पत्रकार प्रेम बानियाँलाई भेटेर झापट हैन, गोली ठोकौ लाग्यो तर बुद्धिस्ट सिद्धान्तमा गोली हैन बोलीको नैतिकता अपनाउनु पर्छ !


पत्रकार प्रेम बानिया मेरो रुचिमा पर्ने एन नेपाली पात्रकार हुन, तर खादा बारे बुझ्दै नबुझी भ्रमित समाचार सम्प्रेषण गरेको देख्द आपत्ति लाग्यो । 

भेटेर एक झापड होईन, गोली नै ठोकौ जस्तो  तर बुद्धिष्ट सिद्धान्तमा गोली होईन बोलीको नैतिकता अपनाउनु पर्ने भएको हुनाले  प्रेम बानिया संग  प्रत्यक्ष भेटेर तर्क गर्न मन लागेको छ।  प्रेम बानियाको कुनै नं. तथा ठेगाना भए मलाई सेन्ड गरिदिनु होला।

यदि तपाईं हरु कोही कसैले भेट्यो भने  निम्न  तर्क प्रस्तुत गर्नु होला।

क) बुझ्दै नबुझी खादाको माला रे !

1) को हो त बुझ्दै नबुझी खादा को माला लगाउने ?  
2)  हामी बुद्धिष्टहरु ? 
3) कि अरु कुनै? ? 
4) बुझ्नु पर्ने अर्थ के हो? ?

ख) खादाको सभ्यता, अर्थिक क्षति रे !

1) खादा ले अर्थिक क्षति हुन्छ भनेर साच्चै सोच्नु भएको हो कि यो एउटा भ्रम पार्ने षड्यन्त्र मुलक  आवाज हो ? 2)  यो षड्यन्त्र मुलक आवाज होईन किन नभन्ने ? 
3) अर्थिक क्षति लाई चिन्ता हो भने खादा लाई मात्रै किन  ? 
4) अरु नुन खुन सबै विदेश  बाट आयात गर्नु पर्ने बारे सामान्य ज्ञान छ ? 
5) त्यसैले तर्कहिन भ्रम समाचार सम्प्रेषण गर्नु पुर्व केहि अध्यान गर्नु पर्दैन ?  
6) खादा बाट करौडोका आम्दानी देखिन्छ भने नेपालमा खादा उत्पादन गर्न कसले निषेध गरेको ?  
7) कसैले निषेध गरेको छ‌ैन भन्ने ज्ञान छ कि छैन ?  
8) नेपाल मै खादा उत्पादन गरेर करौडौ अर्थिक उपज उपाय छ कि छैन  ? 
9) त्यसमा आवाज उठाएर अर्थिक क्षति रोकेर अर्थिक स्रोत तिर ध्यानकर्षण किन नगरेको ? 

ग) खादामा चिन विरोधी अर्थ प्रयोग रे !

1) कुन खादामा चिन विरोधी प्रयोग गरेको छ ? 
2) तपाई लाई कसैले लगाई दिनु भएको थियो या अरु कसैलाई लगाईएको देख्नु भयो ?  कि त्यसै रे को भरमा समाचार सम्प्रेषण ? यो सब कारण हेर्दा भ्रम फैलाउने दुस्सहास किन नभन्ने ?

ङ) फुल माला, अरु के के लगाए हुन्छ रे ! 

1) कसले हुदैन भनेको छ ? खादा नै लगाउनु पर्छ भनेर कसले भन्यौ ? 
2) फुल माला लगाउने फुल माला लगाउँछन्,  खादा लगाउने ले खादा किन हुदैन ?  
3) यो बुद्धिष्ट को चलन हो यसलाई फैलाउन दिनु हुदैन  भन्ने कु विचार ले सम्प्रेषण गरेको ? गलत किनकि यसले बुद्धिष्टको अर्थ होईन भेटघाटमा सहानुभूति को अर्थ दर्शाउछ।  बुझेको छ ? खादाले के दर्शाउने गर्छ ? त्यसमा के लेखेको छ ? भेटघाट को निम्ति यसले प्रकट गर्ने विशेषतः के छ ? किन प्रयोग गरिरहेको छ ? र अन्य कारण र परिणाम लाई तपाई ले बुझेको छ ?  यसर्थ मा तपाईं चाहिँ बुझ्दै नबुझी खादा बारे झुटो भ्रम फैलाउने कुकर्म गर्नु भएको छ ।

तपाई को खादा रोक्नु पर्ने तर्क हरु कुनै पनि सैद्धान्तिक छैन । वस तपाई को हिन्दुत्व को मन ले सम्प्रदयिक षड्यन्त्र गरिरहेको कुरा स्पष्ट छ।   यहि हो राष्ट्रिय पत्रकार ?  

घोर आपत्ति साथ प्रेम बानियाले सार्वजनिक माफ माग्ने कर्म गर्नु नै उहाको भलो हुनेछ । र आगामी दिनमा कसैले पनि यस्तो हर्कत गरेर हामीलाई बोल्न बाध्य नपार्नु हुना अपिल प्रकट गर्दछु । 

गेलोङ तारा तामाङ
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment