तुलसीपुर – पूूर्व स्थानिय प्रशासन मन्त्री रेखा शर्माले टोपी लगाएका राष्ट्रवादी र धोति लगाएका अरु सबै राष्ट्रघाति भन्ने सोच गलत भएको बताएकी छन् ।
उत्पिडनमा परेका समुूदायलाई अधिकार नदिएर उनीहरुले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उनीहरुलाई इम्पावर दिनका लागि संविधान संशोधनको प्रस्ताव अघि सारिएको बताउँदै जातजातिका आधारमा कसैलाइ विभेद गर्न नहुने तर्क गरिन् ।
संवाद समूह क्षेत्रिय सचिवालयले तुलसीपुरमा गरेको ५ नम्बर प्रदेश हेरफरको औचित्य, चूूनौति र समाधान विषयक कार्यक्रमा उनले सिमाङ्कनको कुरालाई लिएर प्रतिपक्षले विभाजन र विभक्त गर्न खोज्दा उत्पिडनमा परेका समुदायलाइ अपहेलित गरेको जस्तो हुने धारणा राखीन् ।
अहिलेको टड्कारो आवश्यकता भनेको तीन वटा निर्वाचन भएको भन्दै राष्ट्रिय सहमतिका साथ अघि बढेर संविधान संशोधनको प्रस्ताव माथी छलफल गरेर अघि बढ्न सवै दललाई उनको आग्रह थियो ।
त्यसैगरी नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य मेटमणी चौंधरीले विदेशीलाई खुशी पार्न कांग्रेस सभापति शेरवबहादुर देउवाको सहयोगमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न एजेन्डाहरु अघि सार्ने काम गरेको बताए । शान्तिपूर्वक मिलेर बसेको समूूदायलाई विभाजन गर्न र वेमेल पैदा गरेर अशान्ति ल्याउन पाँच नम्बरको प्रदेशलाई टुुक्रयाउने योजना अघि सारेको उनको दाबी छ । संविधान कार्यान्वयन गरेर सम्वृद्धि तर्फ अघि बढ्नु पर्ने बेला जबरजस्ती टुक्रयाएर मुूलुकलाई भूूमरिमा फसाउने सडयन्त्र भइरहेको सदस्य बताए ।
सोही कार्यक्रममा सांसद तथा कांग्रेस नेता डिल्लीबहादुर चौंधरीले मधेसवादी दलहरु सच्चा देशभक्ति भएको बताउनु भएको छ । भारतले सिमाअतिक्रमण गर्दा मेधसीहरुले नै देशलाई बचाएको भन्दै मधेसीहरु नेपाली होइनन् भन्ने सोचाई गलत भएको बताउनु भयो । मदेशीलाई भारतीयका रुपमा हेर्ने दृष्टिकोण एमालेले त्याग्नुपर्ने उहाँले बताउनु भयो । पाँच नम्बर प्रदेशलाई टुुक्रयाउदा कुनै फरक नपर्ने भन्दै चौंधरीले दाङलाई उल्टै फाइदा हुने बताउनुभयो ।

0 comments:
Post a Comment