जय स्वाभिमान को नारा लगाउदै कसैको धार्मिक सहिष्णुता,सस्कृती,सस्कार,रिति रिवाज,परम्परा,र मूल्य मान्यता माथी प्रहार पाईदैन !

जय स्वाभिमान को नारा लगाउदै कसैको धार्मिक सहिष्णुता,सस्कृती,सस्कार,रिति रिवाज,परम्परा,र मूल्य मान्यता माथी प्रहार गर्नु साच्चिकै दु:खद कुरा हो । हाम्रो देश नेपाल जहाँका मानिसहरु सबै पक्षबाट स्वतन्त्रता को बाटो मा लम्किसक्यो,यहाँ जस ले जे गर्दछ आफ्नो स्व-स्फुर्त इक्षा र आकाङ्क्षा ले गर्दछ! देश ले निर्माण गरेको नीति र कानुन को दायरामा रहेर, 
                  
सन्दर्भ news 24 बाट प्रसारित power news नामक कार्यक्रम को हो, जहाँ केही दिन अगाडी खादा को बिषय लाई लियर नकारात्मक ब्याख्या र बिस्लेशन गरियको थियो ! कार्यक्रम संचालक prem baniya द्वारा संचालित कार्यक्रम तत्कालै हेर्न नपाय पनि सामाजिक संजाल मा भयका ब्यापक टीका टिप्पणी पश्चात् के रहेछ त सत्य भनी बुज्न इच्छुक भएँ र कार्यक्रम हेरियो,
                                    
जहाँ prem baniya ले खादा (खतक) को प्रयोग गर्ने हरु लाई मूर्ख को संज्ञा दिइयको पाइयो,खादा को प्रयोग ले वातावरण लाई धेरै असर गरेको भन्ने भाब पाइयो,खादा को प्रयोग ले देश को अर्थतन्त्रमा प्रत्यक्ष असर पर्न गएको भनेर निक्कै तन्की तन्की टिप्पणी गरियको पाइयो, आखिर यो आधार हिन र तथ्यहिन कुरा को मनशाय के हो,,??
                  
बानियाँ जि -: तपाइले power news को लागि अन्य कुनै बिषय पाउनु भयन जुन बिषयले जनता मा सत्य सुचना प्रबाह गरोश,समाज मा भयका बिकृती र बिसङगतिको विरुद्ध उजागर गरोश,देश मा ब्याप्त तमाम घटना र परिघटना को पर्दाफास गरोश,गरिबी,बेरोजगार,राजनीतिक कुन्ठा ले निम्त्याएको समस्या र समाधान को तन्की तन्की बहस गर्नु त  आम देशबासी ले तपाइको तन्की तन्की support गर्नेछन,तन्की तन्की स्वागत गर्नेछन, यसरी तपाइको आस्था र धर्म बिपरित भयो भन्दैमा अरुको आस्था र धर्म लाई आँच पुर्याउन अनि तन्की तन्की नकारात्मक टिप्पणी गर्न तपाइको ढाका टोपी,कोट अनि पत्रकार को ट्याग लगाउने शरीर लाई अलि सुहायन यसैको फल स्वरुप चौतर्फी तपाइको र news 24 को आलोचना हुँदै छ । बेलैमा पाठ सिक्नुहोस,,
                     
आधार हिन र तथ्यहिन प्रचार गरेर खादा(खतक) को प्रयोग गर्ने जमात लाई मूर्ख को संज्ञा दिनु कत्तिको उचित हो,,परिवर्तन शिल समाज मा अरुको आस्था,धर्म र परम्परा लाई प्रहार गर्ने मान्छे मुर्ख कि खादा को प्रयोग गर्ने मान्छे मूर्ख हो समाज का बुद्दिजिबी हरु ले छुट्टयाउनु पर्दछ,धर्म र आस्था कहिले पनि तिम्रो र हाम्रो हुदैन सबैको साझा बिषय हो, 
                         
पछिल्लो  समयमा धेरै बिरोध र आलोचना पश्चात् news 24 ले आफ्नो धारणा ब्यक्त गर्दा माफी मागेको जस्तो देखाय पनि वास्तवमा माफी मागेको देखिदैन घुमाइ फिराइ बिरोध र आलोचना गर्ने हरुलाइ प्रहार गरियको देखिन्छ,, त्यसैले ठुलो सानो, तेरो मेरो नभनी गलत कार्य को निरन्तर बिरोध गर्नु पर्दछ ।। जसले मानिस लाई सहि बाटो को मार्ग निर्देश गर्दछ !!!!!

Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment