lगरिव परिवारबाट हुर्केकी फूपुले सागको gold medal चुमिन,, बाबुलाइ सम्झिदा आँसु थाम्न सकिएन l

गरिव परिवारबाट हुर्केकी फूपुले सागको gold medal चुमिन,, बाबुलाइ सम्झिदा आँसु थाम्न सकिएन,,,मैले पुरै पढे र मेरो पनि आँसु बग्न थाल्यो,, तपाइको पनि मन कमलो भए पक्कै आँसु आउने छ,, सर्बप्रथम उहाॅलाइ धेरै धेरै बधाई,,, अजै धेरै अन्तराष्ट्रिय gold medal जितुन नाम संसारभरी रोशन गरुन ,,,बधाई l
lets try मेरो आँसु झर्यो तपाईको हेरौ,,,,,तर प्रतिकिया दिन नबिर्सनु होला ,,,

अर्काको भारि बोकेर हुर्काइएकि छोरिले चुमिन् सागको गोल्ड मेडल (फोटो फिचर)
भारतको सिलोङस्थित जवाहरलाल नेहरू स्पोर्टस कम्प्लेक्समा नेपाली खुशीको रंग फैलियो, जब रेफ्रीले सिट्ठी फुकेर फुपू ल्हामूले स्वर्ण पदक जितेको संकेत गरे । एकछिन अघिसम्म भटाभट ‘फाइट’ हानेर सनसनी मच्चाएकी फुपू भने थचक्कै बसिन् । उनको संसारलाई खुशीले ढाकिदियो । खुशीको तेज उनका आँखाले धानेनन्, भेल भनेर झर्न थाले । उनको आवाज लट्पटियो, हिक्कामा बदलियो । केही मिनेट नै लाग्यो सम्हालिन । र, असीम खुशीले रंगिएको बाटो हिँडेर उनी प्रशिक्षक र अफिसियलको समिप पुगिन् । र, घोषणा गरिन्– म यो गोल्ड मेडल दिवंगत बुबाप्रति समर्पण गर्छु । बाह्रौं दक्षिण एशियाली खेलकुद मैदान र पर्दामा खेल हेरिरहेका दर्शक भावुक बने ।
पर्यटकको भारी बोकेर विश्वको सर्वोच्च शिखरसँग मितेरी लगाएका दोर्जे आफ्नी छोरीले स्वर्ण चुमेको हेर्न चाहन्थे, तर उनको आँखाअगाडि त्यो सपना पूरा हुन पाएन ।। ‘बाबाले हामीलाई छाडेको दुई बर्षपछि उहाँको सपना पूरा गरेजस्तो अनुभूत भयो’, फुपूले भनिन्, ‘त्यसैले उहाँलाई सम्झेपछि अचानक आँसु आयो ।’
उनी त उसै पनि बुबालाई सम्झिरहेकी थिइन् । आठ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा चढिसेकका उनका बुबा दोर्जे शेर्पा दुई वर्षअघि हिमपहिरोमा परेका थिए । लामो समय पर्यटकको भारी बोकेर विश्वको सर्वोच्च शिखरसँग मितेरी लगाएका दोर्जे आफ्नी छोरीले स्वर्ण चुमेको हेर्न चाहन्थे, तर उनको आँखाअगाडि त्यो सपना पूरा हुन पाएन ।। ‘बाबाले हामीलाई छाडेको दुई बर्षपछि उहाँको सपना पूरा गरेजस्तो अनुभूत भयो’, फुपूले भनिन्, ‘त्यसैले उहाँलाई सम्झेपछि अचानक आँसु आयो ।’
भारतकी सुनिवालादेवी हुइदरमलाई पराजित गर्दै स्वर्ण पदक जितेकी जुडो स्टार फुपू ताप्लेजुङको गरीब परिवारमा जन्मेकी थिइन् । ताप्लेजुङ बजारमा उनकी आमा फुपू थाक्चे शेर्पाले सामान्य होटल चलाएकी थिइन् । बावु दोर्जे शेर्पा ‘पोर्टर’ थिए । दोर्जे ६ महिना ताप्लेजुङ बस्थे, अर्को ६ महिना विदेशी पर्यटकहरूको भारी बोकेर काठमाडौंबाट सगरमाथाको चुचुरोसम्म धाउँथे ।
उनकी आमाले चलाएको होटलमा मदिरा सेवन गर्ने ग्राहकहरू धेरै हुन्थे । फुपूसँगै दिदी डोमा पनि हुन्थिन् । तर एक दिन उनीहरूले ताप्लेजुङ छोडे । ‘सानो भाइ आमाको पेटमै थियो’ फुपूले भनिन्, ‘त्यहीबेला आमा बिरामी हुनुभो, त्यसपछि हामी होटल छाडेर काठमाडौं आयौं ।’
०५५ मा काठमाडौं छिरेको शेर्पा परिवारको जिन्दगी कपनको एउटा सानो कोठामा चल्न थाल्यो, जतिबेला फुपू चार वर्षकी थिइन् । गर्भवती श्रीमतीलाई जन्डिसले च्यापेपछि बुबा दोर्जेले भारी खेपेरै परिवार पाल्ने जोखिम मोलेर दुई छोरीसमेतलाई काठमाडौं बोलाएका थिए ।
होटलदेखि जुडो हलसम्म
कान्छो छोरो छिरिङ दोर्जे जन्मिएपछि फुपूकी आमाले काठमाडौंको नयाँबजारमा होटल चलाउन थालिन् । डेरा कपनबाट नयाँबजार भयो । त्यसपछि उनको स्कुल जीवन सुरु भयो । नयाँबजारको बालकेन्द्र स्कुलबाट प्राथमिक कक्षाका अध्ययन सकेकी उनले क्षेत्रपाटीको प्रभात माध्यमिक विद्यालयबाट एसएलसी गरिन् ।
होटल नजिकै बहुउद्देश्यीय ‘मार्सल आर्ट’ हल थियो । हलमा बिहानदेखि बेलुकीसम्म मार्सल आर्ट सिक्न र सिकाउन जाने धेरै हुन्थे । प्रतियोगिता पनि बारम्बार चलिरहन्थ्यो । त्यहाँ खेल्न जानेहरू फुपूको होटलमा खाजा खान आउँथे । त्यस्तैमा एकदिन उनको होटलमा खाजा खान पुगेका चन्द्र डंगोल र लीला अधिकारीले उनका बुबा दोर्जेलाई सल्लाह दिँदै भने, ‘तपाईंको छोरीलाई पनि जुडोको ट्रेनिङमा पठाउनुस् न !’
६३ केजीमुनिको तौल समूहबाट गोल्ड चुमेपछि आफ्नो प्रशिक्षकसँग मोबाइल मागेर खुसीको खबर सुनाउँदा आमाको स्वर खुसीले काँपेको थियो । भनेकी थिइन्, ‘धेरै खुसी लाग्यो छोरी ! म तिम्रो जित होस् भनेर बिहानभर बौद्धमा बसेर बत्ती बालेँ, भर्खर फर्किंदै छु ।’
दोर्जेलाई ग्राहकको सल्लाह मनासिव लाग्यो । त्यसैले भोलिपल्टै उनले फुपूलाई जुडो प्रशिक्षणमा भर्ना गरिदिए । ‘त्यतिबेला चन्द्र डंगोल र लीला अधिकारी कोरिया जान लाग्नुभएको रहेछ’ फुपूले भनिन्, ‘उहाँहरूले विदेशमा पनि गएर खेल्न पाइन्छ भन्दा अनौठो लागेको थियो ।’
जुडो सिक्न सुरु गर्दा उनी कक्षा ६ मा पढ्थिन् । उनका गुरु थिए– धर्मकुमार श्रेष्ठ, रमेश डंगोल, दीपककृष्ण श्रेष्ठ र रमेश मल्ल । नेहरू स्पोर्टस् कम्प्लेक्समा फुपूले गोल्ड मेडल चुम्दै गर्दा सँगै रहेका धर्मकुमार श्रेष्ठ निकै खुसी देखिन्थे ।
त्यसो त यता आमा र दिदीको खुसीको सीमै थिएन । ६३ केजीमुनिको तौल समूहबाट गोल्ड चुमेपछि आफ्नो प्रशिक्षकसँग मोबाइल मागेर खुसीको खबर सुनाउँदा आमाको स्वर खुसीले काँपेको थियो । भनेकी थिइन्, ‘धेरै खुसी लाग्यो छोरी ! म तिम्रो जित होस् भनेर बिहानभर बौद्धमा बसेर बत्ती बालेँ, भर्खर फर्किंदै छु ।’
फेब्रुवरी १५ का दिन भएको खेलका लागि आमाले छोरीको सफलताको कामना गर्दै दियो जलाउँदा दिदी डोमाले भने ताप्लेजुङको पाथिभरा माईलाई भाकल गरेकी थिइन् । अहिले डोमा आफ्नी आमालाई लिएर पाथिभरामा भाकल बुझाउन गएकी छिन् । त्यसैले त त्रिभुवन विमानस्थलमा गोल्ड मेडलको माला पहिरिएर ओर्लंदै गर्दा फुपूले आफ्नी आमा र दिदीलाई भेट्न पाइनन् । एक साता बित्नै लाग्दा पनि उनले आमा र दिदीलाई अंगालो हालेर हर्षको आँसु साट्न भने पाएकी छैनन् ।
विमानस्थलमा उनलाई लिन भाइ छिरिङ दोर्जे पुगेका थिए । ‘सबैले मेरो फोटो खिचेको देखेर भाइ त हाँसिरह्यो, हेरेर मात्रै बसिरह्यो’, उनले भनिन् । शायद छिरिङले आफ्नी दिदीलाई त्यतिका क्यमराको बीचमा कहिल्यै देखेको थिएनन् ।
बीस बर्षपछि स्वर्णको खुसी
नेपाली जुडोले दक्षिण एशियाली खेलकुदमा विगत २० बर्षयता स्वर्ण पदक जित्न सकेको थिएन । फुपूले दुई दशकपछि ऐतिहासिक स्वर्ण मात्र जितिनन्, नेपाली जुडोको इतिहांसमा पहिलो पटक सागको स्वर्ण चुम्ने महिला खेलाडी पनि बनिन् । त्यो क्षण सम्झिँदै फुपूले भनिन्, ‘जितेँ भन्ने थाहा पाउनेबित्तिकै त मेरो होसै हरायो । त्यतिबेला मलाई बुबाको याद आयो, त्यसैले म म्याटमै बसेर रुन थालेँ ।’
भारतकी चर्चित खेलाडीलाई हराएर गोल्ड मेडल हात पार्नुमा आफूलाई हंगेरीको ट्रेनिङले सपोर्ट गरेको उल्लेख गर्दै फुपूले भनिन्, ‘हंगेरीमा कन्फिडेन्स बढेको थियो, जितका लागि माइन्ड मेकअप गरेरै प्रतिस्पर्धामा उत्रिएकी थिएँ ।’
रियो ओलम्पिक– २०१६ को सातमहिने छात्रवृत्तिअन्तर्गत हंगेरीको बुडापेस्टमा प्रशिक्षणरत फुपू सागमा प्राप्त खुसीलाई शब्दमा व्यक्त गर्नै नसक्ने बताउँछिन् । भन्छिन्, ‘स्वर्ण जित्दाको खुसी शब्दमा बयान गर्नै सक्दिनँ ।’
फुपू आफ्नो खेल हुनुभन्दा दुइ दिनअघिमात्र भारतको सिलोङ पुगेकी थिइन् । हंगेरीमा रहँदै उनले उस्सु खेलाडी निमा घर्तीमगरले गोल्ड मेडल जितेको समाचार सुनिसकेकी थिइन् । ‘निमाले जितेको सुन्नासाथ मैले माइन्ड मेकअप गरेको थिएँ, जुडोमा म पनि ल्याउन सक्छु भनेर’ फुपूले भनिन्, ‘मैले यति राम्रो प्रशिक्षण पाएकी छु, म पनि गोल्ड ल्याउँछु भन्ने मनोवाद गर्दै हंगेरीबाट जहाज चढेकी थिएँ ।’
सिलोङ पुगेपछि फुपू र उनका साथीहरूलाई जुडो साइकोलोजिस्टहरूले मानसिकरूपमा जितका लागि आत्मविश्वासको अभ्यास गराए । साइकोलोजिस्टहरूले भनेअनुसार फुपूले जितेको सपना देखिन्, राष्ट्रिय गान गाएर मेडल जितेको आत्मबोध गरिन् । ‘खासमा म गोल्ड मेडल नै ल्याउन भनेर गएकी थिएँ’ फुपूको आत्मविश्वास व्यक्त गरिन् ।
त्यसो त फुपूले राष्ट्रिय स्तरका जुडो प्रतियोगिताभन्दा अघि हुने सेलेक्सन पनि धेरै खेलेकी छिन् । सेलेक्सनमा च्याम्पियन भए पनि राष्ट्रिय प्रतियोगिता भएकै समयमा कहिले एसएलसी त कहिले एघार÷बाह्रको बोर्ड परीक्षा पर्दा उनी धेरै प्रतियोगिताबाट वञ्चित भएकी छिन् । ‘सेलेक्शन खेल्छु, गेम खेल्नेबेलामा ठ्याक्कै कहिले परिक्षा पथ्र्यो, कहिले के हुन्थ्यो’ फुपूले भनिन् । २०६९ देखी जुडोको राष्ट्रिय टिममा परेकी फुपूले पाँचौं र छैटौं राष्ट्रिय खेलकुदको छनोट चरण खेलिन् । त्यतिबेला नयाँ खेलाडीको सूचीमा पर्ने फुपू ५२ केजीको ‘वेट क्याटगोरी’मा खेल्थिन् । पाँचौं राष्ट्रिय खेलुकको फइनलमा पराजित भएर रजत पदमा सीमित भएकी फुपूले ०६९ ताका सम्पन्न लुम्बिनी च्याम्पियनसिपमा गोल्ड मेडल जितेकी थिइन् । परीक्षाको समय परेकाले छैटौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्न नपाएकी फुपू भन्छिन्, ‘परीक्षाको समय नजुधेको भए छैटौंमा पनि राम्रै नजिता आउँथ्यो होला ।’
पछिल्लो समय त्रिभुवन आर्मी क्लबबाट ‘कन्ट्रयाक्ट’मा जुडो खेल्न थालेकी फुपू आफू ‘सेकेन्ड लेफ्टीनेन्ट’ भएको सपना देख्छिन् । हंगेरीको प्रशिक्षणमा जानुअघि फारम पनि भरेकी थिइन्, तर परीक्षा दिन पाइनन् । उनले भनिन्, ‘त्यसका लागि अब फेरि ट्राई गर्छु, किनकि जागीर भयो भने खेललाई पनि निरन्तरता दिन सजिलो पर्छ ।’
बाबुको सपना पछ्याउँदै
बुबा साथ नभए पनि उनका सपनाले फुपूलाई पछ्याइरहेका थिए, तिनै सपनामा फुपू पनि त समर्पित थिइन् । बुबाले भनेको शब्द उनको मस्तिष्कको ध्वनीकक्षमा अहिले पनि जीवन्त सुनिन्छन्, ‘तैंले जित्नुपर्छ छोरी । जुडोमा रेकर्ड राख्दै मेडल जित्नुपर्छ । देशकै नाम चलाउनुपर्छ ।’ उनी स्मृतिको किताबमा कोरिएको अर्को हरफ सम्झिन्छिन्, ‘बुबाले मलाई ओलम्पिक खेल्नुपर्छ भन्नुभएको थियो । उहाँका शब्दहरू एकपछि अर्को गरेर पुग्दै गएको छ ।’
साँच्चै, दोर्जेले देखेको ओलम्पिक सपना पनि यसै बर्ष पूरा हुने लक्षण देखिइसकेको छ । अगस्ट २०१६ मा हुने रियो ओलम्पिकका लागि छनोट हुने लक्ष्यसहित उनी हंगेरीमा प्रशिक्षण लिइरहेकी छिन् । ‘जहिल्यै बुबाको वचन सम्झँदै ट्रेनिङ गर्थें’ फुपू भन्छिन्, ‘बुवाले देखेको सपना पूरा गर्ने कोशिस गर्दै छु ।’
हिमपहिरोमा परेर संसार छाड्नुअघि दोर्जेले राजधानीमा घर बनाउन त सकेनन्, तर चार आना जग्गा किनेर राखेका थिए । काभ्रेस्थली–५ को जरंकुफेदीको त्यही जग्गामा अहिले आमाले जग उठाएकी छिन् । जसको गेटमा लेखिएको छ, ‘दोर्जे खत्री निवास ।’ दोर्जेले ट्रेकिङ काम गर्ने हिमालयन गाइड्सले दिदी डोमालाई एकाउन्टेन्टको जागिर दिएको छ । यसरी उनको परिवारको दैनिकी चलेको छ । ‘बावा बितेदेखि दिदीले घर सम्हालेकी छिन्’ फुपू भन्छिन्, ‘म पनि खेलेर आएको थोरबहुत पैसा घरमा सपोर्ट गर्छु ।’
लक्ष्य : ओलम्पिक र सेकेन्ड लेफ्टीनेन्ट
पछिल्लो समय त्रिभुवन आर्मी क्लबबाट ‘कन्ट्रयाक्ट’मा जुडो खेल्न थालेकी फुपू आफू ‘सेकेन्ड लेफ्टीनेन्ट’ भएको सपना देख्छिन् । हंगेरीको प्रशिक्षणमा जानुअघि फारम पनि भरेकी थिइन्, तर परीक्षा दिन पाइनन् । उनले भनिन्, ‘त्यसका लागि अब फेरि ट्राई गर्छु, किनकि जागीर भयो भने खेललाई पनि निरन्तरता दिन सजिलो पर्छ ।’
त्यसो त अहिलेको लागि भने उनको लक्ष्य ओलम्पिक रेकर्ड हो । रियो ओलम्पिकमा नयाँ रेकर्ड दर्ज गर्ने लक्ष्यसहित उनी केही दिनमै हंगेरी उड्दै छिन् ।

Share on Google Plus

About Anonymous

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment