जी एम लोप्चन
हाम्रो मुलुक नेपाल अनेकौं प्राकृतिक सुन्दरता र बिशेषताहरुले भरिभराउ राष्ट्र हो भन्ने बिश्व मानसटपलमा छछल्की रहेको हामी सबै लाई अवगत भएको कुरा हो । हाम्रो सन्दर्भमा यस्ता मस्तिष्कलाई लालायित पार्ने अनगिन्ती ठाउँहरु भएता पनि राज्यको सम्बन्धि निकाय बाट आवश्यक चासो नदियको हुनाले कयौं यस्ता peace of heaven हरु ओझेलमा परेको कुरा कसैले नकार्न सकीएन्न ।
यी यावत कुराहरु लाई मध्यनजर गर्दै समाज र राष्ट्रको जिम्मेवार नागरिक भएको बोध गर्नु पर्दछ । हामिले आफ्नो भेग र बस्तिमा भएका यस्ता सम्भावना बोकेको ठाँउहरुको खोज,अनुसन्धान र प्रचार प्रसार गर्नु हामी सबैको दायित्व पनि हो,। हाम्रो मुलुक भरी यस्ता बिश्व समुदायलाई चिनाउने सुन्दर,रमणीय र अनेकौं बिशेषताहरुले भरिपूर्ण ठाँउहरु धेरै छन । यस्तै ठाँउहरु मध्य राजधानी काठमाडौं सँग जोडिएको प्राकृतिक सुन्दरता र धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको काभ्रे जिल्ला आफैमा उदाहरणिय ठाँउ हो । यहि काभ्रे जिल्लाको गा.गोकुले,घर्तिछाप,फोक्सिङटार ,सिसाखानी महादेवटार,सिखर आम्बोटे,खहरे पाँगु,महाङ्काल भुग्देउ,र च्यासिङ खर्क जोडिएर अबस्थित रहेको महाभारत लेखको बीचमा अवस्थित तारा खासेको पोखरी प्राकृतिक हिसाबले रमणीय,धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण अनि सम्भावनाको हिसाबले भरिभराउ छ ।
यश महाभारत लेखको गरिमामय लाई पर्यटकिय क्षेत्रको रूपमा समेट्न सकियो भने भोलिका दिनमा देशको आय श्रोत माध्यम पनि हुन सक्दछ । यस महाभारत लेख समुन्द्री सतह बाट करिब ६ हजार फिट हाइटमा रहेको हुनाले बिश्व समुदाय को प्यारो सर्बोच्च शिखर सगरमाथाको मुस्कान लाई राम्रो संग नियाल्न सकिन्छ । जस्तै काभ्रे जिल्लाका सहरहरू बनेपा पनौती,धुलिखेल,नमोबुद्ध , यी ठाउँहरुलाई अवलोकन गर्न कुनै कठिनाइ हुदैन । यँहा अनेकौं किसिमका चरा चुरुङ्गी,जनावर र डाँफे मुनल कालिज नाचेको यहि महाभारत लेख्को काखमा बसेर देख्न र हेर्न सकिन्छ ,यत्ती मात्रै होइन सम्भावनाको हिसाबले नेपाल को अर्थतन्त्रमा उथल पुथल ल्याउन टेवा पुग्ने प्रशस्त जडिबुटीहरु पनि यस लेखमा पाइन्छ ।
यसर्थ यी यावत कुराहरूलाई साक्षि राखेर हामिले दाबाका साथ भन्न सक्छौ महाभारत लेखलाई पर्यटकिय क्षेत्रको रूपमा समेट्न जमर्को गरिनु पर्दछ, । होइन भने महाभारत लेख को अस्तित्व र गरिमामय समाप्त हुनेछ । यस्तो प्रकृतिक सुन्दरता विकासको सम्भावन भएको ठाउँ ओझेलमा पर्यो भने यश भेग र बस्तिमा कार्यरत संघ सस्थाहरु,बुद्धिजिबिहरु,र जिम्मेवार नागरिकहरु बाट यश महाभारत लेख अन्यायको भागिदार हुनेछ, ।
आज सम्म यत्ती धेरै विकासको सम्भावनाहरु हुदा हुँदै पनि यहाँका बुद्धिजीवीहरुले यश प्रती कुनै चासो र पहल रखेको देख्दैन भने राज्यको को त झन कुरै नगरुम,त्यसैले यदि महाभारत लेखलाई पर्यटकिय क्षेत्रको रूपमा समेट्दै यश भेग र बस्तिमा बिकास को आधारहरु बनाउन र समग्र राष्ट्रको अर्थतन्त्र मा टेवा पुर्याउन इट्टा थप्ने हो भने आजै देखि यश भेगमा कार्यरत संघ सस्थाहरु,बुद्धिजीवीहरु,र महाभारत आसपास का जिम्मेवार नागरिक हरु राज्यका सम्बन्धित निकायहरू माज पुगि खोज,अनुसन्धान,प्रबर्द्धन,सम्बर्द्धन र प्रचार प्रसार मा जुट्न नितान्त आवश्यक छ त्यसैले यश आवश्यक र महत्व लाई मध्यनजर गर्दै पहल कदमी तिब्र रूपमा अगाडी बडाउन सम्बन्धित सबैमा जोडदार अपिल गर्दछौं ,।।





0 comments:
Post a Comment