उत्पीडित जागरण अभियानको बिशेष बैठक काठमाडौँमा सम्पन्न !


आज उत्पीडित जाँगरण अभियान संस्थाको बिशेष बैठक सम्पन्न भयो । बरिष्ठ उपाध्यक्ष मदन ङेस्यूरको उपस्थितिमा अनौपचारिक बैठक भएको थियो । बिशेष उत्पीडित जागराण अभियानको आजको बैठकमा आगामी शनिबार हुने प्रस्ताबनामाथि बिचार बिमर्श गरियो ।

मोर्चाको सल्लाहकार तारा गेलुङले तीन हजार कोषाध्यक्ष गुञ्जमान लामालाई हस्तान्तरण गरियो । सो रकम मोर्चाले गरिने आगामी सामाजिक कार्य वा बिपदमा परेको ब्यक्तिलाई हस्तान्तरण गरिने मोर्चाका कोषाध्यक्षले बताए ।

रकम हस्तान्तरण गर्दै तारा गेलुङले आफूबाट सक्ने हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । आफ्नो बिचार राख्दै कोषाध्यक्ष गुञ्जमान लामाले मोर्चालाई आर्थिक रुपमा बलियो बनाउनु पर्ने बिचार राखे । त्यसको लागि संस्थाको सदस्य शुल्क, लेबी सिस्टम, ड्रिम प्रोजेक्टको अबधारना प्रस्तुत गरेका थिए । मोर्चामा आबद्ध बहुमत सदस्यहरूको सहभागिता रहने प्रतिबद्धता प्राप्त गरेको प्रति खुशी हुँदै, यसलाई कार्यन्वायनको स्पर्श चाँडो दिनुपर्ने बताए ।

बरिष्ठ उपाध्यक्ष मदन ङेस्यूरले नेपालमा हुने गतिबिधिहरू आधिकारिक रुपमा सन्चालन र ब्यबस्थापन गर्न आधिकारिक रुपमा दर्ता गर्नुपर्ने आबश्यक रहेको बताए । आर्थिक पार्दर्शिता स्पष्ट बनाउनुपर्ने धारना ब्यक्त गर्दै केन्द्रिय सदस्य सुफत लामाले अन्य बिबिध बिषयहरूमा आफ्नो बिचार राखेका थिए । आजै नँया सदस्य तीर्थ बहादुर पुलामी (Hunter Beck) जीले बैठकमा उपस्थित हुन पाएको मा खुसी र संस्थाको उदेस्य ड्रिम प्रोजेक्ट सारै मनपर्यो भनेर आफ्नो धरणा रख्नु भयो !

आजको कार्यक्रममा सम्पुर्ण व्यवस्था महसचिव Manik Lal Ghising Tamang ज्यूले मिलाउनु भएको थियो भने उँहाले संस्थाको लक्ष्य र महत्वोपूर्ण विचार राख्दै भन्नु भयो अब नेपालमा हुने सदस्यहरूको बैठक यही आउँदो शनिबार कमलबिनायक, फेमिली गेष्ट हाउसमा दिउँसो १ बजे हुने छ । र बैठकले आर्थिक सम्बन्धी अबधारना, संस्थाको आधिकारिक नाम, दर्ता प्रकृया, कार्ययोजना, भावी कार्यक्रम लगायतका बिषयहरूलाई अन्तिम निश्कर्ष दिने छ ।भनेर आफ्नो विचार रख्नु भएको थिए !
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment