उत्पीडित जागरण अभियान मोर्चाको तर्फबाट "मन्जु मोक्तान बचाउ अभियान" को लागी संकलन गरिएको सहयोग रकम एक कार्यक्रमका बिच बितरण !


मणिकलाल घिसिङ
काठमाडौ, २९ मंसिर । उत्पीड़ित जाँगरण अभियान मोर्चाको तर्फबाट संकलन गरिएको ४३,२३१/- {त्रिचालीस हजार दुई सय एकतीस रुपैयाँ} एक समाहरोह बिच मञ्जु माया तामाङलाई कमलबिनायक भक्तपुरको फेमिली गेष्ट हाउसमा हस्तान्तरण गरियो । सो रकम संयुक्त रुपमा माणिकलाल घिसिङ तामाङ र निङमार लामाले संयुक्त रुपमा हस्तांतरण गरेका थिए । कोषाध्यक्ष जीएम लोपचनको बिशेष पहलमा सो रकम संकलन गरिएको थियो ।

परिचयात्मक कार्यक्रम पछि मोर्चाको बारेमा मोर्चाका केन्द्रीय सदस्यहरु रचना मोक्तान, अग्नि दोङ, सुदिन दोङ, निङमार लामा, भीम तामाङ, माणिकलाल घिसिङ, दोर्जे तामाङ, उषा घिसिङले परिचय राख्दै र मोर्चा बारे आफ्ना धारणाहरु राखेका थिए । सामाजिक सञ्जालमार्फ़त एकीकृत भएको मोर्चाले बिगत देखि बर्तमान सम्म बिभिन्न सामाजिक काम गर्दै आएको र भबिस्यमा पनि निरन्तर  चलिरहने सदस्यहरुले प्रतिबद्धता जनाए ।

मञ्जु बचाऊ अभियानका अभियन्ता वाङजु वाईबाले मञ्जु मायाको उपचारको निमित्त लाग्ने भनिएको रकम उठीसकेको जानजारी गराए । तेसैमा थप्दै भने, "३१ लाख जत्ती रकम संकलन भएको छ । मञ्जुलाई उपचारको क्रममा २८ लाख रुपैयाँ जत्ती लाग्ने अनुमान छ ।" मञ्जुको पछिल्लो स्वास्थ अबस्था बारे पनि जानकारी दिए । अहिले एउटा कानको लागि उपचार गरिदैं छ, र त्यसको लागि एघार लाखको मेशिनको लागि लाग्ने र अरु खर्चहरू जोड्दा पन्ध्र लाख लाग्ने बताए । एउटा कानको सफल उपचार प्रयास पछि अर्को कानको उपचार करीब तीन महीना पछि गरिने जानकारी दिए । पहिलो उपचारमा मञ्जु मायाले एक महिनाको अस्पताल आराम लिनुपर्ने डाक्टरको सल्लाह रहेको छ ।
 
मोर्चाका अध्यक्ष शरीन ख्युङ्वा तामाङले ऑनलाइन मार्फ़त जानकारी दिदै, "आपद बिपद पर्दा सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । सबैको सानो प्रयासमा पूण्य काम बन्छ भने, त्यसमा सहभागिता हुनुपर्छ ।"

त्यसै गरी मोर्चाका केंद्रीय सदस्य शाङ्मु थोकरले आर्थिक सहयोग गर्न आफू एकदमै खुशी भएको ब्यक्त गरे । त्यसैमा थप्दै भने, "मान्छेको दुःखमा मान्छेको मन दुख्नुपर्छ । सबैले यदि सहयोग गर्ने हो भने, सानो सानो सहयोग पनि ठुलो सहयोग हुन्छ ।" साइप्रसमा सहयोगी साथीहरु शरू लामा, छिरिङ लामा, पासाङ लामा लगायतका साथीहरूको सहयोगको आभारी रहेको बताउँदै मञ्जुको शीघ्र स्वास्थ लाभको कमाना ब्यक्त गरेका थिए । मोर्चाका केन्द्रीय सदस्य मंगल दास लामा {एम्.डी.बल} कतारबाट आफ्नो सन्देश मार्फ़त सहयोग गर्ने सबैप्रति धन्यबाद ब्यक्त गर्दै आफूले पानी थोरै भएपनि मोर्चा मार्फ़त रकम सहयोग हस्तांतरण गर्न पाउदा ख़ुशी भएको बताए ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment