अरु शासक जातले खातक (खादा) लाई अपमान गरि गल्वन्दी प्रयोगमा ल्याएको छ । इतिहासको कालखण्डमा के कस्तो शोषण गरियो त्यो अतित मात्रै थियो, तर आज प्रत्यक्ष देख्ने आक्रमण लाई त तामाङ नयाँ पुस्ताले देखियो होला ।
तर तामाङ हरुलाई तिज, दशै, तिहार जस्तो कति प्यारो लाग्छ । अझ भन्ने गर्छ हामी सबैको चाडपर्व लाई सम्मान गर्छु रे ।
सम्मान गर्नु को मतलब आफैले मान्नु पर्ने त होईन होला। तसर्थ हाम्रो ल्होछार को बेला कोहि शासक जात का मान्छे ले तामाङ भेषमा ल्होछार मनाउन आएको देखियो त ?? र हाम्रो अन्य पर्व उनिहरुले मनाउने गरेको देखियो ? कति फरक छन् चिन्तन गरौ !
मैले नबुझेको तामाङ हरुको मनोभावना !!
अरुले यस्तो प्रत्यक्ष आक्रमण गरेको देख्दा देख्दै पनि किन अझ अरु कै नियत प्रति आकर्षित हुन्छौ ? अझ नविन लामा त तामाङ कै नेतृ हो भन्थ्योे ।
अखिर तामाङ हरु किन यस्तो हुन्छ ?
१ ) तामाङ हरु समझदारी भएर ?
२ ) तामाङ हरु कमजोर भएर ?
३ ) अशिक्षित भएर ?
४ ) तामाङ हरु नाच्न गाउन मात्रै मा सिमीत भएर ?
५ ) तामाङ हरु लाई अरु जात को नियत प्रति आकर्षण विना रोजी रोटी नपाएर ?
६ ) तामाङ हरुलाई आफ्नो सामुदायिक स्रोत नभएर ?
७ ) तामाङहरु ले "जस्ता लाई त्यस्तै , ढिढा लाई निस्तै" गर्न नजानेर ? वा गर्न नसकेर ? या त्यसो गर्दा मायाँलु संग बिछोड हुने भएर ?
८ ) तामाङ हरु किन एकलौटी मायाँ प्रेम मात्रै गर्नु हुन्छ ? एक तर्फी प्रेम तामाङ ले मात्रै किन गर्दै हुनु हुन्छ ?
९ ) एकलौटी मायाँ गर्नु तामाङ को के बाध्यता हो ?
यस्तै यस्तै प्रश्न हरु छन् जुन तामाङहरु को मन मस्तिष्क मा टाँसेको उत्तर हो । इतिहास मा के थियो, भयो यो अतित मात्रै हो म मान्छु तर नयाँ युगमा पनि एकलौटी मायाँ, एकलौटी शोषण त ठीक होईन । अहिले प्रत्यक्ष नमुना हेरौं खातक प्रतिबन्ध बारेमा । अरु कति कति ! शासक जात लाई फेरि उत्पीडित वर्गको भन्ने चिज केहि पनि रुचाउन नसक्ने चाहिँ किन होला यो पनि मैले बुझेन। अब बुझ्दै जान्छ होला सबैको चलखेल र मनोविज्ञान । तामाङ हरु ले अझ धेरै विचार गर्नु पर्ने वस्तुगत लाई सबैले मनन गरुन् । धन्यवाद ।
0 comments:
Post a Comment