२८५३ औ सोनाम ल्होछारको उपलक्ष्यमा नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ देखि उत्पीडित जागरण मोर्चाका अध्यक्ष शरिन ख्युङ्बा सम्म सम्मानित !


२८५३ औ सोनाम ल्होछारको उपलक्ष्यमा हिजो टुडी खेलमा सम्माननीय प्रधानमन्त्रीज्युबाट नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ लगाएत देश बिदेशमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुलाई सम्मान गरियो । 

उक्त कार्यक्रममा प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बिशेष सम्मान र अभिनन्दन पत्र प्रधान गर्दा लाखौं उपस्थित तमाङहरुले आ-आफ्ना ठाउबाट उठेर कर्तल ध्वनीका गडगडाहका साथ तालि गुन्जिएको थियो । यसपालिको ल्होछारमा बिभिन्न क्षेत्रका तमाङ र अन्य बिदेशी नागरिक गरी ९  जना ब्यक्ति र एउटा संस्थालाई  सम्मान गरिएको छ । 

उहाहरु क्रमश:कुलमान घिसिङ (बिशेष सम्मान तथा अभिनन्दन ),चन्द्र योन्जन (मेलबोर्न अस्ट्रेलियाका महाबाणिज्य दूत ),सम्पूर्ण कुमार लामा (अध्यक्ष्य,बौद्ध क्षेत्र बिकास समिती ), प्रा डा डेभिड होल्मबर्ग , प्रा डा क्याथ्रीन मार्च (अमेरिकन नागरिक),  शरिन् ख्युङ्वा तामाङ (अध्यक्ष, उत्पीडित जागरण अभियान मोर्चा ) मन्जु लामा (समाजसेवी), ईन्द्र घिसिङ तामाङ (सम्पादक,तामाङ डाजाङ मासिक पत्रीका ) र लक्ष्मी लामा तामाङ (समाजसेवी ),नेपाल तामाङ घेदुङ कुवेत सम्मानित भएका छन् । सम्मानित देशी तथा बिदेशी नागरिकहरुमा उत्पीडित जागरण अभियान मोर्चा हार्दिक बधाई  ब्यक्त गर्न गर्न चाहन्छौ ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment