कास्कीको काहुँडाँडामा विश्वकै अग्लो बुद्धमूर्ती बन्ने

पोखरा, फागुन १९ । पोखरा उपमहानगरपालिका वडा नं. २१ काहुँडाँडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डला निर्माण सहयोगार्थ प्रारम्भिक अध्ययनका लागि आएका विदेशी विशिष्ट प्राविधिक टोलीको बुधवार विहान धर्मकाया मण्डला विकास तथा व्यवस्थापन समितिले विदाइ गरेको छ ।
विदेशी विशिष्ट प्राविधिक टोलीमा चीनकी प्रसिद्ध मूर्तिकार मी र सिंगापुरका प्रसिद्ध डिजाइनर क्यारिङको नेतृत्वमा आएको ७ सदस्यीय इन्जिनियर र मूर्तिकार नेपाल आएका थिए ।
सांस्कृतिक, धार्मिक, पर्यटकीय केन्द्र स्थापित गर्न काहुँडाँडामा जनसहभागितामा डेढ अरबको लागतमा संसारकै सबैभन्दा अग्लो २६५ फिटको बुद्धमूर्तिसहित बुद्ध मण्डला निर्माणको योजना अभियानका साथ थालनी भएको छ ।
सांस्कृतिक, धार्मिक, पर्यटकीय केन्द्र स्थापित गर्न काहुँडाँडामा जनसहभागितामा डेढ अरबको लागतमा संसारकै सबैभन्दा अग्लो २६५ फिटको बुद्धमूर्तिसहित बुद्ध मण्डला निर्माणको योजना अभियानका साथ थालनी भएको छ ।
हाल सम्मको संसारमा सबै भन्दा अग्लो २४० फिटको बुद्धमूर्ति भुटानमा चिनीया प्रसिद्ध मूर्तिकार मीले नै बनाएका हुन् ।
मूर्तिकार मीले चीनमा रहेका करिब ९० प्रतिशत बुद्धमूर्ति र दक्षिण एशियाका अधिकांश मूर्तिहरु निर्माण गरेको भिक्षु साङ्पा रिङ्पोछेले जानकारी दिए ।
सोमवार पोखरा आइपुगेको विशिष्ट टोलीले पोखरामा डकुमेन्ट्री प्रदर्शन गरेको थियो भने दुई दिनसम्म धर्मकाया बुद्ध मण्डला निर्माण स्थल काँहुडाँडामा सर्वेक्षण गरेको थियो 

धर्मकाया मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ(मैना)ले खादा, धर्मोदय दायक सभाका कृष्णमान गुभाजु, सद्धर्म सभाका भरतराज शाक्यले माला लगाएर समितिको तर्फबाट विदाइ गरिएको थियो ।
विदेशी विशिष्ट प्राविधिक टोली भिक्षु साङ्पा रिम्पोछेसहित बुद्धको जन्मस्थल लुम्बिनी अवलोकन भ्रमणमा प्रस्थान गरेको छ । लुम्बिनी भ्रमणपश्चात् काठमाडौंमा रहेका बुद्ध मूर्तिहरुको अवलोकन गर्ने कार्यक्रम रहेको धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिए ।
धर्मकाया बुद्ध मण्डला निर्माणका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमबाट समेत स्विकृत भई जनसहभागितामा निर्माण गरिने जिल्ला विकास समिति कास्कीबाट कास्की गौरव र पोखरा उपमहानगरपालिकाबाट पनि विशेष सहयोगको पहल भइरहेको छ ।
साभार esamata 
Share on Google Plus

About Anonymous

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment