिल गरेको सीपमात्र पर्याप्त नलागेर एमबीए पनि पढ्ने निधो गरेँ । त्यसपछि राजधानीकै एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट एक्जुकेटिभ एमबीए उत्तीर्ण गरे ।

एमबीए भनेको व्यवस्थापनको विषयमात्र होइन भन्ने कुरा पछि थाहा पाए । यो विषय फाइनान्स र अर्गनाइजेसन डेभलपमेन्टको विषयसँग पनि जोडिएको छ । ओभरअल कर्पोरेट म्यानेजमेन्ट कसरी सफलतापूर्वक चलाउने भन्ने कुरा पनि एमबीएको अध्ययनपछि थाहा हुन्छ । लिडरसिप डेभलपमेन्टको कुरा पनि यसैबाट जान्न सकिन्छ । फाइनान्स, रिसोर्स म्यानेजमेन्ट, बिजनेस डेभलपमेन्ट कुरा पनि यसैमा आउँछ । समग्रमा भन्नुपर्दा एमबीएको अध्ययनपछि ब्रोडर नलेज हासिल गर्न सकिन्छ ।

मेरो बुझाइमा यस विषय अन्य जुनसुकै विषय अध्ययन गरेका व्यक्तिहरूले अध्ययन गर्नुपर्छ । यदि उनीहरूले आफ्नो क्षेत्रमा सफलता हासिल गर्ने चाहना राखेका छन् भने यस विषय पढ्नैपर्छ । टेक्निकल विषय पढेरमात्र सफलता हासिल गर्न सकिँदैन ।

विदेशतिर पनि इन्जिनियररिङ पढेका अधिकांश व्यक्तिहरुले एमबीएको अध्ययन गरेका हुन्छन् । 

मैले पनि इन्जिनियरिङ पढेपछि सुरुसुरुमा टेक्निकल काम मात्र बढी गर्नुपथ्र्यो । जब म्यानिजेरियल जिम्मेवारी आयो त्यसपछि यसको आवश्यकता महसुस भयो ।

मेरो बुझाइमा टेक्निकल तथा नन्टेक्निकल जुनसुकै विषय पढेका विद्यार्थीले पनि एमबीएको अध्ययन गर्नुपर्छ । विदेशतिर पनि इन्जिनियरिङ पढेका अधिकांश व्यक्तिहरूले एमबीएको अध्ययन गरेका हुन्छन् ।

मैले पनि टेक्निकल विषयबाट आर्जन गरेको ज्ञानलाई व्यवस्थित गर्न एमबीएको अध्ययनपछि धेरै सहयोग पुगेको महसुस गरेको छु । अहिले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्ने सिलसिलामा पनि एमबीएको अध्ययनले ठूलो मद्दत पुर्‍याएको अनुभव गरेको छु ।

व्यावसायिक र पेसागत जीवनमा मात्र होइन, हाम्रो दैनिक जीवनलाई सहज रूपमा सञ्चालन गर्नका लागि पनि हरेक नागरिकमा व्यवस्थापनको सीप हुनुपर्छ । यस्तो सीप हासिल गर्ने एकमात्र माध्यम भनेको एमबीएको अध्ययन हो ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment